चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का शीर्ष नेताहरूले सीपीसी केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा पारित मस्यौदामा देशका गैर-कम्युनिष्ट राजनीतिक दलहरूसँग परामर्श गरेका छन्। उक्त पूर्ण बैठक गत बिहिबार समापन भएको थियो।
सेप्टेम्बर २५ को समापन समारोहको सभापतित्व गर्दै चिनियाँ राष्ट्रपति तथा सीपीसी केन्द्रीय समितिका महासचिव सी चिनपिङ्गले सार मन्तव्य समेत दिएका थिए। उक्त समयमा सीले चिनियाँ विशेषतासहित समाजवादको प्रणालीलाई उच्च स्तरमा राख्न र चीनको प्रणालीको आधुनिकीकरण र शासनको क्षमतालाई अगाडि बढाउन जोड दिए।
उनले भने, ‘अन्य सबै राजनीतिक दलहरू, पार्टीसँग सम्बद्धता नभएका व्यक्तिहरूले मुलुकको स्वाभिमान र हालको प्रक्रियामा ठूलो भूमिका खेल्नुपर्दछ,’।सेप्टेम्बर २५ मा आयोजित गरिएको परामर्श गोष्ठीको निष्कर्ष नोभेम्बर १ मा सार्वजनिक गरिएको थियो।
उक्त परामर्श गोष्ठिमा चिनियाँ कोमिन्ताङ्गको क्रान्तिकारी समिति, चाइना डेमोक्र्याटिक लीग र चाइना डेमोक्र्याटिक नेश्नल कन्स्ट्रक्शन एसोसिएस समेत गरी ९ वटा गैर कम्युनिष्ट पार्टीका नेताहरूले सहभागी थिए। उनीहरूले सीपीसीले मस्यौदा तयार पारेको दस्तावेजको समर्थन, चिनियाँ विशेषतासहित समाजवादको व्यवस्थालाई समर्थन गर्ने र शासनको आधुनिकीकरणलाई अगाडि बढाउनुपर्ने कुरामा सहमति जनाउँदै उनीहरूले कानूनको शासन, टेक्नोलोजी इनोभेसन र निजी अर्थव्यवस्था सम्बन्धी सुझाव पनि दिएका थिए।