Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चीनको कोरोनाभाइरस र अमेरिकी जनताको परिवर्तनको चाहना

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
फाल्गुन १५, २०७६
- यो हप्ता, राजनीति, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नयाँ कोरोनाभाइरस आफ्नो जन्मस्थल चिनबाट व्यापक रूपमा फैलिरहेको छ, विज्ञहरू विश्व अभूतपूर्व महामारीको कगारमा पुगेको दाबी गर्दैछन् र अमेरिकाले देखेको आमूल परिवर्तनको सपनाका कारण बजारहरू डरले थुरथुर काम्दै छन्।

    यसलाई अझ आधुनिक समयको प्लेग कोभिड–१९ ले गति दिन सक्दछ।

    उचित वा अनुचित, वाम वा दक्षिणपन्थ जेजस्तो उपायले अमेरिकी जनताहरु स्पष्टरूपमा आमूल परिवर्तन चाहन्छन्। गत राष्ट्रपतीय चुनावमा, डोनाल्ड ट्रम्प स्थापना-विरोधी लहरका अवतार थिए भने हिलारी क्लिन्टन विगत सरकारकै पुतली जस्ती थिइन्। अहिले, वर्तमान राष्ट्रपति ट्रम्प र प्रमुख डेमोक्र्याटिक उम्मेद्वार बर्नी स्यान्डर दुबै मुख्य उम्मेदवारहरू हाकाहाकी अमेरिकी संस्थापन–विरोधी देखिन्छन्। तिनीहरु- अमेरिकी संस्थापन वा मूलधारबाट थकित अमेरिकी जनताको चाहना बोकेका उम्मेदवारहरुजस्ता लाग्छन्।

    ट्रम्पको चुनावले अघिल्ला प्रशासनहरुसँग तुलना गर्दा नाटकीयरुपमा सूइँ फनक्कै घुमेको संकेत दिएको थियो। यसले लगभग एङ्लो–स्याक्सनको हैकम भएको अमेरिकाको अर्ध-पौराणिक अतीतमा फिरे जस्तै संकेत गरेको थियो। ट्रम्पले कुल अमेरिकी जनसंख्याको अल्पसंख्यकलाई सम्बोधन गरे, अब पनि गर्दछन्।

    पृष्ठभूमि
    शीतयुद्धको अन्त्यपछि बिल क्लिन्टनले आर्थिक भूमण्डलीकरण र जर्ज डब्लु बुशले राजनीतिक तथा सैन्य हस्तक्षेपका गतिविधिहरू बढाए, जसलाई जुन ओबामा प्रशासनले नरम बनाउँदै अनुकूलतातर्फ मोडे। सायद अमेरिकीहरुले बराक ओबामालाई परिवर्तनको संकेतस्वरुप राष्ट्रपति चुनेका थिए, तथापी यस हलुका परिवर्तनलाई मुलुकका केही रूढीवादीहरूले मन पराएनन्।

    केही समाज विज्ञानशास्त्रीहरुले धनी र गरिबबीचको आयस्तरको खाडल बढेको र मध्यम वर्ग विलोप भएको कुरा औंल्याउँछन् जसले धेरै जनताहरु वर्तमान प्रणालीबाट किनारामा परेको झल्क्याउँछ। दार्शनिक एन्जेलो कोडविल्लाले अमेरिका एक गणराज्यबाट साम्राज्यमा फड्को हान्यो भनेर चेतावनी दिएका छन्।

    शीतयुद्धमा विजय भएपछि, अमेरिकाले सोभियत संघको विश्वव्यापी शक्तिको विभाजनका कारण आफूँ एकल र निरपेक्ष महाशक्ति बनें भनेर सोचेको हुनसक्छ।

