मॉस्को – जलवायू परिवर्तन बिस्तारै पृथ्वीमा जीवनको लागि खतरा बन्दैछ, तर केही अखबारले जलवायू संकट रूसका लागि सुनौलो अवसर हुनसक्ने बताएकाछन्। इजरायली अखबार हार्रेत्जले हालसालै एउटा लेख प्रकाशित गरेको छ। त्यसमा भनिएको छ कि जलवायू परिवर्तनले रुसलाई अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो स्थिति सुदृढ पार्न अमूल्य अवसरहरूको ढोका खुल्नेछ।
एक प्रकाशन गृहका लेखक जोनाथन जेकबसन भन्छन् – स्लाभिक देशहरुको भौगोलिक स्थान अनुकूल छ। भूगर्भशास्त्रीहरूले १० बर्ष अघि पत्ता लगाएका छन् कि विश्वको ३० प्रतिशत महत्वपूर्ण प्राकृतिक ग्यास भण्डार र विश्वको १३ प्रतिशत तेल भण्डार उत्तरी गोलार्धको ध्रुवीय क्षेत्रको हिमक्षेत्रभित्र छन्।
स्रोतहरूमा पहुँच बढ्दै
तथ्य यो हो कि आर्कटिकमा बारैमहिना बरफ पग्लिरहेकाले, यी स्रोतहरू रुस लगायतका लागि बढी पहुँचयोग्य भइरहेका छन्।झन् त्यसमाथि, जलवायु परिवर्तनले आर्कटिक महासागरमा व्यापारिक मार्गहरू बन्नेमा आशा बढ्दैछ। उक्त पत्रकारले औल्याए कि उत्तर र बाल्टिक समुद्रमा बन्दरगाह भएका देशहरूले बढी फाइदा पाउने छन् – जसको कारण सोभियत रुसले बढी फाइदा लिनसक्नेछ।
यो अनुमान गरिएको छ कि यदि आर्कटिक समुद्री बाटोहरू बर्ष भर सञ्चालनमा आए, सुएज नहरबाट पार गरी हुने दुई तिहाई व्यापार यी नयाँ मार्गहरूमा सर्नेछ।जेकबसन भविष्यवाणी गर्छन्- मस्कोले विश्वव्यापी व्यापारको नक्सा परिवर्तन गर्न सक्नेछ, हालसम्म यसको समुद्री मार्गको भविष्य लामो समयदेखि अमेरिकाले नेतृत्व गरेको पश्चिमले तोकेको छ।
उनी भन्छन् – कृषियोग्य भूमि उपलब्ध हुने कारणले कृषि उत्पादनमा बृद्धि हुने हुनाले ग्लोबल वार्मिंगबाट समेत देशले फाइदा लिन सक्छ।यसैबीच, रूसको चुभास रिपब्लिकका कलेजका विद्यार्थीहरूले आर्कटिक क्षेत्रमा नयाँ टापु फेला पारे। यो टापु जलवायु परिवर्तनको परिणामको रूपमा देखा परेको हो।
मस्को हवाइ उड्डयन संस्थान (एमएआई) का स्नातकहरूले समन्वय गरेको रूसी गणतन्त्र चुवाचियाका उच्च माध्यमिक विद्यार्थीहरूले आर्कटिक क्षेत्रमा एउटा नयाँ टापु पहिचान गरेको कुरालाई एमएआईका प्रवक्ताले पुष्टि गरेका छन्।”नयाँ टापुको क्षेत्र करिब ११० हेक्टर छ, र यसको आकार १.९ किलोमिटर लम्बाई र १ किलोमिटर चौडा छ,” भलादरेस टापु, पारानाको भन्दा केही सानो छ।
“भौगोलिक खोज रूसी रक्षा मन्त्रालयले आधिकारिक रूपमा मान्यता पाएपछि टोपोग्राफिक सूचना संकलन गर्न, यस क्षेत्रलाई विस्तृत रूपमा वर्णन गर्न र तस्वीर खिच्न सो टापुमा एउटा अन्वेषण दल पठाइएको थियो,” एमएआईका प्रवक्ताले भने।आर्कटिक महासागरमा कारा सागर एक्वीफर क्षेत्रको नक्शा र उपग्रह इमेजरीको विश्लेषण गर्दा विद्यार्थीहरूले टिप्पणी गरे कि जिम्ल्यान्हो केप स्मिट टापुबाट अलग्गै भएको देखियो। www.fort-russ.com बाट