Date
शुक्र, अशोज १२, २०८०
Fri, September 29, 2023
Friday, September 29, 2023
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चीनमा खाना खेर फाल्नेमाथि अब कडा कानून : अठार लाखसम्म जरिवाना

नेपाल रिडर्स नेपाल रिडर्स
आइतवार, बैशाख १९, २०७८
- समाचार, सुशासन
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    चिनीयाँ विधायकहरूले खाना खेर फाल्ने व्यक्ति तथा रेस्टुरेन्टहरूमाथि निर्मम कारवाही गर्ने गरी नयाँ ऐन पारित गरेका छन्। यो ऐनले खानाको रास खाएर वा खाएको नाटक गरेर इन्टरनेटमा प्रदर्शन गर्ने लगायत सबै खालका खाना खेर फाल्नेहरूमाथि कारवाही गर्ने लक्ष्य राखेको छ। यो ऐनले साधनस्रोतहरूको रक्षा गर्ने र जिम्मेवारीपूर्वक उपभोग गर्ने कुरालाई प्रवर्धन गर्ने उदेश्य राखेको छ।

    चीनको राष्ट्रिय जन कंग्रेसको स्थायी कमिटीबाट बिहिवार अनुमोदित सो ऐनले भ्लगर(इन्टरनेटमा छोटा र चाखलाग्दा भिडियो बनाएर राख्ने व्यक्तिहरू) तथा सोसल मिडियाका प्रभावशाली व्यक्तिहरूलाई अति धेरै खाना खाएको वा खाएको नाटक गरेर भिडियो हाल्नमा प्रतिबन्ध लगाएको छ। अब यदि कसैले खाना धेरै खाएको दर्शाउने भिडियो बनाएमा उस/उनले करीब १ लाख युआन अर्थात् नेपाली साढे अठार लाख जति जरिवाना तिर्नुपर्ने हुन्छ।

    कतिपय चिनियाँ कन्टेन्ट निर्माताहरूले इन्टरनेटमा अति धेरै खाना वा जाँडरक्सी खाएर त्यसको लाइभ गर्ने गरेको र त्यसवापत उत्साही दर्शकहरूले उनीहरूलाई सैयौँ डलर डोनेसन गर्ने गरेको बताइन्छ। त्यस्तो प्रतक्ष्य प्रसारणलाई ‘मकब्याङ सो’ भन्ने गरिन्छ। अघिल्लो महिना चीनको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायले खाना फाल्ने कुरालाई प्रवर्धन गरेको भन्दै भिडियो स्यर गर्ने इन्टरनेट प्लेटफर्महरूलाई थुप्राका थुप्रा खाना खाने वा खाएकोझैँ देखाउने त्यस्ता भिडियोहरू इन्टरनेटबाट हटाउन आदेश दिएको थियो।

    यो कानूनले ग्राहकहरूले धेरै खाना फालेको अवस्थामा रेस्टुरेण्ट र भोजनालयहरूलाई थप पैसा असुल्ने अनुमति पनि दिन्छ। यो कानुनले खाना खेरा फाल्ने धोकाधडीपूर्ण मार्केटिङबाट पनि जनसाधारणलाई सुरक्षित बनाउने लक्ष्य राखेको छ। अब उनीहरूका विज्ञापनले व्यक्तिलाई चाहिने भन्दा बढी खाना अर्डर गर्न प्रेरित गरेको अवस्थामा खाना ओसार्ने ‘भेन्डर’हरूलाई अधिकारीहरूले कारवाही गर्न सक्नेछन्। खाना उपलब्ध गराउने रेस्टुरेन्ट र खाना ओसार्नेहरूले आवश्यक भन्दा बढी खाना उपलब्ध गराउने प्रपन्च गरेको भेटिएमा उनीहरूलाई ५० हजार युआन अर्थात् नेपाली करीब ९ लाख जरिवाना गरिनेछ।

    यो ऐन सबै खालका कार्यालय तथा स्कुल–क्याम्पसका क्याफेटेरियामा पनि लागू हुनेछ। त्यसका साथै खाना डेलिभरी गर्ने एप्लिकेसनका हकमा पनि यो ऐन प्रभावकारी हुनेछ। खाना खेर नफाल्नका लागि उनीहरूका लागि निर्देशिकाहरू बनाइएका छन्। र, अब सुपरमार्केटहरूले पनि मिति गुज्रन थालेका सामानहरूलाई बल्क्मा (थुप्रोमा)बेच्नु पर्नेछ।

    यो प्रगतिशील ऐनका बारेमा टिप्पणी गर्दै चिनियाँ मिडियाले बताएका छन् कि यो ऐन ‘तर्कपूर्ण र स्वस्थ्य उपभोग’ गर्ने बानि विकासका लागि तयार गरिएको हो। यो ऐनले चीनले अहिले खाद्य संकट झेलेको कुरा संकेत नगरेको बरु खाद्य सुरक्षाको सुनिश्चित गर्न र चीनको जनशंख्या बढ्दै गर्दा सप्लाई चेनलाई स्थिर राख्न मद्धत गर्ने चीनियाँ मिडियाले बताएका छन्।