    यद्यपि सोभियत साम्राज्यको असफल भएको एक दशक भइसक्दा पनि, व्यापार भूमण्डलीकरणले अमेरिकालाई कल्पना गरिएजसरी विजयी बनाउन सकेन। न त बुश प्रशासनको सैन्य हस्तक्षेपहरुले अफगानिस्तान र मध्य पूर्वमा शान्ति बहाल गर्न र नयाँ बजारको युग खोल्न सक्यो। बरु ती युद्धहरूले अमेरिकी धनजनको क्षतिलाई बढायो र त्यसको परिणाम २००८ को आर्थिक संकट ल्याउन योगदान पुर्‍यायो।

    त्यसमाथि, नयाँ महत्वाकांक्षी रसियाले चौतर्फी अतिक्रमण गर्न थाल्यो। यसले टर्की जस्ता सहयोगीहरूलाई उचाल्दै पछाल्दै अमेरिकाले आवश्यक मात्रामा ध्यान नदिएको पुष्टि गरायो। केही पछिल्लो अवधिमा, अमेरिका केवल चीनतिर आँखा लगाउँदैछ। ओबामाले “एसियाको टेको (पिभोट) ” रणनीतिलाई धीमा तर सुस्पष्टताका साथ बढाउँदै थिए तर ट्रम्पले चीनसँग व्यापार युद्ध गर्न नै पुगे। यसरी वाशिंगटनले आफ्नो प्राथमिकता एशिया र चीनमा छ भनेर खुलस्त गर्‍यो।

    संक्षेपमा, अमेरिका पुरापुर महाशक्ति होइन, खासगरी कोरोनाभाइरस र हङ्‍कङ्‍को विरोधप्रदर्शन जस्ता दुई आक्रमणका कारणले चिनको आर्थिक प्रगति खुम्चिएका कारणलाई ध्यानमा राख्ने हो भने अमेरिका अझै एक मात्र महाशक्ति हो।

    ‘राष्ट्रपति स्याण्डर’ आजका दिनमा आकास कै फल हुन्, तर नपत्याउने गरी महामारी फैलदैंछ र नौ महिना अघि नै आर्थिक परिणामहरू के हुन सक्छन् आकलन गर्न कठीन नै छ।

    वर्तमानमा अमेरिकाका लागि चुनौतिका ३ पक्ष हुन सक्छन्: १.आफ्ना जनताको विश्वास पुन: प्राप्त गर्नु, २. मध्यम वर्गको पुनर्निर्माण गर्नु जसले सन् १९५० र ६०को दशकमा अमेरिकालाई बनायो र ३. यसका सहयोगीहरूसँगको राजनीतिक सम्बन्धलाई पुनर्स्थापित गर्नु जसले पहिलो शीत युद्ध जित्न योगदान पुर्‍याएका थिए।

    वास्तवमा, अमेरिकाले सन् १९८९ पछि यस्तो व्यवहार गर्‍यो कि शीतयुद्ध त्यसले एक्लैले मात्र जितेको हो। त्यसलाई यस तथ्यको कारणले लागेको हुनसक्छ यी दुई बीचको गठबन्धन भएपनि जापानले १९८०को दशकमा अमेरिकी अर्थव्यवस्था र प्रविधिलाई चुनौती खडा गर्‍यो र १९९० दशकको शुरुमा युरोपेली साझेदारहरू (मुख्यतया फ्रान्स, पश्चिम जर्मनी र इटाली) ले साझा मुद्रा युरो ल्याए, जसले डलरको शक्तिलाई निस्तेज गर्न थाल्यो।

    जब जापानी आर्थिक चुनौती असफल भएको प्रमाणित हुन्छ र डलरको बिरूद्ध युरोको हाँक व्यवस्थित हुन नसक्ने देखिन्छ, तब अमेरिका आफ्नो वैश्विक दृष्टिकोण र नयाँ तथा पुरानो सहयोगीहरूसँगको सम्बन्धमा पुनर्विचार गर्ने स्थितिमा हुनसक्छ। हालसम्म यस्तो निष्कर्ष निकालिएको छैन।

