प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेका बेला आज पहिलो पटक भिडियो कन्फरेन्स मार्फत मन्त्रिपरिषद्को बैठक बसेको छ । भिडियो कन्फेरेन्समा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट सबै मन्त्री सहभागी भएका थिए भने सिंगापुरबाट प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए । नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको हो । सिंगापुरमा उपचारका क्रममा रहनुभएका प्रधानमन्त्री ओलीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।प्रधानमन्त्री ओली उपचारमा जानुअघि बसेको मन्त्रिपरिषदले कार्यविधि संशोधन गरी भिडियो कन्फ्रेन्समार्फत पनि मन्त्रिपरिषद बैठक बस्न सकिने निर्णय गरेको थियो ।
मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने
मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...










