नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमित सबै सुर्खेत जिल्लाका छन्।कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा वीरेन्द्रनगरका ८ र सुर्खेतकै सिम्ता र भेरी गंगा गाउँपालिकाका २/२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मी नारायण तिवारीले मंगलबार बिहान जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।संक्रमित १२ मध्ये एक महिला र बाँकी सबै पुरुष छन्। योसँगै नेपालमा संक्रमितको संख्या ६ सय ९२ पुगेको छ।
अहिलेसम्म कर्णाली प्रदेशमा २३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। हेर्नुस् कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति स्
Discussion about this post