शुक्रराज ट्रपिक तथा सरूवा रोग अस्पतालमा २७ दिनसम्म उपचार गरी पूर्ण रूपमा स्वस्थ भएर प्रसिद्धि श्रेष्ठ शनिबार घर फर्किएकी छिन्।फ्रान्सबाट आएकी १९ वर्षीया श्रेष्ठ शनिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन्।
उनी फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन्। उनी गत चैत ४ गते नेपाल आएकी थिइन्। नेपाल आएपछि गरीएको परीक्षणमा उनमा कोरोना भाइरसको संक्रमण देखिएको थियो।त्यसपछि उनलाई चैत ९ गते अस्पताल भर्ना गरिएको थियो।
अस्पतालबाट उनलाई आज डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका प्रेस विज्ञ माधव तिवारीले बताए।टेकु अस्पतालका निर्देशक डा सागर राज भण्डारीले प्रिलाष्ट परीक्षणमा दुई पटक कोभिड – १९ नेगिटिभ आएपछि डिस्चार्ज गरिएको बताए।
‘डिस्चार्ज गर्नु अघि दुई पटक परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउनुपर्छ। पहिलो परीक्षण पनि नेगिटिभ आएको थियो’ उनले भने।नेपालमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ३० पुगेको छ। पहिलो संक्रमित व्यक्ति निको भइसकेका छन्।