नेपालमा हिजो एकै दिन ८३ जनामा कोरोना संक्रमण पृष्टि भएको छ। २४ घण्टामै यति ठूलो संख्यामा संक्रमित देखिएको पहिलो पटक हो ।योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमित २१७ पुगेका छन्।
हालसम्म पर्सामा ८२, उदयपुरमा ३२, कपिलवस्तुमा २९, बाँकेमा २४, रुपन्देहीमा १६, काठमाडौंमा ६, कैलालीमा ४, रौतहट र बारामा ३र३ तथा बागलुङ, चितवन, झापा, सर्लाही, महोत्तरी, धनुषा र भक्तपुरमा दुई दुई जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सप्तरी, बर्दिया र कञ्चनपुरमा एक एक जनामा संक्रमण पुष्टि भएको छ ।तीमध्ये ३४ जना उपचार गरी घर फर्किएको स्वास्थ्य मन्त्रालयले छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेट अनुसार भक्तपुर २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। यस्तै काठमाडौंमा ३३ वर्षीया महिलाको रिपोर्ट पनि पोजेटिभ आएको छ । पछिल्लो समय काठमाडौमा कोरोना पुष्टि भएकी महिला चन्द्रगिरी नगरपालिका मच्चेगाउँ निवासी भएको खुलेको छ । उनी केही अघिमात्र कंचनपुरवाट काठमाडौं भित्रिएकी थिईन् । यस्तै भक्तपुरका दुई जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको छ ।
भक्तपुरमा फेला परेका संक्रमित पनि तराइबाट काठमाडौ आएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा समिर अधिकारीले बताएका छन् । तीनै जनाको स्वास्थ्य अबस्था समान्य रहेको छ ।यता पछिल्लो ५ दिनमै नाकाबाट राजधानी उपत्यकामा २५ हजार जना भित्रिएका छन् ।