Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सीमा विवादमा चीनको सुझाव : भारतसँग मैत्रीपूर्ण परामर्श गरेर टुंगो लगाऊ

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
कार्तिक २९, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपाली भूभाग कालापानी क्षेत्र अतिक्रमणबारे अर्को छिमेकी चीनले एक सातापछि मुख खोलेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जेङ सुआङले नियमित पत्रकार भेटघाटमा कालापानी अतिक्रमणबारे सोधिएको जिज्ञासामा भने, ‘कालापानी क्षेत्रबारे नेपाल र भारतले शान्तिपूर्ण वार्ता गरेर समाधान खोज्न आवश्यक छ। ’

    जम्मु–कश्मीर र लद्दाख छुट्याएर केन्द्र शासित प्रान्त बनाएपछि भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्रलाई समेत पारेको थियो। एक साताअघि त्यसबारे समाचार आएपछि भारतको उक्त कदमको चर्को विरोध भइरहेको छ। सरकारले पनि एकपक्षीय नक्सा अस्वीकार्य भएको जानकारी दिइसकेको छ। भारतसँग कसरी प्रस्तुत हुने भन्दै सरकारले राजनीतिक दल, बुद्धिजीवीलगायत सीमा विज्ञसँग छुट्टै छलफल गरेर परिपक्व धारणा बनाएको छ। उक्त क्षेत्र भारतले मिचेको भन्नेमा सबै दल, बुद्धिजीवी एक स्थानमा उभिएर कूटनीतिक पहलबाट समाधान खोज्न सुझाव दिएका थिए।

    काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ता वाङ सिआवो–लङले भने, ‘यो हाम्रो आधिकारिक धारणा हो। कालापानी समस्याको समाधान शान्तिपूर्ण र मित्रवत् वार्ता नै हो। हामी दुवै पक्षलाई त्यसको सफलताका लागि कामना गर्दछौं। ’कालापानी भनेपछि सबै क्षेत्र पर्छ भन्दै उनले यसमा अन्य धारणा आफ्नो नरहेको भन्दै आधिकारिक धारणाबारे आफू परामर्श गर्न तयार रहेको बताए।

    चीनले लिपुलेक र लिम्पियाधुराबारे भने कुनै धारणा राखेको छैन। चीन र भारतले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सहमति गर्दा नेपालले यो त्रिदेशीय विन्दु भएको भन्दै पाँच वर्षअघि नै विरोध गरेको थियो। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले भारत र चीन दुवैसँग असहमति राख्दै कूटनीतिक ‘नोट’ पठाएका थिए।

    त्यही समयमा सीमा अध्ययन गर्ने भन्दै सूर्यनाथ उपाध्यायको संयोजकत्वमा टोली नै गठन गरेर अध्ययन गरिएको थियो। केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा टोलीले प्रतिवेदन तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई बुझाएको थियो। प्रतिवेदनबारे कुनै काम अघि बढेको छैन। टोलीले नेपालको सबै सीमाबारे अध्ययन गरेको थियो भने समाधानका लागि सुझावसमेत दिएको छ।

    चिनियाँ पक्षले नेपाली भूमिमा आफूहरूले अतिक्रमण नगरेको जानकारी दिँदै नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रति सम्मान राख्ने बताएको छ। ‘केही गैरजिम्मेवार सञ्चारमाध्यम र समूहले चीनले पनि नेपाली भूमि अतिक्रमण गरेको समाचार लेखेका छन्,’ प्रवक्ता वाङले भने, ‘यो आरोप आधारहीन छ। सही के र गलत के भन्नेमा भ्रम पार्ने यस्तो प्रचार गरिएको स्पष्ट छ। ’

    भारतले राजनीतिक नक्सा सार्वजनिक गरेको तीन दिनपछि नेपाल सरकारले त्यो भूभाग आफ्नो रहेको र भारतले अतिक्रमण गरेको भनेको थियो। नेपाल सरकारको धारणाको भोलिपल्टै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले त्यो भूभागलाई आफ्नै भएको दाबी गरेका थिए। उनले अतिक्रमित भूभागलाई विवादित भन्दै दुईपक्षीय छलफलबाट समाधान गर्ने बताएका थिए।

    चीनको भनाई:  चीनले नेपालको कुनै क्षेत्र अतिक्रमण गरेको प्रचार गरिनु नेपालको वर्तमान चासोलाई मोड्ने प्रयास

    नेपालले यसलाई अतिक्रमित भूभाग भन्दै चीनसमेत जोडिएपछि उसले आफ्नो धारणा विदेश मन्त्रालयको प्रवक्तामार्फत बाहिर ल्याएको हो। उसले नेपालको कुनै पनि क्षेत्र अतिक्रमण नगरेको जनाएको छ। वर्तमान चासोलाई मोड्ने प्रयासअनुरूप यस्ता समाचार आएको धारणा पनि चीनले व्यक्त गरेको छ। चीन र नेपालले १९६१ मा गरेको सीमा सन्धिका आधारमै सबै सीमा दुरुस्त राखिएको चिनियाँ पक्षको दाबी छ।

    लामो समयदेखि नेपाल र चीन दुवै पक्षले सीमा सुरक्षा र सुख्खा बन्दरगाहसम्बन्धी मामिलामा राम्रो सहकार्य गरेको अवस्थामा यस्ता धारणा आएकोमा त्यसलाई चीनले खण्डन गरेको छ। यसै वर्षको असोजमा राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गरेका थिए। भ्रमणका क्रममा दुवै पक्षले सीमा व्यवस्थापन प्रणालीमा सम्झौतामा हस्ताक्षर गरेर थप सहकार्य र सहमतिको बाटो अघि बढाएको पनि उनको वक्तव्यमा उल्लेख छ।

    चीनप्रति बाह्य शक्तिहरुको धारणाबारे चनाखो रहेको भन्दै बाहिरी हस्तक्षेपबाट जोगिन र साझा विकासलाई बढावा दिन चीनले सिमानाको मामिलामा नेपाली पक्षसँग सहकार्यलाई अझ मजबुत बनाउन लागेको पनि जनाइएको छ। चन्द्रशेखर अधिकारीले अन्नपूर्णपोष्टमा लेखेका छन् ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.