Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चोलेन्द्र श्रीमानप्रति किन शंका गर्छन् मान्छेहरु ?

nepal_readers nepal_readers
माघ ८, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger
    – रमाकान्त वाग्ले
    संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर विभिन्न रिटपछिको अदालती मनस्थिति, संकेत र व्यवहारमा थुप्रै कैफियत देखिएको भन्दै कानुन व्यवसायीहरु चर्चा गर्न थालेका छन्, ‘अचम्मै छ !’

     

    शुरुकै दिन प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणालाई प्रधानमन्त्रीले गर्ने महान्यायाधीवक्ताको नवनिर्मित कार्यालय भवन उद्घाटनमा जाने हतारो चल्यो । जबकि प्रधानमन्त्री त्यतिबेलासम्म सर्वोच्चमा विचराधीन मुद्दाको एउटा पक्ष भइसक्नुभएको थियो । त्यही मुद्दा हेर्ने मामुली न्यायाधीशले मुद्दाको कुनै पक्षसँग सम्बन्ध राख्न नपाइने न्युनतम कानुनी मान्यता छ । तर, प्रधानन्यायाधीशलाई मुद्दाको एक पक्ष प्रमुख अतिथि भएको कार्यक्रममा जाने हतारो भइदिँदा त्यहीँबाट शंका शुरु गरियो । त्यसका लागि उहाँले कानुन व्यवसायीहरुलाई ‘बहस छोटो गर्नुस्’ नै भन्नुभयो ।

    कुनै पनि मुद्दा दायर भइसकेपछि अदालतले शुरुमा कारण देखाऊ र त्यससँग जोडिएको प्रक्रिया रोक्ने अन्तरकालीन वा अन्तरिम आदेश जारी गर्छ । तर, त्यसो गरिएन । संवैधानिक इजलाशमा पठाउने मात्र भनियो । त्यही मुद्दा एकल बेञ्च वा अरु कसैलाई दिएको भए ‘निर्वाचनसम्बन्धी कार्यक्रम तत्काल अगाडि नबढाउनु’ भन्ने अन्तरिम आदेश हुनसक्थ्यो । अर्को सम्भावना थियो, त्यसअघिका मुद्दा ९ र ११ जना न्यायाधीशको इजलाशले हेरेको कारण यो १३ जनाको बृहत् इजलाशमा राख्नु भन्ने ।

    तर, प्रधानन्यायाधीश आफैँले मुद्दा हेरेर, कारण देखाऊ र अन्तरिम आदेश जारी नगरेर, बृहत् पूर्ण इजलाशमा नगएर मुद्दालाई अगाडि बढाइरहनुभयो । पछि लामो दिनपछि पेशी चढ्यो, बल्ल कारण देखाऊमा गयो । एकजना कानुन व्यवसायी भन्छन्, ‘त्यतिञ्जेलका लागि निर्वाचन प्रक्रिया रोक्नु भनेको भए हुन्थ्यो । वा, छलफलका निम्ति झगडिया झिकाऔँ भने पनि हुन्थ्यो ।’ तर, अर्को दिन हरिकृष्ण कार्कीलाई अलग पार्ने कुरामै बित्यो । अर्को हप्ता बृहत् पूर्ण इजलाश कि संवैधानिक भन्नेमा बित्यो । र, संवैधानिक इजलाशबाटै सुनुवाई गर्ने गरी अहिले पनि मुद्दा चलिरहेको छ ।

    झगडियाले विश्वास गरेन, आशंका मात्रै ग-यो भने अदालतले न्याय सम्पादन गरेको देखिने गरी काम गर्नुपर्ने मान्यता छ । अर्थात्, न्याय दिएरमात्रै भएन, दिएको देखिनु पनि प¥यो भनिन्छ । सरकारी पक्ष त्यही बेञ्च भन्छन्, अर्को पक्ष बृहत् पूर्ण इजलाश भन्ने स्थितिमा प्रधानन्यायाधीश आफैँले संवैधानिक इजलाश भनेर आदेश गर्नुभएको छ । ‘उहाँले त्यही आदेश अर्को भरपर्दो कुनै न्यायाधीशबाट गराएको भए के हुन्थ्यो ?’, ती कानुन व्यवसायीले प्रश्न गरे । भन्छन्, ‘अब सेटिङ होइन भन्ने कुरा कामबाट प्रमाणित गर्नुप-यो । अदालतप्रतिको जनआस्थाको समीक्षा गर्ने बेला पनि भयो ।’

    शुरु दिनमै महान्यायाधिवक्ता कार्यालय भवनको उद्घाटनमा प्रधानमन्त्री र प्रधानन्यायाधीश कोल्टे परेर खासखुसमै देखिनुलाई मिडियाले राम्रो मानेन । ‘दुई–तीन दिनअघि संवैधानिक परिषद्को बैठक भयो । सरकारसँग भागबण्डा पनि त्यहीं गरियो ।’

    हुन पनि पूर्वसभामुख तथा वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाले आफ्नो वहसका क्रममा भन्नुभएजस्तो अहिले सबैको नजर अदालततिर छ । मुलुकको राजनीतिक स्थिरता बचाउने कि भत्काउने ? भन्ने कुरा अदालतमै निर्भर छ । संविधान बचाउने कि विघटन गर्ने भन्ने कुरा पनि अदालतमै छ । यदि यो संसद विघटनलाई अदालतले सदर ग¥यो भने भोलि पनि यो रोग कायम रहने भयो । -जनआस्था

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.