कमलपोखरीबाट बालुवाटारतर्फ जाँदै गरेको नागरिक आन्दोलनमाथि प्रहरीले निर्मम दमन गर्दा केही घाइते बन्न पुगेका छन् भने २ दर्जजति प्रदर्शनकारी घाइते बन्न पुगेका छन्। भाटभटेनी अगाडिको पिपलको फेदमा सभा सकेर प्रहरीको घेरा तोड्दै प्रदर्शनकारीहरू बालुवाटारतर्फ छिर्न खोजेपछि प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेको थियो । प्रहरीले लाठी प्रहारका साथै पानीको फोहरा प्रयोग गरेको थियो ।
घाइतेहरुको त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, मोडल अस्पतालमा र हिमाल अस्पतालमा उपचार भइरहेको छ ।
(तस्वीरहरुः महेश पाण्डेय/नेपाल रिडर्स)