काठमाडौंमा कोभिड-१९ संक्रमित एक जना विरामी फेला परेको जानकारी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले एक पत्रकार भेलामा बताएका छन्।
यस जानकारीबाट नेपालमा कोभिड- १९ का ० संख्या सतहमा देखिएको छ। संक्रमणको ० संख्या देखिनुले संक्रमणका स्रोत नेपालमा रहको पुष्टी हुनु हो- विज्ञ बताउँछन्। यसर्थ अब सरकारले आफ्नो सर्भिलेन्स सेनालाई ० संख्याको विस्तारको अवस्था पहिचान गर्न तीव्र दिनु पर्ने भएको छ।
यसै विच संम्भावित संक्रमितको पहिचान र नवप्रवेशीलाई कडा क्वारेन्टीनको व्यवस्था गर्न नसके अब महामारीले गम्भीर मोड लिन सक्ने आकलन गरिएकोछ।
यही चैत्र ४ गते फ्रान्समा अध्ययन गर्दै गरेकी एक छात्रा दोहा हुँदै नेपालमा हवाइ मार्गबाट काठमाडौं भित्रिएकी थिइन्। त्यसबेला उनीमा कोरोनाको कुनै लक्षण देखिएको थिएन र होम क्वारेन्टाइनमा बसेका थिइन्। तर हिजो चैत्र ९ गते परीक्षणका क्रममा उनलाई कोभिड- १९ भएको पुष्टि भएका जानकारी मन्त्रि ढकालले दिएका छन्। अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचार भइरहेको छ ।
१९ वर्षीय छात्रा काठमाडौं प्रवेश भएपछि स्वेच्छिक क्वारेन्टिनमा रहेकी थिइन् । त्यसो हुँदा उनीबाट यदि लापरवाही भएको भए घरपिरवारमा प्रसारण हुनसक्ने अवस्था भएपनि अन्यमा सर्ने सम्भावना देखिन्छ। यसर्थ ती सबैको परिक्षण गर्नपर्ने विज्ञ सुझाउँछन्।
यसरी नै संक्रमितले प्रयोग गरेका फोमाइटहरु (सबै लुगा फाटा, तौलिया, तथा अन्य र्याल तथा थुक परेका सामानहरु) सँग संसर्गमा आएकाहरुलाई क्वारेन्टाइनमा राख्न पर्ने विज्ञ बताउछन्।
नेपालरिडर्सले विभिन्न विज्ञहरुसँग कुरा गर्दा अब सरकारको सर्भिलेन्स सेनाले गर्नु पर्ने कामहरुलाई यसरी बताएका छन्ः
१. संक्रमितको परिवारको कोरोना परिक्षण गरिनु पर्छ साथै संक्रमित र उनका परिवारसँग सम्पर्कमा आएका सबैलाई क्वारेन्टिन बस्न लगाउने तथा आवश्यक परे परिक्षण गरिनु पर्छ।
उनले प्रयोग गरेका फोमाइटहरु (सबै लुगा फाटा प्रयोग गरेका सामानहरु) सँग संसर्गमा आएकाहरुलाई क्वारेन्टाइनमा राख्न पर्ने हुन सक्छ।
२. उनी सँग दोहाबाट आउने महानुभावहरुको खोजी सरकारले वा ती महानुभावहरुले सरकारलाई सूचना गर्नु पर्छ। आफूलाई शंका लागे क्वारेन्टाइन वा परिक्षण गराउनु पर्छ।
३. नेपालमा ० संख्या देखिएपछि हरेक नागरिकले आफ्नो समुदायमा आएका हरेक नयाँ व्यक्तिहरुसँग भाइरससँग संसर्ग आएनआएको यकिन गर्न अनुरोध गर्नु पर्छ।
स्मरण रहोस् केही दिन अघि प्रो मथुरा प्रसाद श्रेष्ठले अब चीनबाट होइन यो भाइरस अन्य मुलुकबाट आयातित हुने बताएका थिए। यसैका आधारमा विमानस्थल र भारतीय सीमा बन्द गर्न जनताको माग भइरहेको थियो। हाल सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै अन्तर्राष्ट्रिय नाका बन्द गराएको छ भने अन्तर्राष्ट्रिय उडानसमेत बन्द गरेको छ। आजैबाट लामो दुरीका सार्वजनिक यातायातमा पनि रोक लगाइएको छ ।
https://youtu.be/P9K9MLHlrAk