Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चीनको चासोः साढे ६ महिनामा साढे ६ हजार ताइवानी किन आए नेपाल?

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
पुस १६, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    चिनियाँ नागरिकले नै नेपाली भूमीबाट चीनविरुद्ध साइबर अपराध गरिरहेका बेला नेपालमा हजारौंको संख्यामा ताइवानी पनि आउन थालेपछि बेइजिङले काठमाडौंसँग चासो राखेको छ।चीनले आफ्ना विरोधी ठान्ने ताइवानी पछिल्ला ६ महिनामा साढे ६ हजार नेपाल आएको सूचना बेवास्ता नगर्न बेइजिङका अधिकारीले नेपाली पक्षसँग आग्रह गरेसँगै साइबर आक्रमणमा उनीहरुको समेत संलग्नता रहेको आशंका गरिएको छ।

    गृहमन्त्रालय स्रोतका अनुसार जुलाई १ देखि डिसेम्बर २५ को अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्दै ६ हजार ६ सय ३६ ताइवानी नागरिक नेपाल प्रवेश गरेका छन्। यीमध्ये चारहजार बढी अझै नेपालमै छन्।चिनियाँ अधिकारीहरुले ६ महिना अघिसम्म प्रत्येक महिना २ सयदेखि ३ सयको हाराहारीमा नेपाल आइरहेका ताइवानी नागरिक सेप्टेम्बरयता हजारको संख्यामा आउनु स्वभाविक नभएको तर्क गृहका उच्च अधिकारीहरुसँग गरेका छन्।

    ‘ताइवानमा चीनको प्रभाव रोक्न’ भन्दै एक विवादास्पद् कानुन पारित गर्न लागिरहेको घट्नाक्रमसँग समेत जोड्दै चिनियाँ अधिकारीहरुले हुलका हुल ताइवानीको नेपाल भ्रमणलाई ‘योजनावद्ध’ भनी व्याख्या गरेका छन्। ताइवानले सो कानुन मंगलबार पारित गरेको छ।ताइवानमा राष्ट्रपतीय निर्वाचन हुनुभन्दा दुई साताअघि राष्ट्रपति साइ यिङ वेनको पार्टीको समर्थनमा ‘घुसपैठ विरुद्धको विधेयक’ मंगलबार संसदबाट पास भएको हो। विपक्षी पार्टी कोमिन्ताङले यो विधेयकको चर्को विरोध गर्दै आएको थियो।

    नयाँ कानुनअनुुसार ‘विदेशी शक्ति’ ले चुनावसम्बन्धी कुनै पनि ‘लविङ’, अभियान, दुष्प्रचार र चन्दा दानजस्ता कार्य गर्न पाउँदैन। यसको उल्लंघन गर्नेलाई ६ वर्षसम्म जेल र ३ लाख ३२ हजार डलरसम्मको जरिवाना गर्ने व्यवस्था गरिएको छ। यो घटनाक्रमलाई समेत चीन विरुद्धको नियोजित आक्रमणका रुपमा चिनियाँ अधिकारीले विश्लेषण गरेका छन्।

    नेपाल भ्रमणमा रहेका चीनको गृहमन्त्रालय (मिनिष्ट्री अफ पब्लिक सेक्युरिटी) का निर्देशक वाङवाङ होले उच्चस्तरीय भेटघाटमा ताइवानी नागरिकको नेपालमा बढ्दो चहलपहलमाथि विशेष ख्याल गर्न आग्रह गरेका थिए।‘नेपाली भूमीबाट चीनविरुद्ध चौतर्फी आक्रमणको संकेत पाएका छौं, त्यही विषयमा छलफल गर्न म आफैं यहाँहरु समक्ष उपस्थित भएको छु’, वाङवाङको भनाइ उद्धृत गर्दै गृहमन्त्रालयका एक उच्च् अधिकारीले नेपालखबरसँग भने, ‘तपाईंहरूबाट सहयोगको अपेक्षा राखेको छु।’

    निर्देशक वाङवाङले साइबर आक्रमणको यो श्रृंखला कम्बोडिया, भियतनाम, फिलिपिन्स र लाओस हुँदै नेपालबाट समेत सुरु भएकाले ‘यसमा अन्तर्राष्ट्रिय शक्तिको समेत हात हुनसक्ने’ आशंका व्यक्त गरेको ती अधिकारीले बताए।‘वाङवाङको पाँच जनाको टोलीसँग भेटघाट भएको थियो’, ती अधिकारीले भने, ‘नेपाललाई चीनविरोधी गतिविधीमा प्रयोग गर्न ठूलो चलखेल भइरहेकाले सहयोग गर्न उनले हामीसँग आग्रह गरे।’

