Wednesday, March 3, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

चीनको चासोः साढे ६ महिनामा साढे ६ हजार ताइवानी किन आए नेपाल?

by पत्रपत्रिकाबाट
January 1, 2020
- समाचार
चीनको चासोः साढे ६ महिनामा साढे ६ हजार ताइवानी किन आए नेपाल?
Share on FacebookShare on TwitterEmail

चिनियाँ नागरिकले नै नेपाली भूमीबाट चीनविरुद्ध साइबर अपराध गरिरहेका बेला नेपालमा हजारौंको संख्यामा ताइवानी पनि आउन थालेपछि बेइजिङले काठमाडौंसँग चासो राखेको छ।चीनले आफ्ना विरोधी ठान्ने ताइवानी पछिल्ला ६ महिनामा साढे ६ हजार नेपाल आएको सूचना बेवास्ता नगर्न बेइजिङका अधिकारीले नेपाली पक्षसँग आग्रह गरेसँगै साइबर आक्रमणमा उनीहरुको समेत संलग्नता रहेको आशंका गरिएको छ।

गृहमन्त्रालय स्रोतका अनुसार जुलाई १ देखि डिसेम्बर २५ को अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्दै ६ हजार ६ सय ३६ ताइवानी नागरिक नेपाल प्रवेश गरेका छन्। यीमध्ये चारहजार बढी अझै नेपालमै छन्।चिनियाँ अधिकारीहरुले ६ महिना अघिसम्म प्रत्येक महिना २ सयदेखि ३ सयको हाराहारीमा नेपाल आइरहेका ताइवानी नागरिक सेप्टेम्बरयता हजारको संख्यामा आउनु स्वभाविक नभएको तर्क गृहका उच्च अधिकारीहरुसँग गरेका छन्।

‘ताइवानमा चीनको प्रभाव रोक्न’ भन्दै एक विवादास्पद् कानुन पारित गर्न लागिरहेको घट्नाक्रमसँग समेत जोड्दै चिनियाँ अधिकारीहरुले हुलका हुल ताइवानीको नेपाल भ्रमणलाई ‘योजनावद्ध’ भनी व्याख्या गरेका छन्। ताइवानले सो कानुन मंगलबार पारित गरेको छ।ताइवानमा राष्ट्रपतीय निर्वाचन हुनुभन्दा दुई साताअघि राष्ट्रपति साइ यिङ वेनको पार्टीको समर्थनमा ‘घुसपैठ विरुद्धको विधेयक’ मंगलबार संसदबाट पास भएको हो। विपक्षी पार्टी कोमिन्ताङले यो विधेयकको चर्को विरोध गर्दै आएको थियो।

नयाँ कानुनअनुुसार ‘विदेशी शक्ति’ ले चुनावसम्बन्धी कुनै पनि ‘लविङ’, अभियान, दुष्प्रचार र चन्दा दानजस्ता कार्य गर्न पाउँदैन। यसको उल्लंघन गर्नेलाई ६ वर्षसम्म जेल र ३ लाख ३२ हजार डलरसम्मको जरिवाना गर्ने व्यवस्था गरिएको छ। यो घटनाक्रमलाई समेत चीन विरुद्धको नियोजित आक्रमणका रुपमा चिनियाँ अधिकारीले विश्लेषण गरेका छन्।

नेपाल भ्रमणमा रहेका चीनको गृहमन्त्रालय (मिनिष्ट्री अफ पब्लिक सेक्युरिटी) का निर्देशक वाङवाङ होले उच्चस्तरीय भेटघाटमा ताइवानी नागरिकको नेपालमा बढ्दो चहलपहलमाथि विशेष ख्याल गर्न आग्रह गरेका थिए।‘नेपाली भूमीबाट चीनविरुद्ध चौतर्फी आक्रमणको संकेत पाएका छौं, त्यही विषयमा छलफल गर्न म आफैं यहाँहरु समक्ष उपस्थित भएको छु’, वाङवाङको भनाइ उद्धृत गर्दै गृहमन्त्रालयका एक उच्च् अधिकारीले नेपालखबरसँग भने, ‘तपाईंहरूबाट सहयोगको अपेक्षा राखेको छु।’

निर्देशक वाङवाङले साइबर आक्रमणको यो श्रृंखला कम्बोडिया, भियतनाम, फिलिपिन्स र लाओस हुँदै नेपालबाट समेत सुरु भएकाले ‘यसमा अन्तर्राष्ट्रिय शक्तिको समेत हात हुनसक्ने’ आशंका व्यक्त गरेको ती अधिकारीले बताए।‘वाङवाङको पाँच जनाको टोलीसँग भेटघाट भएको थियो’, ती अधिकारीले भने, ‘नेपाललाई चीनविरोधी गतिविधीमा प्रयोग गर्न ठूलो चलखेल भइरहेकाले सहयोग गर्न उनले हामीसँग आग्रह गरे।’

