Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
Thursday, May 28, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

किन उस्तै सुनिन्छ चोलेन्द्रशम्सेर र खड्गप्रसादको बोली?

सहयोगीबाट सहयोगीबाट
माघ १५, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटनको सिफारिश र राष्ट्रपति विद्यादेवी भण्डारीले निमेषभरमा गर्नुभएको सदरविरुद्धको १३ वटा मुद्दा यतिखेर सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ । मुद्दाको पक्षमा बहस गरिरहेका कानुन व्यवसायीहरूलाई प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले पहिलो दिनदेखि नै एउटा प्रश्न सोध्दै आउनुभएको छ ‘बहुमतको प्रधानमन्त्रीले किन संसद विघटन गर्न नपाउने ?’

    कानुनवेत्ता तथा राजनीतिक विश्लेषकहरूले प्रधानन्यायाधीशको मुखबाट हरेक दिन र प्रत्येक कानुन व्यवसायीलाई राजनीतिक प्रकृतिको प्रश्न आइरहनुको कारण खोतल्न थालेका छन् । एकातिर प्रधानमन्त्रीले शुरुदेखि नै आफ्नो विशेषाधिकार भएकाले बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्नसक्ने वाक्य दोहोर्याउँदै आउनुभएको छ । त्यहि ट्युनिङ्गसँग मिल्ने गरी सर्वोच्चको इजलासबाट सोधनीलाई सबैले गम्भिरताका साथ लिन थालेको बताइन्छ ।

    उनीहरूको दाबी छ ‘प्रधानमन्त्रीको चाहना र भनाइभन्दा बाहिर गएर दायाँबायाँ तर्क गर्नसक्ने अवस्थामा कोही पनि देखिँदैनन् । सम्भवतः सर्वोच्चका मूली श्रीमानलाई पनि त्यस्तो केही बाध्यता आइपरेको हुनसक्छ । त्यो थाहा नपाउँदासम्म यो क्रम रोकिएला जस्तो देखिएन ।’ बहसमा सहभागी सबै कानुन व्यवसायीले इजलाससामुन्ने प्रमाण,नजिर र संविधानको अक्षर अक्षर वाचन गरेर भनिरहेका छन् ‘यो कुरो हामीले इजलासमा भन्ने होइन श्रीमान,सरकारको विकल्प संसदभित्र खोजिनुपर्छ । प्रधानमन्त्रीले त्यहीँ विश्वासको मत लिनुपर्छ । त्यस्तो अवस्थामा विश्वासको मत प्राप्त भएमा उहाँ बलियो हुनाकोसाथै प्रधानमन्त्री पनि कायम रहनुहुन्छ । अन्यथा, अदालतमा सरकारको विकल्प वा विश्वासको मतको भौतिक प्रयोग हुन सक्दैन ।’

    पुस ५ गते प्रतिनिधिसभा विघटनपूर्व विशेष अधिवेशन आह्वानको माग गर्दैै समावेदनको लागि ८३ जना सांसदको हस्ताक्षरसहितको निवेदन राष्ट्रपतिसमक्ष पुर्याइएकै थियो । त्यो कुरो सबैको सामुन्ने जगजाहेर छ । उता,त्यहि समय संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको कुरा पनि जगजाहेर छ । अहिले कति बजे निवेदन र प्रस्ताव दर्ता गरिएको हो भन्ने गौण विषयलाई अनावश्यक ढंगले हल्ला गर्न थालिएको छ । कानुनतः अविश्वास प्रस्ताव बिहान १० बजे दर्ता गरिनु र दिउँसो ३ बजे गरिनुमा तात्विक असर र प्रभाव हुँदैन भन्ने यसअघि सर्वोच्च अदालतको नजिर कायम छ । तरपनि प्रधानमन्त्रीले एउटा औपचारिक कार्यक्रममा बोल्दै सभामुखले अविश्वास प्रस्ताव दर्तामा किर्ते गरेको समेत भन्न भ्याउनुभएको छ ।

