Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नेपाली वाम प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व सहाना प्रधानको चौथो स्मृति दिवश मनाइदैँ

नेपाल रिडर्स नेपाल रिडर्स
अशोज ५, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपाली वाम प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व, महिला आन्दोलनको अग्रणि नेता सहाना प्रधानको चौथो स्मृति दिवश मनाइने भएको छ ।  पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथी रहने उक्त कार्यक्रममा, मन्त्री तथा बरिष्ठ नेताहरूकाे उपस्थिति रहने बताइएको छ।

    कार्यक्रम आश्विन ६ गते सोमबार (भोली) बिहान ८:०० बजेबाट नेकपाकाे केन्द्रिय कार्यालय धुम्बाराहीमा हुने जानकारी दिदैँ कार्यक्रममा सबैलाइ सहभागी हुन साहना प्रधान प्रतिष्ठानका अध्यक्ष रामकुमारी झाँक्रीले अनुराेध गरेकी छिन् ।

    को हुन् साहना?

    सहाना प्रधान (१९८४-२०७१) नेपालकी राजनीतिज्ञ तथा पूर्व मन्त्री थिइन्। उनले केटीले पनि केटा सरह शिक्षाको अधिकार पाउनुपर्छ भन्ने अभियान बाट राजनीतिक यात्रा सुरू गरेकी थिइन्। विभिन्न समयमा विभिन्न भूमिकामा रहेकी प्रधान २०४६ सालको जनआन्दोलनमा संयुक्त बाम मोर्चाको संयोजक थिइन्। प्रजातन्त्र प्राप्ति पश्चात् पनि लामो समयसम्म उनी राजनीतिमा सकृय रहिन।

    २००४ साल वैशाख १७ गते नेपालमा पहिलोपटक संगठित रूपमा राणाशाही विरोधी नारा लगाउने चार कर्मठ महिला कार्यकर्तामध्ये क्रमशः सहाना प्रधान, कनकलता, स्नेहलता र साधना प्रधान हुन्।  १५ दिन आमरण अनसनपछि महिलालाई शिक्षा दिलाउन तत्कालीन प्रधानमन्त्री पद्म शमशेरबाट आश्वासन पाएपछि उनी घर फर्कएकी थिइन्।

    २००४ सालमा एसएलसी उत्तीर्ण गरी २००५ मा भाई शंकर प्रधानसँगै लखनऊको इजावेल धोवन कलेज पुगेकी सहानाले आईएस्सी पूरा नगरी आईए सकिन्। २००७ सालमा नेपाल फर्केर तीनवटा स्कूल कन्यामन्दिर, शान्तिनिकुञ्ज र सीताराम हाइस्कूलमा पढाएकी थिइन्।

    त्यसपछि उनी महिला संघको महासचिव भइन। २००८ सालमा जिल्ला कमिटी र २००९ सालमा अञ्चल कमिटीको जिम्मेवारी लिँदै भक्तपुर र पाटनको एकसाथ नेतृत्व गरिन्। २००९ सालमा भारतको पटना बोर्डअन्तर्गत नेपालबाट बीए को ७२ जना परीक्षार्थीमध्ये एकमात्र महिला थिइन् साहना प्रधान। साहनाले वि.स. २०१० माघ २ गतेपुष्पलाल श्रेष्ठसँग विवाह गरिन् र उनीमाथि पारिवारिक जिम्मेवारी बढ्यो। र उनी त्रिभुवन विश्व विद्यालयमा प्राध्यापन गर्न थालिन्।

    वि.सं. २०१७-०३५ सालसम्म उहाँको राजनीति प्रायः शुन्य अवस्थामा रह्यो। यसैबीच ०३२ सालमा पञ्चाती सरकारले त्रिविविबाट निष्काशन गर्यो । २०३५ साउन ७ (सन् १९७८ जुलाई)मा पुष्पलालको निधनपश्चात् पुष्पलाल समूहको नेतृत्व बलराम उपाध्यायले गर्दै उहाँ त्यसबखत पार्टी प्रवक्ता भएकी थिइन्। २०४३ चैत्र १४/१७ मा सहाना र मनमोहन समूहले संयुक्त सम्मेलन गरी नेपाली कम्युनिष्ट पार्टी (मार्क्सवादी) गठन गर्दा उनी पार्टीको सचिव भइन्।

    जनआन्दोलन ०४६ को उनी वाममोर्चा अध्यक्ष थिइन् । २०४७ साल चैत्र २२ गते नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी/लेनिनवादी) र नेकपा (मार्क्सवादी) एक भई नेकपा(एमाले)को निर्माण गरियो, जसमा उनी स्थायी समितिकि सदस्य भइन्। २०४६ सालको जनआन्दोलन पछिको अन्तरिम सरकारमा उद्योग र वाणिज्य मन्त्री, २०४८ र २०५१ को संसद्को निर्वाचनमा क्रमशः काठमाडौं क्षेत्र नं. ४ र ६ बाट निर्वाचित भई प्रतिनिधिसभा सदस्य भएकी थिइन्। नेकपा (एमाले) – राप्रपा-सदभावनाको मन्त्रीपरिषदमा उनले  महिला तथा समाजकल्याण मन्त्री भएर काम गरिसकेकी थिइन्।

    जनआन्दोलन ०४६ मा वाममोर्चा अध्यक्ष भइन। आन्दोलनपछि पटकपटक मन्त्री भएकी थिइन्। लामो समयदेखि मस्तिष्कघातबाट पीडित प्रधानको २०७१ साल असोज ६ गते काठमाडौंको वयोधा अस्पतालमा निधन भएको थियो।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.