काठमाडौं :संसद विघटनका बारेमा आज पनि सवोच्च अदालतमा बहस जारी छ । आजको इजलासमा बोल्दै अधिवक्ता गोपालदत्त पाण्डेले सनकको भरमा प्रधानमन्त्रीले पार्टीको घर झगडालाई आधार बनाएर संसदको हत्या गरेको भन्दै त्यसो गर्न नपाइने बताएका छन् । आजको बहसको सुरुवात गर्दै पाण्डेले त्यस्तो बताएका हुन् ।
। बहसका क्रमममा पाण्डेले ओलीले प्रतिनिधिसभा विघटन गर्नुलाई ‘डन प्रवृतिजस्तो भएको’ भनेपछि न्यायाधीश अनिल सिन्हाले उनलाई रोकेका थिए । सिन्हाले पाण्डेलाई भने, ‘त्यस्तो उदाहरण नदिनुस्’ भन्दै रोकेका थिए। अधिवक्ता पाण्डेले संसद विघटन सिफारिस बदर भएमा के हुन्छ भन्नेबारे अनावश्यक चिन्ता नलिनसमेत सुझाव दिए । ‘प्रधानमन्त्री उहाँ नै रहनुहुन्छ। संसद अगाडि बढ्छ। संविधान जिवित रहन्छ,’ पाण्डेले भने। संसद पुर्नस्थापना भएपछि अविश्वास प्रस्ताव आउने नआउने कुरा अदालतको सरोकारको विषय नभएको उनको तर्क छ।