समयमा काम हुन नसकेका १ हजार ८४८ वटा ठेक्काबाट झन्डै साढे दुई अर्ब रुपैयाँ ‘घूस’ प्रवाह भएको भेटिएको छ । यस्ता ठेक्काबाट २.५ प्रतिशत अग्रिम घूस अनि मोबिलाइजेसन पेस्कीका नाममा थप त्यति नै घूस प्रवाह भएको हो । यीमध्ये ५० भन्दा बढी ठेक्का आयोजनामाथि अख्तियारले अनुसन्धान गरिरहेको छ ।
कति घुस?
ठेक्का सम्झौता गर्दा : २.५ प्रतिशतसत
मोबिलाइजेसन पेस्की दिँदा :२ देखि २.५ प्रतिशत
निर्माण सुरु नहुँदै : ५ प्रतिशत
अलपत्र परेका ठेक्कामा फसेको लगानी :१ खर्ब १९ अर्ब
आयोजनाबाट उठेको अग्रिम : २ अर्ब ३६ करोड
काम सुरु नहुँदै :५ अर्ब ३१ करोड
अख्तियारका अनुसार करिब १८ सय ठेक्का रुग्ण छन् । तीमध्ये १ हजारभन्दा बढी ठेक्काको दोस्रोपटक म्याद थपेर पनि काम भएको छैन । यो समाचार कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन् ।