Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ओलीसँग नारिएका पूर्व-माओवादीहरू ‘यता जाउँ न उता’को अवस्थामा

सहयोगीबाट सहयोगीबाट
माघ ३०, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    माघ २८ गते काठमाडौंको भृकुटीमण्डपमा भएको विरोधसभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली समूहतिर रहेका दर्जनौं नेताहरू आफ्नो समूहमा फर्किनका लागि वार्तामा रहेको र तीमध्ये दुई जना त मन्त्री नै रहेको खुलाए। प्रचण्डको यो भनाइले भृकुटीमण्डपमा त धेरैको ताली पायो नै यसले प्रधानमन्त्री केपी शर्मा ओलीको टिममा पनि हलचल ल्याएको छ, जसले गर्दा बिहीबार उर्जामन्त्री टोपबहादुर रायमाझी विज्ञप्ती नै निकालेर स्पष्टिकरण दिन बाध्य भए।

    हुन त मन्त्री रहेका पूर्वएमालेकै नेताहरू पनि ओली पक्षबाट प्रचण्ड–माधव नेपाल खेमातिर नसर्लान भन्न सकिन्न। अहिले त प्रचण्डले दाबी गरे झैं मत्री बनेका को को पूर्वमाओवादी नेता फर्किने तर्खरमा छन् भन्ने पनि स्पष्ट खुलिसकेको छैन। तर प्रधानमन्त्री ओलीको साथ लागेर मन्त्री बनेका पूर्वमाओवादी नेताहरुमा चरम निराशा पैदा भएको तिनका निकटस्थहरुले बताएका छन्। मन्त्रालयका हरेक निर्णयमा प्रधानमन्त्रीले हस्तक्षेप गरेको तथा आफूले सिफारिस गरेका एक जनालाई पनि कतै नियुक्ति गराउन नसकेको भन्दै उनीहरु निराश भएका हुन्।

    पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल खेमा छाडेर ओलीतिर लागेका गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट र उर्जामन्त्री टोपबहादुर रायमाझीले अहिले पछुतो मान्न थालेको उनीहरुसँग निरन्तर सम्पर्कमा रहेका नेताहरुले बताए। खानेपानीमन्त्री मणि थापा, सहरी विकासमन्त्री प्रभु साह, युवा तथा खेलकुदमन्त्री दावा तामाङ, श्रममन्त्री गौरीशंकर चौधरी पनि पूर्व माओवादी हुन्।

    विभिन्न निकायमा नियुक्ति, मन्त्रालयका निर्णयलगायत विषयमा यी मन्त्रीहरुलाई कार्यकर्ताको ठूलो दबाब छ। तर, उनीहरु आफैँले कुनै पनि निर्णय गर्न सक्ने स्थिति छैन। त्यसैले कार्यकर्ताको दबाब थेग्न उनीहरुलाई गाह्रो परेको छ। हालै सरकारले भूमि समस्या समाधान आयोगमा नियुक्ति ग¥यो। उद्योगमन्त्री भट्टले आयोगमा सुदूरपश्चिमका केही व्यक्तिलाई नियुक्त गराउन खोजेका थिए। तर, उनले सिफारिस गरेका व्यक्तिहरु एक जना पनि नियुक्त भएनन्।

    भट्टले कैलाली र कञ्चनपुरबाट आयोगको अध्यक्ष बनाउन सिफारिस गरेका व्यक्ति नियुक्त नभएको भन्दै बलबहादुर महतराले केही दिनअघि भट्टको साथ छाडेका छन्। ‘लेखराज भट्ट सर निकै निराश हुनुहुन्छ,’ उनलाई भेटेका एक नेताले नेपालखबरसँग भने, ‘उहाँले पार्टीको केन्द्रीय समितिमा मागेजति नपाएको र भूमि समस्या आयोगमा पनि आफूले भनेका नेताहरु नपरेको गुनासो गर्नुभयो।’

    उनका अनुसार भट्टले प्रचण्ड–नेपालतिर फर्किने बाटो बन्द भइसकेकाले ओलीलाई सहन नसके घरैमा बस्ने भन्दै निराशा व्यक्त गरेका थिए। ‘मेरो त उता (प्रचण्ड–नेपालतिर) फर्किने बाटो छैन, सम्भव पनि छैन। यहाँको अवस्था केही समय हेरौँ। साह्रै भएन भने या त मोर्चा बदल्छु। त्यो पनि नसके घरै बस्छु,’ भट्टको भनाइ उधृत गर्दै ती नेताले भने।

    ओली पक्षसँग टिक्न नसकिने र प्रचण्ड–नेपाल समूहमा पनि फर्किन नसक्ने अवस्थामा अन्य विकल्पबारे पनि भट्टले छलफल थालेका छन्। त्यही क्रममा भट्टले जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग विभिन्न माध्यमबाट कुराकानी गरेका छन्। दुवै नेताका निकट स्रोतले कुराकानी भएको स्वीकार गरे।