    खाना खेरा फाल्ने कुरालाई कतिपय सम्भावित प्रतिवन्धहरू र अन्य कतिपय वाह्य कारणहरूले गर्दा निरुत्साहित गरिएको छ।

    अध्येताहरूले अनुमान गरेका छन् कि चीनको शहरी क्षेत्रमा मात्रै एक करोड ८० लाख टन खाना खेर फालिने गरेको छ। त्यति खानाले वार्षिक ३ देखि ५ करोड मान्छेलाई खाना खुवाउन पुग्छ। नयाँ ऐनलाई अघिल्लो पटक चीन सरकारले संचालन गरेको ‘आप्mनो थालको खाना आफैँ सक्याउँँ’ अभियानको नयाँ रूप ठानिएको छ। अघिल्लो अभियानका क्रममा खाना नफाल्न आग्रह गरिएका अनेक खालका पोस्टरहरू देशभरका रेस्टुरेण्टहरूमा टाँसेर मान्छेहरूलाई खानाको नास नगर्न आह्वान गरिएका थियो।

    आरटीडटकम/अनुवादः नेपाल रिडर्स

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      प्रश्न गर्नु सामाजिक परिवर्तनका लागि महत्वपूर्ण छ 

      प्रश्न गर्नु सामाजिक परिवर्तनका लागि महत्वपूर्ण छ 

      शेषनाथ वर्नवाल
      शुक्रबार, अशोज १२, २०८०

      जहाँ जिज्ञासा छ त्यहाँ प्रश्न छ। जहाँ प्रश्न छ त्यहाँ भक्ति वा अन्धश्रद्धा नभइ ज्ञान र अनुभवको सुरुवात हुन्छ। जहाँ...

      सर्वोच्चको फैसला: फेवा बचाउने सुनौलो अवसर

      सर्वोच्चको फैसला: फेवा बचाउने सुनौलो अवसर

      नेपाल रिडर्स
      बुधबार, अशोज १०, २०८०

      सर्वोच्च अदालतले फेवा तालको क्षेत्रफल र मापदण्डका सम्बन्धमा गरेको फैसलाको पूर्णपाठ आएसँगै यस सम्बन्धमा रहेका सबै पुराना विवादहरु किनारा लाग्ने...

      झिँगा

      झिँगा

      राजेन्द्र पराजुली
      शनिबार, भदौ ३०, २०८०

      (राजेन्द्र पराजुली पछिल्लो समयका सक्रिय कथाकार हुन। कथाकार, पत्रकार र साहित्यिक पत्रकारका रुपमा उनले लामो समय नेपाली भाषाको सेवामा बिताएका...

      संविधानसभा अध्यक्ष नेम्वाङको निधनपछि कसले के भने?

      संविधानसभा अध्यक्ष नेम्वाङको निधनपछि कसले के भने?

      नेपाल रिडर्स
      मङ्लबार, भदौ २६, २०८०

      वरिष्ठ राजनीतिज्ञ तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा निधन भएको छ। हृदयघातका कारण गएराती निधन भएका नेम्वाङ...

      जनवादी क्रान्ति सम्पन्न भैसक्यो, अब समाजवादी कार्यक्रम चाहिन्छ

      छुवाछुतको पुस्तान्तरण: मेरो परिवारको भोगाइ

      गणेश लम्साल
      बुधबार, भदौ ६, २०८०

      बितेका २८ वर्षदेखि मैले र मेरो परिवारले कुनै न कुनै रुपमा जातीय विभेदको सामना गरिरहेको छ। माघ ०५२ मा मेलै...

      किन हिमाल उक्लिँदैछ बाढी?

      किन हिमाल उक्लिँदैछ बाढी?

      डा. विमल रेग्मी
      मङ्लबार, साउन ३०, २०८०

      पहिले हिमाल र पहाडबाट उत्पत्ति भएका नदीमा जल सतह बढेपछि तराई क्षेत्रमा मात्रै बाढी आउँथ्यो। अहिले भने नदी-खोलाको मुहानमै बाढीले...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      शीत युद्धमा भारत र क्यानाडा
      विश्व

      शीत युद्धमा भारत र क्यानाडा

      नरेश ज्ञवाली
      शुक्रबार, अशोज ५, २०८०

      थप पढ्नुहोस्
      जनवादी क्रान्ति सम्पन्न भैसक्यो, अब समाजवादी कार्यक्रम चाहिन्छ
      अन्तर्वार्ता

      जनवादी क्रान्ति सम्पन्न भैसक्यो, अब समाजवादी कार्यक्रम चाहिन्छ

      नेपाल रिडर्स
      बिहिबार, भदौ ७, २०८०

      थप पढ्नुहोस्
      कसले जितिरहेको छ युक्रेन युद्ध?
      विश्व

      कसले जितिरहेको छ युक्रेन युद्ध?

      रोहेज खतिवडा
      सोमवार, भदौ ४, २०८०

      थप पढ्नुहोस्
      अझै छातीमा आगो निभेको छैनः भूपाल राई
      अन्तर्वार्ता

      अझै छातीमा आगो निभेको छैनः भूपाल राई

      नेपाल रिडर्स
      शनिबार, भदौ २, २०८०

      थप पढ्नुहोस्

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist