Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

विश्लेषण : वासिङ्टनमा दंगा फैलाउनेहरू काला जातिका हुन्थे भने के हुन्थ्यो?

आजा हन्ना आजा हन्ना
पुस २३, २०७७
- यो हप्ता, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    यस्तो क्षण आउँछ भनेर मलाई पहिले नै थाहा थियो। कुकुर भुकेजस्ता चर्का भाषणहरूमा लगाम नलगाइँदा आखिर यस्तै भीडभाड र दंगा फैलन्छ भन्ने अनुमान मलाई थियो। २०२० को राष्ट्रपतीय चुनावको इलोक्टरल कलेजको औपचारिक भोट गन्ने क्रम चलिरहँदा हिजो दंगाकारीहरूले अवरोधहरू छिचोल्दै क्यापिटोल हिल छिरे। यो कृत्य क्यापिटोल हिल नजिकै हाम्रा राष्ट्रपति डोनल्ड ट्रम्पको अध्यक्षतामा ‘अमेरिका जोगाउँ’ मार्चपछि भएको थियो।

    यसलाई अझ प्रष्ट पारौं। ‘घरेलु शसस्त्र गोरा आतंकवादी’हरू क्यापिटोल हिलको संघीय भवनभित्र छिरे, जहाँ निर्वाचित अधिकारीहरू नियमित कामकारवाही संचालन गरिरहेका थिए। भवनभित्र बन्दुक बोकेका व्यक्तिसमेत छिरेका थिए। हिंसाका क्रममा एक जनाको ज्यान गयो। भवनबाट कंग्रेस सदस्य (सांसद)हरूलाई तत्कालै सुरक्षित स्थानतर्फ लगियो। दंगाकारीहरू भने बैठक कक्षमा बसे र झण्डा फहराए, हल्ला गरे र चिच्याए।

    कतिपय व्यक्तिहरू भ-याङहरूमा बसे र फोटो खिचे। कतिपयले प्रहरी अधिकृतहरूसँग बसेर सेल्फी खिच्नसमेत भ्याए। प्रदर्शनकारीहरूले आफूहरू रातभर क्यापिटोल हिलमै बस्ने र २०२० को राष्ट्रपतीय निर्वाचनमा चुनाव जितेका राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई जसरी पनि रोक्ने कुराको ऐलान गरे। यो अस्तव्यस्ता रोक्न अन्तत : वासिङ्टन नजिकैका मेरिल्याण्ड र भर्जिनिया राज्यबाट नेसनल गार्ड र प्रहरीको सहयोग मागियो।

    यो घटनालाई केही पहिले काला अल्पशंख्यकहरूले अमेरिकामा गरेको प्रदर्शनीसँग जोडौं। उतिखेर काला जातिका प्रदर्शनकारीहरूमाथि टियर ग्याँस हानिएको थियो। उनीहरूले गरेको सभ्य र शान्तिपूर्ण प्रदर्शनमा रबर बुलेट हानिएको थियो र निर्घात पिटिएको थियो। प्रहरी ती दमनका लागि तयार थिए र हातहातमा टियर ग्याँस बोक्नका लागि प्रहरीलाई अनुमति थियो। निशस्त्र मान्छेविरुद्ध उनीहरूले व्यापक तयारी गरेका थिए, भारीभक्रम हतियारले युक्त थिए।

    र हिजो त्यस्तो हुन्छ भनेर डिसी प्रहरीलाई अवश्य थाहा थियो। देशभरीबाट आफ्ना नेतालाई सहयोग गर्न भनेर ट्रम्पका समर्थकहरू वासिङ्टन आएका छन् भन्ने कुरो तिनलाई पहिले नै थाहा थियो। उनीहरूलाई दंगा र हिंसा फैलन सक्छ भन्ने अनुमान अवश्य थियो। तर कसरी कसरी यी गोरा मान्छेहरू भित्र सदनको काम चलिरहँदा नै भित्र छिर्न सके। उनीहरू भित्र छिर्दा पनि उनीहरूलाई कसैले पिटेन। उनीहरू भित्र छिरेर झ्याल ढोका तोडफोड गर्दासमेत तत्कालै टियर ग्याँस प्रहार गरिएन। र पनि डोनल्ड ट्रम्प भन्दैछन्, ‘प्रदर्शनकारीहरूलाई म माया गर्छु र उनीहरूको पीडा महसुस गर्न सक्छु।’

