नेपालमा पछिल्लो २४ घण्टामा आज (बुधबार) थप ६ सय २९ जनामा कोरोना भाइरस (कोभिड–१९)काे संक्रमण पुष्टि भएकाे छ । याे सँगै संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारी अनुसार संक्रमित हुनेको महिलाको संख्या ११० रहेको छ भने पुरुषको संख्या ५ सय १९ रहेको छ। बुधबारसम्म पीसीआर विधिबाट ६ हजार ८ सय २८ र आरडिटी विधिबाट १२ हजार १ सय १२ जनाको कोरोना परीक्षण गरीएको छ। अहिले सम्म पिसिआर परीक्षणको संख्या १ लाख ९३ हजार १ सय ९४ पुगेको छ।
आरडिटी विधिबाट २ लाख ८३ हजार ६ सय ९६ जनाको परीक्षण भएको छ। बुधबार १ सय १४ जना संक्रमित डिस्चार्ज भएसँगै अहिलेसम्म २ हजार ३ सय ३८ जना संक्रमित निको भएर घर फर्किएका छन्। अहिले देशका विभिन्न अस्पतालमा ८ हजार ३ सय ६६ जना उपचाररत रहेका छन्। क्वारेन्टिनमा ७८ हजार ६ सय ३९ जना रहेका छन्। अहिलेसम्म कोरोनाबाट २४ जनाको मृत्यु भएको छ।