    अबको झाँकी अनुमान गरौं
    चीनमा कोरोनाभाइरसको बढ्दो महामारी बाबजुद पनि, र विश्वव्यापी अर्थतन्त्र, सप्ताहान्तमा समेत, वाल स्ट्रिट उत्साहित नै देखिन्थ्यो। यसको कारण थियो– १९७२ मा निक्सनको बिरूद्ध म्याकगभर्न जस्तै ट्रम्पका प्रतिस्पर्धी स्यान्डरको पनि उस्तै हालत हुनेछ र बजार अर्थतन्त्रका समर्थक ट्रम्पको नै विजय हुनेछ।

    तर, त्यस्तो उत्साहको पारो सोमबार नै ह्वात्तै झर्‍यो, किनभने भाइरसले विश्वका साथै अमेरिकी अर्थतन्त्रलाई हानि पुर्‍याइरहेको छ। यसपछि व्हाइट हाउसले कांग्रेसलाई भाइरस संकटमा लड्न विशेष रकम प्रवन्ध गर्नका लागि आग्रह गर्‍यो।

    विश्वव्यापी अर्थतन्त्रमा पीडाको मात्रा आपतकालको गहिराई र अवधिमा निर्भर हुनेछ। हाल चीनमा नयाँ संक्रमणहरू स्पष्टरूपमा कम हुँदैछन्, र मृतक संख्या घट्दै गइरहेको छ। तर यसो हुनुमा मुलुकको सबै आर्थिक गतिविधि पूर्णत रोकेर चुकाइएको मूल्यमा भइरहेको छ। २००३ को सार्स संकटको बेला, जस्तो कि मूलतः बेइजिङ र ग्वाङ्गझाउमा सीमित थियो, तर यस पटकको कोरोनाभाइरसले सम्पूर्ण देशलाई हायलकायल बनाएको छ। बिभिन्न स्तरहरूमा किन नहोस्, सबै शहरहरूमा वास्तविक क्वारेन्टाइन गरिएकोछ।

    आर्थिक प्लेगका दुष्परिणामहरु
    हाल चीनमा केही कारखानाहरू पुन सञ्चालन गर्न थालिएकाछन्, तर अहिलेसम्म, भाइरसले अर्थव्यवस्थालाई लगभग रोक्ने हैसियतमा नै छ। व्यापार घटेको छ र मूल्य बढेको छ। व्यापक मन्दी छ। त्यसमाथि स्वाइन फ्लूका कारण बङ्गुरको मासु महङ्गो हुँदा सबै खाद्य सामग्रीहरु महङ्गिएका कारण २०१९ को अन्तमा समेत चीन मन्दीबाट तङ्ग्रिन सकेको थिएन।

    कोभिड – १ को संक्रमण भइसक्दा पनि पत्ता लाउन कठीन छ। यसले आक्रमण गरिसकेपछि पनि संक्रमणको लक्षण देखा पर्ने (इन्क्युबेशन) अवधि लामो हुन्छ। यदि बेइजिङ्गले हतार गरेर निगरानी हटायो भने, संक्रमण फेरि प्रसार हुन सक्छ र बढी गम्भीर अवस्था हुन सक्छ। दक्षिण कोरिया, इरान र इटालीमा भाइरस प्रसार हुनु फ्लू चीनबाहिर नियन्त्रित नभएको प्रमाण हो। के यो वास्तवमै चीनमा नियन्त्रित भइसक्यो, भएको छैन भने यसको परिणाम गम्भीर हुनेछ र महिनौसम्म नियन्त्रित हुनेछैन।

    चिनियाँ अर्थशास्त्रीहरू करीव सहमत भएका छन् कि वर्तमान आपतकालिन स्वास्थ्यले बजार ध्वस्त हुनेछ जुन २००८ को आर्थिक संकट जस्तो वा अझ खराब हुन सक्छ। कोरोनाभाइरसले पहिलो त्रैमासिकमात्र होइन दोस्रो त्रैमासिकलाई पनि असर पुर्‍याउन सक्दछ।