    संसद सचिवालय स्रोतका अनुसार त्यसदिन १० बजे अविश्वास प्रस्ताव लिएर गएको पनि सत्य हो त्यसैगरी पुनः ३ बजे दर्ता भएको समेत सत्य हो । पछिल्लो समयमा उपाध्यक्ष वामदेव गौतमले त्यहि कुरो दोहोर्याइ रहनुभएको छ ‘मलाई झुक्याएर अविश्वास प्रस्ताव दर्ता गरियो ।’ त्यसबाट पनि अविश्वास प्रस्ताव कार्यालय समय खुल्ला हुँदा नहुँदै दर्ता भएको पुष्टि हुन्छ ।

    अर्कोतर्फ पुस ५ गते बिहान १० बजेपछि सभामुख अग्निप्रसाद सापकोटाले अविश्वास प्रस्तावको निवेदनमा समय जनाएर तोक लगाउँदै ‘दर्ता’ गर्न आदेश दिनुभएको देखिन्छ । त्यसपछि संसद सचिवालयका कर्मचारीले उक्त मामिलाको निवेदन कार्यव्यवस्था शाखामा दर्ता हुनुपर्ने बताएपछि कार्यव्यवस्था शाखाको कर्मचारीलाई बोलाएर दिउँसो ३ बजे दर्ता गरिएको थियो । स्रोत भन्छ ‘१० बजे पनि दर्ता भएको हो,३ बजे पनि दर्ता भएको हो । जति बजे दर्ता भएपनि संसद विघटन नहुँदै दर्ता भएको हो ।’ किनभने संसद विघटनको सूचना संसद सचिवालयमा साँझ सवा ५ बजे मात्रै पुगेको थियो । त्यतिमात्र होइन, विघटनको सूचना नेपाल राजपत्रमा १ महिनाभन्दा ढिलो समयपछि मात्र प्रकाशित गरिएको छ । सरकारी सूचनाको औपचारिकता राजपत्रमा प्रकाशित मितिलाई मात्र मान्ने कानुनी प्रचलन छ ।

    तरपनि राष्ट्रपति कार्यालयबाट संसद सचिवालयलाई त्यससम्बन्धी जानकारी सवा ५ बजे गराएको देखिन आउँछ । संसदले त्यतिबेला मात्र संसद विघटनको कुरो औपचारिक रुपमा थाहा पाएको कानुनतः पुष्टि हुन्छ । यी सबै घटनाक्रमले विघटन अगावै अविश्वासको प्रस्ताव प्रतिनिधि सभामा दर्ता भएको कुरो जगजाहेर भएको नेकपा (बहुमत) का एकजना नेता बताउनुहुन्छ । दिउँसो ३ बजे भएपनि,बिहान १० बजे भएपनि विघटन अघि नै भएको हो । त्यसले मुद्दाको कानुनी हैसियतमा कुनै तात्विक असर नगर्ने उहाँको दाबी छ ।

    तर, ती सबै घटनाक्रम र यथार्थ छ्याङ्ग हुँदाहुँदै पनि चोलेन्द्र श्रीमानको मस्तिष्कमा त्यहि बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न किन नपाउने भन्ने प्रश्नले मात्रै घर गरेको देखिन आएको नेपाल बारका एकजना पदाधिकारीले बताए । गैरसंवैधानिक तवरले गरिएको संसद विघटनको विरुद्ध मुख्य राजनीतिक दल,मूलधारका सञ्चारमाध्यम,नागरिक समाज, सर्वसाधारण सबै एकातर्फ देखिएका छन् । सारा दुनियाँ विघटनको विपक्षमा बसेको छ । तर,प्रधानमन्त्री ओली र चोलेन्द्र श्रीमानको भाषा मात्रै एउटै सुनिएको छ ।

    -जनआस्था, तस्वीर स्रोत : कान्तिपुर

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.