६ महिनाकै अवधिमा ७६ हजार ८ सय ३८ चिनियाँ नागरिक नेपाल भित्रिएकोमा ५९ हजार हाल नेपालमै रहेको विषयलाई समेत चिनियाँ अधिकारीहरुले गंभिर रुपमा लिएका थिए। यो अवधिमा भियतनामबाट ६ हजार ३ सय २५ र कम्बोडियाबाट ८ सय ६६ जना नेपाल आएको तथ्याङ्क अध्यागमन विभागसँग छ।चीनले यी देशका नागरिक समेत साइबर अपराधको चिनियाँ संगठित गिरोहका साथ रहेको आशंका गरेको छ।

प्रहरीले पुस ७ गते काठमाडौंका नौ घरबाट १ सय २२ जनामात्र नियन्त्रणमा लिएपनि मुख्य आरोपी भागेपछि वाङवाङको टोलीले ‘अप्रेसन फेल’ भएको निस्कर्ष निकाल्दै त्यसको थप विश्लेषण गरिरहेको छ।चिनियाँ दूतावास स्रोतका अनुसार पक्राउ परेका १ सय २२ जना सबै कामदारमात्र हुन्। उनीहरुका साथबाट बरामद १ सय २ थान राहदानीको विवरण अध्यागमन विभागलाई उपलब्ध गराइएको छ। यही आधारमा उनीहरुको विवरण केलाउने काम भइरहेको छ।

वाङवाङको टोलीले फुजियान प्रान्तबाट बारम्बार आउजाउ गर्ने व्यक्तिहरूका विषयमा सतर्क रहन आग्रह गरेपछि अध्यागमन विभागले त्यहाँबाट नेपाल आएका चिनियाँ नागरिकका विषयमा विस्तृत सूचना जुटाउनुका साथै नेपाल प्रवेशकै क्रममा सोधपुछ थालेको छ।

चिनियाँ विशिष्ट सुरक्षा टोलीले गृहका अधिकारीहरुसँग फुजियानको एउटा समूहले चिनियाँ युवाहरुलाई कामदारका रुपमा नेपाल ल्याउने र अपराधमा संलग्न गराउने गरेको जानकारी गराएको थियो।उनीहरुका अनुसार यो समूहले चीनका प्रमुख बैंकहरुको रकम निकाल्ने, अनलाईन जुवा खेलाउने, व्यक्तिगत सूचना चोरेर धम्काउने तथा फिरौती उठाउने र अश्लिल सामाग्री देखाएर रकम लिने गरेको हो।

प्रहरीले काठमाडौं र ललितपुरका ७० बढी घरबाट चिनियाँ नागरिकले चलाइरहेको साइबर अपराधविरुद्ध एकसाथ कारबाहीको सूची बनाए पनि पुस ७ गते जम्मा नौ घरमा छापा मारेको थियो।प्रहरीलाई ४ अर्ब लगानीमा २१ बढी बैधानिक रुपमा खुलेका सफ्टवेयर कम्पनीहरु मार्फत चिनियाँ नागरिकहरुले चीनकै अर्थतन्त्रविरुद्ध साइबर अपराध गरिरहेको जानकारी समेत दिइएको थियो।

गृह मन्त्रालयले प्रहरीले पक्राउ गरेका १ सय २२ जनालाई अध्यागमन कानुन अनुसार चीन फिर्ता गर्ने तयारी थालेको छ। प्रहरी र प्रशासनले दायर गरेको अभद्र ब्यवहारको मुद्दा किनारा लाग्ना साथै उनीहरुलाई अध्यामगन कसुर अनुसार कारबाही गरेर चीन फिर्ता गरिने बताइएको छ।अध्यागमन अधिकारीहरुका अनुसार यसका लागि अनौपचारिक रुपमा एकसय २ वटा पासपोर्ट सहित एकसय २२ जनाकै विवरण उपलब्ध गराइएको छ।

स्रोतका अनुसार अध्यागमन महानिर्देशकले आफ्नो अधिकार प्रयोग गर्दै भिसा रद्द र देश निकालासम्म गर्न पाउँछन्। यही अधिकार प्रयोग गर्दै उनीहरुलाई चीन फिर्ता गर्ने तयारीमा सरकार जुटेको हो। नेपाल खबरडटमबाट साभार ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Connect with us

Recommended

कसरी बनाए महेन्द्रले स्वाधीन र सार्वभौम नेपाल ?

कसरी बनाए महेन्द्रले स्वाधीन र सार्वभौम नेपाल ?

4 years ago
दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला १ (ग्वाटेमाला)

2 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.