    ६ महिनाकै अवधिमा ७६ हजार ८ सय ३८ चिनियाँ नागरिक नेपाल भित्रिएकोमा ५९ हजार हाल नेपालमै रहेको विषयलाई समेत चिनियाँ अधिकारीहरुले गंभिर रुपमा लिएका थिए। यो अवधिमा भियतनामबाट ६ हजार ३ सय २५ र कम्बोडियाबाट ८ सय ६६ जना नेपाल आएको तथ्याङ्क अध्यागमन विभागसँग छ।चीनले यी देशका नागरिक समेत साइबर अपराधको चिनियाँ संगठित गिरोहका साथ रहेको आशंका गरेको छ।

    प्रहरीले पुस ७ गते काठमाडौंका नौ घरबाट १ सय २२ जनामात्र नियन्त्रणमा लिएपनि मुख्य आरोपी भागेपछि वाङवाङको टोलीले ‘अप्रेसन फेल’ भएको निस्कर्ष निकाल्दै त्यसको थप विश्लेषण गरिरहेको छ।चिनियाँ दूतावास स्रोतका अनुसार पक्राउ परेका १ सय २२ जना सबै कामदारमात्र हुन्। उनीहरुका साथबाट बरामद १ सय २ थान राहदानीको विवरण अध्यागमन विभागलाई उपलब्ध गराइएको छ। यही आधारमा उनीहरुको विवरण केलाउने काम भइरहेको छ।

    वाङवाङको टोलीले फुजियान प्रान्तबाट बारम्बार आउजाउ गर्ने व्यक्तिहरूका विषयमा सतर्क रहन आग्रह गरेपछि अध्यागमन विभागले त्यहाँबाट नेपाल आएका चिनियाँ नागरिकका विषयमा विस्तृत सूचना जुटाउनुका साथै नेपाल प्रवेशकै क्रममा सोधपुछ थालेको छ।

    चिनियाँ विशिष्ट सुरक्षा टोलीले गृहका अधिकारीहरुसँग फुजियानको एउटा समूहले चिनियाँ युवाहरुलाई कामदारका रुपमा नेपाल ल्याउने र अपराधमा संलग्न गराउने गरेको जानकारी गराएको थियो।उनीहरुका अनुसार यो समूहले चीनका प्रमुख बैंकहरुको रकम निकाल्ने, अनलाईन जुवा खेलाउने, व्यक्तिगत सूचना चोरेर धम्काउने तथा फिरौती उठाउने र अश्लिल सामाग्री देखाएर रकम लिने गरेको हो।

    प्रहरीले काठमाडौं र ललितपुरका ७० बढी घरबाट चिनियाँ नागरिकले चलाइरहेको साइबर अपराधविरुद्ध एकसाथ कारबाहीको सूची बनाए पनि पुस ७ गते जम्मा नौ घरमा छापा मारेको थियो।प्रहरीलाई ४ अर्ब लगानीमा २१ बढी बैधानिक रुपमा खुलेका सफ्टवेयर कम्पनीहरु मार्फत चिनियाँ नागरिकहरुले चीनकै अर्थतन्त्रविरुद्ध साइबर अपराध गरिरहेको जानकारी समेत दिइएको थियो।

    गृह मन्त्रालयले प्रहरीले पक्राउ गरेका १ सय २२ जनालाई अध्यागमन कानुन अनुसार चीन फिर्ता गर्ने तयारी थालेको छ। प्रहरी र प्रशासनले दायर गरेको अभद्र ब्यवहारको मुद्दा किनारा लाग्ना साथै उनीहरुलाई अध्यामगन कसुर अनुसार कारबाही गरेर चीन फिर्ता गरिने बताइएको छ।अध्यागमन अधिकारीहरुका अनुसार यसका लागि अनौपचारिक रुपमा एकसय २ वटा पासपोर्ट सहित एकसय २२ जनाकै विवरण उपलब्ध गराइएको छ।

    स्रोतका अनुसार अध्यागमन महानिर्देशकले आफ्नो अधिकार प्रयोग गर्दै भिसा रद्द र देश निकालासम्म गर्न पाउँछन्। यही अधिकार प्रयोग गर्दै उनीहरुलाई चीन फिर्ता गर्ने तयारीमा सरकार जुटेको हो। नेपाल खबरडटमबाट साभार ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.