    अमेरिकाको एप्पलको उत्पादन र यसको बिक्री एक तिहाइ भन्दा बढीको चिनियाँ बजारमा निर्भर गर्दछ, र हालैको चिनको संकटको कारणले यसको कारोबारमा गिरावट भएको जानकारीमा आइसकेको छ।

    चीनले हङ्गकङ्‍को बजारलाई १७० विलियन अमेरिकी डलर सहयोग गरिरहेकोछ छ र आवश्यक परे यसले आफ्नो तीन खरब डलरको तिजौरी नै पुरा खोल्न सक्छ। तर सोमबार, सियोलले ३% शेयर बजार गुमायो भने इटालीको मिलान -४% मा खुल्यो र बन्द हुदाँ -६% मा पुग्यो, वॉल स्ट्रीट ३% मा स्थीर रह्यो। यो हप्ता निकै कठीन हुन सक्छ। कोरोनाभाइरस विश्वव्यापी महामारी बन्नु अघि नै विश्वको बजार यस्तो छ भने अमेरिकाले नराम्रो असर भोग्न सक्छ।

    राष्ट्रपति पदको चुनाव हुन करीव ९ महिना बाँकी छ, र रोगको महामारी अन्त्य पछि अर्थव्यवस्था बौरिने आशा गरिएको छ। तर यो पक्कै कडा र कठिनपूर्ण हुनेछ। सन् २००३मा चीनको जीडीपी इटालीको भन्दा सानो थियो; हाल यसको भन्दा चार गुणा बढी छ। त्यतिखेर शत्रु भनेको इस्लामिक आतंकवाद थियो; अहिले एक अर्थमा चीन भएको छ। त्यसबेलाको संकट एक सवारी दुर्घटना जस्तो देखिन्थ्यो; अब यो प्रणालीगत मुद्दा जस्तो देखिन्छ, जुन हरेक १५ बर्ष वा यसैअवधि वरपर दोहोरिने गरेकोछ।

    बतासले विभिन्न कुरा वा चरहरु उडाइरहेकोछ, ती मध्ये एक चर भनेको अमेरिकी बजार भाइरसको व्यापक दुष्परिणामहरूको कारणले क्रयास हुने अनुमान हो। यो चर वा अनुमानका पछि संस्थापन विरोधीहरु लाग्नेछन् र स्याण्डरलाई मत हालेर विजय गराउन सक्नेछन्।

    म्याकगभर्नले मतदाता सर्वेक्षणमा निक्सनलाई कहिल्यै हराएनन्, केही सर्वेक्षणका अनुसार स्यान्डर ट्रम्पभन्दा अगाडि छन्। यसो हुँदा, के ट्रम्प यस आर्थिक संकटको घडीमा पुनः निर्वाचित हुनेछन्?

    स्याण्डरले अमेरिकी संस्थापनालाई पुन: विश्वास दिलाउनु आवश्यक छ कि उनले रूजभेल्टवादी भएर सुधार ल्याउनेछन् न कि लेनिनवादी क्रान्तिकारी बनेर। यसो भएमा, त्यसपछि मात्र उनी अमेरिकी मध्यमवर्गको भाग्य सुधार गर्ने र नयाँ अमेरिकी “साम्राज्य” स्थापना गर्ने अवस्थामा उपस्थित हुन सक्ने सन्देश दिन सक्नेछन्।

    ‘राष्ट्रपति स्याण्डर’ आजका दिनमा आकास कै फल हुन्, तर नपत्याउने गरी महामारी फैलदैंछ र नौ महिना अघि नै आर्थिक परिणामहरू के हुन सक्छन् आकलन गर्न कठीन नै छ।
    फ्रान्सिसको सिसकोद्वारा लिखित फेब्रुअरी २६ २०२०मा एसियन टाइम्समा प्रसारित।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      नेपाल रिडर्स
      मंसिर १०, २०८१

      (पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.