थप ९ जनामा कोरोना संक्रमण, नेपालमा कोरोनाको संक्रमण २३ जिल्लामा फैलियो

नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले आज विहान सार्वजिनक गरेको तथ्यांकमा थप नौ जनामा संक्रमण पुष्टि भएको हो।

राष्ट्रिय प्रयोगशाला काठमाडौमा गरिएको परीक्षणमा मकवानपुरका ३७ वर्षीय पुरुष र भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ८ जना पुरुष रहेका छन्। नेपालमा कोरोनाको संक्रमण २३ जिल्लामा फैलिएको छ। प्रदेश १ का तीन जिल्ला, प्रदेश २ का सात जिल्ला, बागमती प्रदेशका ४ जिल्ला, गण्डकी प्रदेशका २ जिल्लामा यसको संक्रमण देखिएको छ।

यस्तै प्रदेश पाँचका पाँच जिल्ला र सुदूरपश्चिमका दुई जिल्लामा यसको संक्रमण देखिएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here