    अमेरिका एकदमै अप्ठ्यारो अवस्थामा नेसनल गार्डको प्रयोग गरिन्छ र पछिल्लो पटक नेसनल गार्डको प्रयोग गत वसन्तमा भएको थियो। विशेष गरी ‘लफेयाट चोक’मा भएको ‘ब्ल्याक लाइभ्स म्याटर्स’ (कालाको जीवन उत्तिकै महत्वपूर्ण छ) नामको विरोध सभामा टियर ग्याँसको प्रयोग भएको थियो। प्रदर्शनकारीहरूलाई तितरबितर पार्दै त्यहाँबाट हटाएर सेन्ट जोन्स चर्चका अगाडि डोनल्ड ट्रम्पले बाइबल बोकेर एउटा फोटो खिच्नकै लागि त्यसो गरिएको थियो। तर यतिसम्म विभेद किन ? किन सबै प्रदर्शनकारीलाई उस्तै व्यवहार गरिन्नँ?

    अब वासिङ्टनमा प्रदर्शन गर्नेहरू घरेलु आतंकवादको मुद्धामा पक्राउ पर्छन्? अथवा संघीय अपराधको कसुरमा तिनलाई मुद्धा चलाईन्छ? अथवा, २०१६ को ‘मालहेर राष्ट्रिय वन्यजन्तु आश्रय’ कब्जा गर्दाताक जस्तै हुन्छ? हामी सबैलाई थाहा छ, त्यतिखेर यदि त्यहाँ संलग्न मान्छेहरू काला जातिका थिए भने उनीहरू झ्याप्पै समातिन्थे।
    यसबीचमा, उत्पादकहरूको राष्ट्रिय संगठन (नाम) तथा थुप्रै अरु टिप्पणीकारहरूले क्याबिनेटसँग सहकार्य गरेर संविधानको ‘२५ औं संसोधन’लाई जगाउन आग्रह गरेका छन्। त्यसो गर्दा, राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो राजनीतिक जिम्मेवारी पूरा गर्न नसकेको कारण स्वतः राष्ट्रपतिबाट हट्नेछन्।

    तर राष्ट्रपतिलाई हटाए पनि ट्विटरबाट उत्तेजना फैलाउन र -यालीहरू गर्नबाट ट्रम्पलाई कसैले रोक्न सक्ने छैनन्। ट्रम्पका तर्फबाट हिंसा मच्चाउन उनका समर्थकहरूलाई रोक्न सकिने छैन किनभने उनीहरूका अनुसार ‘चुनावको परिणाम त चोरिएको थियो।’ सत्य यो पनि हो, जनवरी २० सम्म पनि उसलाई रहन दिइएन भने उनका समर्थकहरूलाई झनै आक्रोशित बनाउन सक्छ।

    हिजो अट्लान्टा, डेन्भर र टोपेका राज्यका क्यापिटोल भवनमा पनि ट्रम्प समर्थकहरू भेला भए। तर अन्यत्र भने अहिलेसम्म हिंसाका घटना भएका खबर आएका छैनन्। तर जे भएको छ, त्यो स्विकार्नयोग्य छैन। यस्तो प्रजातन्त्र हुनै सक्दैन। राष्ट्रपतिबाट उक्साइएको ‘कू’ नै थियो यो। यो अनपेक्षित थिएन र त्यसको प्रभाव अझै सकिएको पनि छैन।

    ‘कालाको जीवन उत्तिकै महत्वपूर्ण छ’ भन्ने आन्दोलन र सेता आन्दोलनकारीहरूबीच अपनाइएको दोहोरो मापदण्डको विषयमात्र होइन यो। सुरक्षा र न्यायको पनि कुरो हो यो। प्रहरीले गरेको दमन र अत्याचारबारे काला जातिहरूले पनि निरन्तर जवाफदेहिता खोजिरहेका छन्। सेता अमेरिकनहरूले बल प्रयोगद्वारा प्रजातान्त्रिक चुनावको परिणाम रोक्न खोज्दा ‘बिना तयारीका प्रहरी अधिकृत’ हरू भेटे अनि त्यसैलाई अहिले सहानुभुतिका साथ हेरिँदैछ। यो नै गम्भीर कुरा हो।

    अमेरिकामा भएकाहरूका सबैका लागि यो चासोको विषय हो, जसले आफ्नो सुरक्षालाई महत्वपूर्ण ठान्छन् । हामीलाई भविष्यबारे बताउनुहोस्। समताबारे बताउनुहोस्। न्यायका बारे बताउनुहोस्। म त्यस्तो देश देख्न चाहन्छु जुन देशले सबै रङ र नश्लका जीवनहरूलाई उत्तिकै महत्व देओस्।
    –द इन्डिपेन्डेन्टबाट

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      आजा हन्ना

      आजा हन्ना

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.