    तर, पार्टीको गतिरोधको विषयमा नभई पूर्व सहयोद्धाका हिसाबले परामर्श गरिएको ती स्रोतहरुको दाबी छ। तर, भट्टका स्वकीय सचिव हितेश ओझाले भने प्रधानमन्त्रीसँगको समन्वयमा उद्योगमन्त्रीले राम्ररी काम गरिरहेको दाबी गरे।

    पुस ५ गते ओलीले प्रतिनिधि सभा विघटन गरेपछि भट्ट उनीतिर खुलेका हुन्। त्यस्तै, गृहमन्त्री रामबहादुर थापा पनि अहिले ओलीसँग असन्तुष्ट छन्।

    उनको असन्तुष्टिको कारण हो– जनवर्गीय संगठनमा ओलीको एकलौटी। जसका कारण थापानिकट युवाहरुले राष्ट्रिय युवा संघको दोस्रो केन्द्रीय समिति बैठक नै बहिष्कार गरे। बहिष्कारबीच युवा संघमा नेतृत्व चयन गरिएपछि थापा असन्तुष्ट बनेको युवा संघका नेता विरु तामाङले बताए।

    ‘युवा संघमा देखिएको अन्तरविरोध हल गर्छौँ भनेर प्रधानमन्त्रीले भन्नुभएको छ,’ थापाको भनाइ उधृत गर्दै तामाङले नेपालखबरसँग भने, ‘यो निर्णयलाई पार्टीले मान्यता दिँदैन, अवैधानिक छ। फागुन २ गते स्थायी समिति बैठक बसेर यी सबै विवाद हल गर्छौँ।’

    थापाले यो विषयलाई ओली, महासचिव विष्णु पौडेल र जनवर्गीय संगठनका प्रमुख टोपबहादुर रायमाझीलाई समेत जानकारी गराएका थिए। युवाहरुले २ गते पनि विवाद समाधान नभए विद्रोह गर्ने चेतावनी दिएपछि थापा दबाबमा छन्।

    उर्जामन्त्री रायमाझीले पनि निकटस्थहरुसँग ओलीप्रतिको असन्तुष्टि पोख्न थालेका छन्। ठूला कार्यक्रमहरु आयोजना गर्दा आफूसँग परामर्श नगरिएको, मञ्चमा स्थान नदिइएको भन्दै उनले गुनासो गरेका हुन्।

    जनवर्गीय संगठनहरुको प्रमुख हुन् रायमाझी। तर, उनीसँग कसैले एक वचन पनि नसोधी युवा संघको भेला आयोजना गरेर नेतृत्व चयन गरियो। असन्तुष्ट युवाहरु रायमाझीलाई गुहार्न पुगेका थिए। त्यसबेला पनि उनले लाचारी प्रकट गरेका थिए।

    ‘ओली समूहभित्र पनि साथीहरुको खिचातानी रहेछ, गुट, उपगुट रहेछन्। प्रधानमन्त्रीले भनेमात्र मिल्ने नत्र नमिलाउने रहेछन्,’ रायमाझीले युवाहरुसँग भनेका थिए। पछिल्ला दिनमा रायमाझी पनि जसपाका डा. भट्टराईसँग संवादमा छन्। माओवादीमा रहँदा लामो समय भट्टराईकै गुटमा थिए रायमाझी। पछिल्लो समय प्रचण्डलाई छाडेर ओलीतिर लागेका उनी प्रचण्ड र भट्टराईसँग पनि निरन्तर सम्पर्कमा रहेको स्रोतहरूको भनाइ छ।

    ‘भट्टराई र रायमाझी लामो समय एउटै पार्टी र विचार समूहमा हुनुहुन्थ्यो, जसले गर्दा उहाँहरुबीचको व्यक्तिगत निकटता कायमै छ,’ रायमाझी निकट एक नेताले भने, ‘त्यसले गर्दा उहाँहरुबीच अहिलेपनि कुराकानी भइरहन्छ, जुन स्वभाविक हो।’

    २८ गतेको सभामा प्रचण्डले ओली पक्षमा लागेका दुई मन्त्री फिर्ता हुन खोजिरहेको अभिव्यक्ति दिएका थिए। लगत्तै असन्तुष्ट मन्त्रीहरुबारे विभिन्न अड्कलबाजी चल्न थाल्यो। त्यसैले बिहीबार रायमाझीको सचिवालयले एक विज्ञप्ति जारी गर्दै उनी ओलीकै पक्षमा रहेको स्पष्ट पारेको छ।-नेपालखबर

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.