पुराना कम्युनिस्ट नेता बरमन बुढाको निधन भएको छ।
रोल्पाको थबाङ घर भएका बुढाको ललितपुरस्थित पाटन अस्पतालमा उपचारको क्रममा बुधबार बिहान साढे ४ बजे ९० वर्षको उमेरमा निधन भएको हो ।आन्द्राको क्यान्सर पीडित बुढाको एक वर्षदेखि उपचार हुँदै आएको थियो।
२०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट नौजना सांसदमा विजयी भएका थिए। तीमध्ये बरमन बुढा रोल्पा क्षेत्र नम्बर १ का विजयी भएका थिए। उनी तत्कालीन नेकपा (माओवादी)को जनयुद्धमा समेत होमिएका थिए।
नेपाल रिडर्स परिवार हार्दिक श्रध्दाञ्जलि व्यक्त गर्दछ।