अमेरिका र रसियासँग कथित त्रिपक्षीय हतियार नियन्त्रण वार्तामा सामेल हुने चीनको कुनै इरादा नभएको चिनियाँ विदेश मन्त्रालयले बुधबार दोहोर्याएको छ। जुनकुरा रूस र अन्तर्राष्ट्रिय समुदायले समेत बुझेको छ।
‘यो कुरा औंल्याउन लायकको छ कि अमेरिकासँग सबभन्दा ठूलो आणविक हतियारको परिमाण छ र आणविक निशस्त्रीकरणमा अमेरिकाको भूमिका मुख्य हुनेछ। नयाँ काम शुरु गर्ने रूसको आह्वानमा यस्तो विशाल आणविक हतियार समाप्त गर्ने कुरा प्रष्ट हुनुपर्दछ। अन्य आणविक हतियारको अन्त्यका लागि यसले बहुपक्षीय आणविक निशस्त्रीकरण वार्तामा सामेल हुने अवस्था सिर्जना गर्नेू प्रवक्ता गेङ शुआङले भने।
गेङ भन्छन्– चीन विश्व शान्ति, सुरक्षा र स्थायित्वका लागि प्रतिबद्ध छ र अन्तर्राष्ट्रिय हतियार नियन्त्रण र अप्रसार प्रणालीलाई समर्थन गर्दछ। निशस्त्रीकरण सम्बन्धी सम्मेलन र आणविक हतियार भएका पाँच राज्यको संयन्त्र जस्ता खाकाभित्र सञ्चार र समन्वय सुदृढ पार्न चीन सबै पक्षहरूसँग मिलेर काम गर्न तयार छ। वैश्विक रणनीतिक स्थायित्वको बारेमा विभिन्न मुद्दाहरूको छलफल र बहुपक्षीय निशस्त्रीकरण संयन्त्रको पक्षमा उनले जोड दिए। चीनले अन्तर्राष्ट्रिय कानुनको आधारमा अन्तर्राष्ट्रिय आदेशलाई पनि समर्थन गर्नेछ र विद्यमान हतियार नियन्त्रण तथा ओसार-प्रसार कानूनी प्रणालीको अधिकार र प्रभावकारिताको रक्षा गर्नेछ र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा योगदान पुर्याउनेछ।
चीनको राष्ट्रिय सुरक्षा रणनीति आफ्नो प्रकृतिमा प्रतिरक्षात्मक छ, जुन अपरिवर्तित छ, र यो चीनको अर्थतन्त्र बिस्तारसँगै वैधानिक रुपमा विस्तार हुँदै गएको छ– गेङ थप्छन्।
यस्तो बृद्धिले अरु कुनै देशलाई लक्षित नगर्ने र चीनको सैन्य खर्च यसको कुल रकमबाट, जीडीपी र वित्तीय राजस्वको अनुपातमा, वा प्रतिव्यक्ति सैन्य खर्चबाट समेत नाप्न सकिने कुरा उनले बताए। उनले जोड दिए, चीनको जीडीपीमा सैनिक खर्चको अनुपात गिरावटमा रहेको छ, नाटो मुलुकको २५ मापदण्डभन्दा तल छ।
अर्कोतर्फ, अमेरिकी सेनाको बजेट हालसालैका वर्षहरुमा निरन्तर र उल्लेखनीय रूपमा बृद्धि भइरहेको छ, उनले भने। सन् २०१९ मा यो ७१६ अर्ब अमेरिकी डलर पुगेको छ, जुन १० ठूला सैन्य व्ययकर्ताहरूको राशि बराबरको कुल जिडिपीको ३.५ प्रतिशत हिस्सा हो। अमेरिकी सरकारले सन् २०२१ को लागि भर्खरै ७०५.४ अर्ब अमेरिकी डलरको सैन्य बजेट पेश गरेको छ जसमा २८.९ अर्ब अमेरिकी डलर आणविक आधुनिकीकरणको लागि खर्च हुने छ- गेङले भने।
संयुक्त राज्य अमेरिका यस्तो देश हो जसले एकपक्षीय रुपमा युद्धपन्थीकरण र अन्तर्राष्ट्रिय हतियार नियन्त्रण प्रक्रियामा ठूलो अवरोध खडा गर्दछ। अमेरिकी युद्दनिती अनुसारको कार्यमा चीनलाई दोषारोपण गर्ने अवसर विश्वलाई पटक्कै दिइनेछैन र यस्तो कार्यलाइ समेत मान्यता दिइने छैन, उनले जोड दिए।