Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चन्द्रदेव जोशी : बसको कन्डक्टरदेखि सात करोडको भ्रष्टाचार मुद्दासम्म

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
माघ २४, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    त्यति बेला दार्चुलाबाट आठ दिन लगाएर बल्लतल्ल काठमाडौं आइपुगेका जोशीले राजकाज मुद्दाका कारण काम पाएनन्। आईएस्सी पास गरेका जोशीले ०१९ सालमा काठमाडौं भित्रिएको ३ वर्षसम्म साझा बसमा कन्डक्टरको काम गर्नु पर्यो।

    ‘जोशी, तिमीले जीवनमा ७ करोड रुपैयाँ एकै ठाउँमा कहिल्यै देखेका छौं ?’ आमोदमणि दीक्षित गम्भीरमुद्रामा चन्द्रदेव जोशीसँग सोध्दै थिए।

    जोशीविरूद्ध अघिल्लो दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा ७ करोड ८ लाख ४८ हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेपछि आफ्ना अनन्य मित्रलाई भेट्न बिहीबार उनकै निवास पुगेका थिए, दीक्षित। भन्दै थिए, ‘अलि ‘स्ट्रोङ्ग’ बन। यो नै अन्तिम फैसला होइन। अभियोग मात्र हो।’

    आयल निगमका पूर्व कार्यकारी निर्देशक मदनराज शर्मा र साहित्यकार चन्द्रकान्त घिमिरे पनि दीक्षितसँगै थिए। सबैको साझा चिन्ता थियो– जोशी जस्ता साद्गी मान्छेविरूद्ध पनि भ्रष्टाचारको आरोप?

    यति बेला माघको चिसो छ। तर, ६ दशक लामो बेदाग राजनीतिक पृष्ठभूमि बोकेका ८४ वर्षीय जोशीको मन भने भतभत पोलेको छ। नयाँ बानेश्वरस्थित मिलनचोकमा ०३६ सालमा बनाएको पुरानो घरमा हिटरबिना बसेका जोशी दम्पतीलाई ढाड्स दिन पुगेका पाहुना गम्भीर मुद्रामा देखिन्थे।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै मुद्दा दायर गरेर सफाइ पाइसकेका मदनराज शर्मा पनि जोशीलाई विचलित नहुन सम्झाइरहेका थिए। ‘तिमीले भ्रष्टाचार गर्‍यौ भनेर कसले पत्याउँछ र ?’

    लामो सन्नाटापछि जोशीको जवाफ आयो, ‘मलाई पाँच–सात हजार मान्छेले पो तिमीले जस्तो चिन्लान् तर देशका करोडौं मान्छेअगाडि त ७ करोडको भ्रष्टाचारीको बिल्ला भिराइएको छ। अदालतले त सफाइ देला, जनताको मनबाट कसरी सफाइ पाउने?’

    शुभेच्छुकको फोन तारम्तार आइरहेको थियो। बुढ्यौलीले रेखा परेको जोशीकी पत्नी माया पनि छेउमा उभिएकी थिइन। उनको मौनता बुझ्न सकिने खाल्को थियो। उनी पतिभन्दा बढी चिन्तित देखिन्थिन्। सायद मनमा ठूलो भय थियो होला, ‘बूढामाथि केही विपत नै आइलाग्ने पो हो कि ?’ भनेर।

    पत्नी भएका कारण स्वभाविकै हो, उनलाई आफ्नो पतिको उमेर र स्वास्थ्य स्थिति बारे अरुभन्दा बढी जानकारी हुने नै भयो। पतिको ‘इमानको रोटी’ खाने स्वभावका कारण जीवनमा उनले निकै दुःख व्यहोरेकी छिन्। आठ वर्षको उमेरमा जोशीसँग वैवाहिक बन्धनमा बाधिएकी दार्चुलाकी चेली मायाले उनीसँग सिङ्गो जीवन बिताएकी छिन्। उनले बाल्यकालको गरिबी मात्र होइन, क्रान्तिकारी भएर पञ्चायतकालमा गाउँ छाडेर हिँड्नुपरेको दुःख पनि बिर्सिएकी छैनन्।

    त्यति बेला दार्चुलाबाट आठ दिन लगाएर बल्लतल्ल काठमाडौं आइपुगेका जोशीले राजकाज मुद्दाका कारण काम पाएनन्। आईएस्सी पास गरेका जोशीले ०१९ सालमा काठमाडौं भित्रिएको ३ वर्षसम्म साझा बसमा कन्डक्टरको काम गर्नु पर्यो।

    पैसालाई प्राथमिकता नदिएका कारण इञ्जिनियरिङमा मास्टर्स उत्तीर्ण गरेपनि गरिबीमा जीवनयापन गर्नु पर्यो उनले। भलै, ०३६ सालमा काठमाडौंमा किनेको आठ आना जग्गा र त्यसमा बनाएको घरले बुढेसकालमा पनि आश्रय दिइरहेको छ।

    सुदूर पश्चिमका बामपन्थी नेता

    नेकपा (संयुक्त)का अध्यक्ष हुन्, चन्द्रदेव जोशी। उनी अहिले पनि सुदूर पश्चिममा वामपन्थीका गुरु भनेर सबैमाझ परिचित छन्। दार्चुलाको शंकरपुर बस्तीमा बस्ने ज्योतिष परिवारमा ९ असार १९९५ सालमा जन्मेका जोशीको घर सदरमुकामबाट एक दिनको पैदल यात्रामा पुगिन्छ। उनको परिवारलाई अहिले पनि यहाँ ‘ऋषि खलक’ भनेर चिन्ने गर्छन्। पिताजी पञ्चाङ्ग हेर्थे। चिना बनाउथे। यजमान गर्थे। खेतीपाति थिएन। २–३ हलको मेलो खेती थियो। मकै–कोदो फल्थ्यो।

    गाउँमा स्कुल थिएन। हिउँदमा रुखमुनि पढाइ हुन्थ्यो। त्यहीँ अक्षर चिने, जोशीले। १३ वर्षको उमेरमा उनी भारत पिथौरागढको खुवाकोटमा पाँच कक्षामा भर्ना भएका थिए। त्यति बेला महाकाली नदी तुइनबाट तरेर जानु पर्थ्यो। स्कुलको मासिक शुल्क चार आना(२४ पैसा) थियो। डिभिजन ल्याएका हुनाले पछि त्यो पनि मिनाह भयो।

    काशीराम पन्त नाम गरेका एक जना समाजसेवी बस्थे, उनको गाउँमा। उनैको पहलमा गाउँमा मिडिल स्कुल चलाइने भयो। जोशी पनि छुट्टीमा घर गएका थिए। कक्षा ६ मा एक जना मात्र विद्यार्थी भर्ना भएछन्। त्यसैले जोशीलाई पनि त्यहीँ समातेर राखियो। उनीहरूलाई पढाउन एक जना शिक्षकको बन्दोबस्ती गरिएको थियो। शिक्षक दुई–तीन महिना आएर पढाउँथे। त्यसपछि गायब। पन्तले फेरि अर्को शिक्षक खोजेर ल्याउँथे। यसै गरी कक्षा चल्थ्यो। जाँच दिन डिडीहाटको मिडिल स्कुल जानुपर्थ्यो । यसैबीच उनको बिहे भयो– मायासँग। घरमा भैँसी चराउँदै गोबर सोहोर्दै आठ कक्षासम्म त्यहीँ पढे, भारतीय कोर्षमा।

    हिन्दीमा नलेख्दा स्कलरसीप पाएनन्

    कक्षा १० मा अस्कोट भन्ने ठाउँमा भर्ना भए। त्यहाँ पनि जोशीको राम्रो डिभिजन भएकाले शुल्क तिर्नु परेन। सन् १९५८ (२०१५ साल) मा भारतबाट एसएलसी गरे, प्रथम श्रेणीमा। पिथौरागढको इन्टरमिडिएट कलेजका प्रिन्सिपल ईश्वरीदत्त पन्तलाई थाहा थियो– जोशी गरिब विद्यार्थी भनेर। फर्स्ट डिभिजन ल्याउने विद्यार्थीलाई कलेजमा स्कलरसिप दिइन्थ्यो।

    जोशीले फारम भरे। त्यसमा ‘नागरिकता’ भर्नुपर्थ्यो । जोशीले ‘नेपाली’ लेखे। भारतीयले स्कलरसिप पाउँथे। नेपाली लेख्दा पाइँदैनथ्यो। प्रिन्सिपल पन्त उनीसँग रिसाए– भारतीय नलेखेकोमा। तर, जोशीले मानेनन्। उनको शुल्क चाहिँ मिनाहा गरिदिए तर ‘स्करलसिप’को पैसा पाएनन्।

    आईएस्सी सक्नेबित्तिकै उनलाई टीबी रोगले च्याप्यो। त्यसैले जाँच राम्ररी दिन सकेनन्। अंग्रेजीमा १ नम्बर नपुगेर फेल भए। उनले कम्पार्ट दिन अल्मोडा जानुपर्‍यो। त्यहाँ पुग्न तीन दिन लाग्थ्यो। दुई वर्ष भारतमै मास्टरी गरे, केही पैसा जोगाए। आईएस्सी पनि पुरा गरे। घर फर्के। गाउँमा शिक्षक बने। टीबीको औषधि नियमित खान्थे। तर, उनलाई टीबी भएको थाहा पाएपछि शिक्षकबाट हटाइयो। त्यसपछि भारततर्फ गौरीनदीको माथि गएर पनि एक वर्ष पढाए। भारतमा गएर टीबीको उपचार पनि गराइरहेका थिए।

    ०१७ सालतिर हुनुपर्छ– काशीराज पन्तले हाइस्कुल सुरु गरे। स्नातक कोही थिएन। कलेजका रिटायर्ड गुरुलाई प्रिन्सिपल बनाइयो। आईएस्सी मात्र भए पनि जोशी त्यहीँ पढाउन लगाइयो।

    कांग्रेस राजनीतिमा जोशी

    जोशी ०१४ सालदेखि कांग्रेसको राजनीतिमा जोडिएका थिए। दार्चुलामा राजाको भ्रमण भयो। त्यसपछि बीपी कोइराला पनि गए। चन्द्रदेव जोशीका काका दामोदर कांग्रेसका स्थानीय नेता थिए। बीपीको स्वागत टीममा जोशी पनि परे। उनको जिम्मा स्वागत भाषण गर्ने पर्‍यो तर नेपाली जान्दैन्थे। उनले हिन्दीमै भाषण ठोके। उनी अहिले पनि सम्झन्छन्, ‘बीपीले हिन्दीमै ‘ठीक है बेटा’ भन्नुभो। तिमी काठमाडौं आऊ, म पढाउँछु पनि भन्नुभएको थियो।’ जोशीलाई पहिले भएको टीबी फेरि बल्झियो। आउन सकेनन्।

    ०१७ सालपछि दार्चुलामा ओम जंगबहादुर सिंहको नेतृत्वमा राजाविरुद्ध सशस्त्र क्रान्ति अघि बढ्यो। जोशी पनि ‘अराष्ट्रिय तत्व’ मा गनिए। बझाङ काण्ड भयो। उनको विद्यालय स्थापना दिवस तीजको दिन पर्थ्यो । सो कार्यक्रमका लागि स्वागत गेट बनाइएको थियो। कार्यक्रममा गीत, नाटक जोशीले नै लेखेका थिए। त्यहीँ कांग्रेसका सशस्त्र समूह आए। डोटी काण्ड भयो। कांग्रेसका सात–आठ जना मान्छे मारिए।

    जोशीमाथि कांग्रेसका लागि स्वागत द्वार बनाएर अराष्ट्रिय तत्वलाई स्वागत गरेको आरोप लाग्यो। लगत्तै डोटी काण्ड घट्यो, जहाँ कांग्रेसका सात जनाको ज्यान गयो।

    सप्तरीका सत्यनारायण झा त्यसबेला दार्चुलाका बडाहाकिम थिए। ०१५ सालको चुनावमा प्रजापरिषद्बाट सांसद् जितेका उनी राजा महेन्द्रको ‘कू’लाई समर्थन गरेबापत बडाहाकिम भएका थिए। उनले दमनचक्र चलाए। काका दामोदर जोशी र काशीराम पन्तलाई पनि जेल हाले। चन्द्रदेव जोशी गाउँमा बस्न नसक्ने अवस्था भयो। सात दिन लगाएर काठमाडौं आइपुगे, ०१९ सालमा।

    साझा बसको कन्डक्टर

    गाउँमा पो विद्यालय, स्वास्थ्य चौकी बनाएको राम्रो शिक्षकको साख थियो। त्यो काठमाडौंमा केही काम लाग्ने भएन। काठमाडौंमा उनले केआई सिंहलाई पनि भेटे तर उल्टै गाली गरेर पठाए। उता, पञ्चायतको नजरमा उनी अराष्ट्रिय तत्व नै थिए। उनले केही काम पाएनन्। गोजीमा पैसा थिएन। खान–बस्नकै समस्या भयो।

    साझा यातायात भर्खरै सुरु भएको थियो। साझाका ६ वटा बस चल्थे काठमाडौंमा। डोटीका शिवराज श्रेष्ठ साझाका अध्यक्ष थिए। जोशीले आईएस्सीको प्रमाणपत्र लुकाए। एसएलसी योग्यता देखाएर साझा बसको कन्टक्टरको जागिर मागे। ‘प्रथम श्रेणी रहेछ, किन कन्डक्टर खान्छौ ?’ श्रेष्ठले भनेको उनी अहिले पनि सम्झन्छन्।

    एक महिना कन्डक्टरीको तालिम लिएर काम सुरु गरे। यसबीच उनी विकल्पको खोजीमा थिए। उनलाई ‘अराष्ट्रिय तत्व’ को ट्यागले लखेटिरह्यो। काम पाएनन्। ०२२ सालसम्म तीन वर्ष साझाको कन्डक्टर भएरै बिताए। उनी भन्छन्, ‘नेपाली भाषा मैले कन्टक्टर भएर सिकेको हुँ।’

    यसबीच उनले अमृत साइन्स क्याम्पसमा जागिरका लागि निवेदन दिएका थिए तर पञ्चायत विरोधी भनेर उनलाई काम दिइएन। त्यसबेला प्राचार्य अमृतबहादुर प्रधान थिए। तीन वर्षदेखिको उनको प्रयास सफल हुन सकेको थिएन। अमृतबहादुरले चाहेर पनि काम दिन सकेका थिएनन्।
    अमृतकै प्रयासमा बल्लबल्ल तीन वर्षपछि उनलाई अन्तर्वार्ताका लागि बोलाइयो। प्रश्न सोधियो, ‘ह्वाट इज द डिफरेन्ट बिटविन हेलिकप्टर एण्ड एरोप्लेन ?’ अति भएपछि अमृतबहादुर स्वयम्ले बीचैमा प्रश्न सोध्नेलाई उत्तर दिए, ‘यसलाई गाडी सोध् न, के प्लेन र हेलिकप्टर सोधेको ? बिहान ४ बजेदेखि नै काँधमा रुमाल हालेर गाडीमा हिँड्छ यो।’ यसका बाबजुद पनि उनलाई काम दिइएन।

    उनी बर्मामा पढ्न जानका लागि स्कलरसिपमा छानिए। त्यहाँको सत्तापलटका कारण त्यो पनि ‘क्यान्सिल’ भयो। त्यसबेला डा। तुलसी गिरी प्रधानमन्त्री थिए। जोशीले उपायविहीन भएर आठ पेज लामो ‘कम्प्लेन’ लेखेर ‘कम्प्लेन बक्स’मा हालिदिए। त्यसपछि सरकारले बर्माको स्कलरसिपमा नाम निकालेकालाई रूस पढ्न पठाउने निर्णय गर्यो। कांग्रेसका जुझारु कार्यकर्ता जोशी पनि मस्को पढ्न जान पाउने भए।

    कम्युनिष्ट विरोधीबाट कम्युनिष्ट

    मस्को जान पाउने निर्णयले जोशी खुशी थिएनन्। उनी अहिले पनि सम्झन्छन्, ‘म बेस्सरी रोएँ, कम्युनिष्ट कहाँ पठाउने भनेर। म नबुझी यत्ति कम्युनिष्टविरोधी बनाइएको रहेँछु। त्यसबाहेक कुनै विकल्प नभएका कारण जान चाहिँ गएँ।’ ०२२ साल भदौमा रुस पढ्न गएपछि उनको जीवनले नयाँ मोड लियो।

    आईएस्सीपछि लामै ‘ग्याप’ भइसकेको थियो। उनी कांग्रेसी थिए। टीबी पनि लागेको थियो। मस्को पुगेपछि उनलाई फिर्ती टिकट दिइयो। माधव शर्मा (पछि त्रिविका भीसी) पनि उहीँ पढ्थे। फिर्ती टिकटबारे उनले थाहा पाएछन्। नेकपाका कमर शाह पनि उहीँ पढ्दै रहेछन्। जोशीले रुँदै आफ्ना सारा दुःख सुनाए, शाहलाई। उनैको पहलमा फिर्ती टिकट ‘क्यान्सिल’ गरियो। शाहले अस्पताल भर्ना गराए। त्यस बेलासम्म जोशी रुसमा कांग्रेस पार्टीको संगठन खोल्ने सम्झन्थे। अस्पताल बस्दा शाहसँग नजिक भए। त्यहीँ माक्र्सवाद, लेनिनवाद पढे। उनी भन्छन्, ‘त्यसपछि थाहा पाए, पुष्पलाल नेतृत्वको कम्युनिष्ट पार्टी पनि छ भन्ने।’

    अस्पतालबाट डिस्चार्ज भएपछि उनी कम्युनिष्ट भए। अनि अच्युतानन्द भण्डारी, लोहितराज उपाध्यायसँग मिलेर रुसमा कम्युनिष्ट पार्टीको संगठन खोले। रुसमा रहेको नेपाली दूतावास घेराउ गरे। बालचन्द्र शर्मा त्यसबेला राजदूत थिए। ‘रुसी सेना हतियार लिएर दूतावासको सुरक्षामा आयो, हामी नडराई घेराउ गर्‍यौँ’, उनी सम्झन्छन्, ‘गंगालालको चिता भन्ने नाटक देखायौँ, राजदूत शर्माले सात दिनभित्र नेपाल फर्काउने धम्की दिएका थिए।’

    चन्द्रदेव जोशी, दिनेश उपाध्याय सिभिल इञ्जिनियर भएर फर्के। लोहित डाक्टर बने। अच्युतानन्द भण्डारी चाहिँ जियोलोजिस्ट बने। ०२७ सालमा स्नातकोत्तर गरेर नेपाल फर्के।

    नेपाल फर्केपछि जोशीले नेशनल ट्रेडिङमा ज्यालादारी काम थाले– मासिक ५२० रुपैयाँ पाउने गरी। नगएको दिन तलब काटिन्थ्यो। पछि अस्थायी हुँदै स्थायी भए। उनको काम सिंहदरबार अगाडिको शोरुममा मेशिन बेच्ने थियो। त्यो मेशिन चलाएर देखाउँथे। नेकपा (मानन्धर) मार्फत् राजनीतिलाई निरन्तरता दिए।

    ०३६ सालको आन्दोलनताका उनी पार्टीको विद्यार्थी र युवाको इञ्चार्ज थिए। जनमत संग्रहमा बहुदलको पक्षमा भोट मागे। उनले कमल प्रधानको नामबाट पत्रपत्रिकामा लेख पनि लेख्थे।

    बम काण्डमा जेल

    ०४२ सालको बमकाण्डपछि उनी पक्राउ परे। छुटेपछि पार्टीको पोलिटब्युरो सदस्य भए। ०४६ को आन्दोलनमा पनि उनी पार्टी पोलिटब्युरो सदस्य नै थिए। ०६३ सालमा पार्टी अध्यक्ष भए। लगत्तै, पहिलो संविधानसभामा सदस्य बने। उनी ०६९ साल जेठ ४ गते डा। बाबुराम भट्टराई प्रधानमन्त्री छँदा भूमिसुधार मन्त्री भएका थिए। त्यसैबेला फाइलअघि बढाएको अभियोगमा उनीमाथि भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ।

    जीवनमा उनले कहिल्यै नचिताएको यत्रो आरोप लागेको भोलिपल्ट बिहानै उनको निवास पुग्दा केही शुभेच्छुकबीच दिक्दार मुद्रामा बसिरहेका थिए। ‘त्यत्रो पैसा मैले जीवनमा देखेको पनि छैन, भ्रष्टाचार त मैले कल्पना समेत गर्न नसक्ने विषय हो’, जोशी भन्दैथिए।

    मुद्दा दायरपछि मात्र आफूमाथि अभियोग लाग्दै छ भन्ने जानकारी पाएको बताउँदै उनले भने, ‘एक दिन मलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फोन गरेर केही सोध्नु थियो भनेर पत्र पनि नकाटी मौखिक रुपमा बोलाएको थियो। म मन्त्री छँदा अगाडि बढाएको फाइलबारे सामान्य रुपमा सोधेर फर्काइएको थियो।’

    उनले भने–‘म त्यही व्यक्ति हुँ जसले प्रधानमन्त्रीसँग यस्ता काम गर्न मेरो नैतिकताले दिँदैन भनेर चार महिनामा राजीनामा गरेको थिएँ।’

    यिनै नेतामाथि अहिले यति ठूलो अभियोग लागेको छ। ‘मुद्दा दर्ताको समाचार रेडियोबाट सुन्दा म आश्चर्यचकित भएँ,’ उनले छुट्टने बेला भने–‘पैसा तिरेर वकील राख्नसक्ने हैसियत मसँग छैन। मैले केही गर्न सक्दिनँ। अब मैले के गर्नु? जे गर्छ, अदालतले गर्छ।’ माधव ढुङ्गेल/बिएल

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.