Date
बुध, जेष्ठ ६, २०८३
Wed, May 20, 2026
Wednesday, May 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भाष्यः जसले तपाईंलाई पछुवा बनाउँछ

"बनाऔं राष्ट्र- पुनः महान" "हाम्रो मुलुक महान हो" या "हाम्रो मुलुक महान थियो"। हाल यस्तो भाष्य अमेरिका, युरोप वा अफ्रिका वा एशियामा प्रचलित छन् र आ-आफ्ना स्वार्थअनुरुप प्रचारमा छन्।

nepal_readers nepal_readers
भदौ २९, २०७९
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    भाष्यहरु कुनै चिजलाई कसरी हेर्ने एउटा जड–दृष्टिकोण हो। भाष्य आफैं निर्माण हुनसक्छन् तर कैयनलाई नियतका साथ निर्माण गरिन्छन्, व्यापक गराइन्छन् र लोकप्रिय बनाइन्छन्। भाष्यहरुको प्रयोग या दुरुपयोग ऐतिहासिक सूचना तथा तथ्यहरु, वर्तमानका सूचना तथा जानकारीहरु, तपाईं–हाम्रा भावनाहरु, आदर्श परिदृश्यहरु, तपाईं–हामीसँग नभएका सूचना तथा जानकारीहरुका आधारमा टेकेर प्रयोग गरिन्छ। यसको मनशाय आफ्नो व्यवशाय र कर्मलाई विस्तार गर्नका लागि पछुवा वा समर्थक तयार गर्नु रहेको हुन्छ।   

    भाष्य जडदृष्टिकोण हो– यसमा कुनै पनि सङ्गति हुँदैन। जस्तै

    • यसले सधैं ऐतिहासिक सूचना तथा तथ्यलाई तरोडमरोड गर्छ। यसले कुनै तथ्य वा सूचनालाई प्रयोग गरिहाल्यो भनेपनि उसका तर्कहरुलाई सहयोग पुग्नेलाई मात्र स्वीकार गर्छ र उसका तर्कहरुसँग बाझिने सूचना कि लुकाउँछ वा कि निन्दा गर्छ।
    • यसले वर्तमान सूचना तथा तथ्यहरुलाई तरोडमरोड गर्छ। सूचनाको वैधताका प्रमाणहरुलाई बदनाम गर्न र खारेज गर्न अनेकन सिध्दान्तहरु कथ्ने गर्छ।
    • यसले जनसमूहको भावनालाई गर्नुसम्म प्रयोग वा दुरुपयोग गर्छ जस्तै कहिले यसले संदेहवादको या कहिले आस्थाको आड लिन्छ ।
    • यसले आदर्श वा रामराज्यको परिदृश्य देखाउँछ जसले तपाईं–हाम्रो संदेहवादलाई भजाउँछ। यसले कहिले स्वर्ग देखाइदिन्छ कहिले बलवान तस्वीर देखाउँछ।
    • यसले तपाईं–हामीमा रहेको सूचना तथा जानकारीको कमी र सूचना तथा तथ्य बटुल्ने हाम्रो अल्छिपनलाई भजाउँछ या दुरुपयोग गर्छ।
    • अन्तमा वाकचातुर्यता भएको पात्रलाई प्रवक्ताको रुपमा अघि सार्छ। त्यो प्रवक्ता हाम्रो अघि सर्वज्ञानी जस्तो भएर तयारीका साथ मञ्चमा मात्र देखा पर्छ।

    हाल कैयन भाष्यहरु सर्वत्र सुनिएका छन् तर हामीहरु केही मात्रको पछुवा भएका छौं। भाष्यहरु विकसित राष्ट्र र विकासोन्मुख राष्ट्रमा फरक –फरक सुनिन्छन्। तर अन्तर्य र अर्थ समान छन्। जस्तै “बनाऔं राष्ट्र-पुनः महान” “हाम्रो मुलुक महान हो” या “हाम्रो मुलुक महान थियो”। हाल यस्तो भाष्य अमेरिका, युरोप वा अफ्रिका वा एशियामा प्रचलित छन् र आआफ्ना स्वार्थअनुरुप प्रचारमा छन्। यसैगरी “त्यो मुलुक हाम्रो शत्रु हो”, “त्यो जात चोर हो”, “त्यो जात ठग हो”, “त्यो धर्मावलम्वी आतङ्कवादी हो”, “हाम्रो संस्कृति संकटमा छ” “त्यो जात राष्ट्रघाति हो”  आदि।

    भाष्यहरु एक कथनका रुपमा मात्र प्रचारित भएका हुँदैनन्। यसलाई विभिन्न ढाँचामा वा वाक्यमा प्रचार या स्थापित गरिएका हुन्छन्। जस्तै उदाहरणका लागि लिनुहोस्: “हाम्रो राष्ट्र महान हो” भन्ने भाष्यलाई स्थापित गराउन अनेकन कदमहरु चालिन्छन्।

    • हाम्रो राष्ट्र सबैभन्दा महान थियो
    • हाम्रो राष्ट्र अब महान रहेन
    • के तपाईं राष्ट्र र जनता फेरि उठोस् भन्ने चाहनुहुन्न
    • यदि हामीले यो वा त्यो गर्‍यौं भने हामी उठ्नेछौं र समृद्ध हुनेछौं। जस्तै यो व्यक्तिलाई जिताउनु होस् या हराउनु होस्। युवालाई नरोक– वृद्ध बाटो छोड।
    • हामीलाई वर्तमान अवस्थामा पुर्‍याउन यी जिम्मेवार छन्– जस्तै, राजनीतिक दलहरू या त्यसका बृध्द नेताहरु, खसआर्यहरु, भारत, आदि।

    यी कुराहरु प्रचार गर्न राजनीतिज्ञ, समाचार एङ्कर, सेलिब्रेटी, वकिल, सामाजिक सञ्जालका व्यक्तित्वहरूलाई प्रवक्ताको रूपमा प्रयोग गरिन्छ।

    यसरी प्रसारित भाष्यहरूलाई पत्याइहाल्ने हो भने तपाईंहामी पछुवा बन्छौं कहिल्यैपनि चिन्तक वा अगुवा बन्न सक्दैनौं। भाष्यहरु दक्षिणपन्थी या वामपन्थी दुवै पक्षले बनाएका हुन सक्छन्। जसले बनाएका भएपनि तिनीहरूले प्रसारका लागि एउटै ढाँचालाई प्रयोग गर्छन्। हामीले थाहा पाउनु पर्ने कुरा के हो भने जसले गरेका भएपनि तथ्य र तार्किक तर्क छैन भने ती बकवास हुन्। यदि तपाइँहामीले तर्क र सामान्य ज्ञानलाई प्रयोग गर्‍यौं भने निर्मित भाष्यहरुका पछुवा हुदैनौं।

    एक क्षण सोचौं– हामीहरु आजकाल के के भाष्यहरुका पछाडि कुदिरहेका छौं। हामी पछुवा होइन अगुवा बनौं।

    सन्दर्भ सामग्री स्रोत – श्वेताभ गनग्वारद्वारा लिखित The Rudest book ever ।

     

     

     

     

     

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.