नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार अनुसार रुपन्देही, पर्सा, नवलपरासी र कपिलवस्तुमा २४ जना कोरोना संक्रमित भेटिएका हुन्। अधिकारीका अनुसार रुपन्देहीमा २२, २२, २५, २८, ३०, ३२, ३२, ३४ र ४१ वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको हो।
त्यस्तै रुपन्देहीमै ४, १० र २८ वर्षीया महिलामा पनि कोरोना देखिएको छ। यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।