नेपालमा आज शनिबार थप ४ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससंगै देशभर कोरोना संक्रमितको संख्या२६ हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ३३० छ। त्यस्तै, १० हजार २०७ जना क्वारेन्टाइनमा रहेका छन्। त्यस्तै, २४ घण्टामा ४ सय २५ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ८ सय १४ पुगेको छ।
२४ घण्टामा सात हजार ९२६ पिसिआर परीक्षणमा गरिएको छ । यस्तै हालसम्म १०२ जनाको मृत्यु भएको छ ।