खासमा कोरोना ‘ट्रम्प भाइरस’ हो : न्यान्सी पेलोसी

अमेरिकी संसदको तल्लो सदन (हाउस अफ रेप्रिजेन्टेटिभ्स) की प्रवक्ता तथा वरिष्ठ डेमोक्रेट नेत्री न्यान्सी पलोसीले कोरोनाभाइरसलाई ‘ट्रम्प भाइरस’ बताएकी छिन् ।

उनले यो कुरा महामारी संकटलाई राम्रो तरिकाले सम्हाल्न नसकेका कारण राष्ट्रपति डोनल्ड ट्रम्पको आलोचना गर्दै भनेकी हुन् । ट्रम्पले मास्क लगाउन अपिल गर्दै ‘अवस्था सुधार हुनुअघि अझ खस्किने सक्ने’ बताएपछि न्यान्सी पेलोसीको यस्तो बयान आएको हो ।

पेलोसीले सीएनएनसँगको कुराकानीमा भनिन्, ‘राष्ट्रपतिको आजको बयान सुन्दा लाग्छ, उनले आफ्नो गल्ती स्कीकार गरेका छन् । मास्क लगाएर वा मास्क लगाउन अपिल गरेर उनले यो बिमारी कुनै अफवाह नभएको स्वीकार गरेका छन् । यससम्बन्धमा कुनै कदम नउठाउँदा महामारीको अवस्था सुधार हुनुअघि अझ् खराब भएको हो ।’

उनले भनिन् ,’खासमा यो ट्रम्प भाइरस हो ।’ न्यान्सी पलोसीको यो बयान ट्रम्पको त्यो बयान पछि सार्वजनिक भएको हो, जसमा उनले मानिसहरुलाई फेस मास्क लगाउन अपिल गरेका थिए र स्थिती थप विध्वंशकारी हुनसक्ने चेतावनी दिएका थिए ।

हालसम्म विश्वभर एक करोड ५१ लाख ११ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा अमेरिकामा मात्रै ४० लाख २८ हजारभन्दा धेरैमा संक्रमण भएको छ । विश्वभर ६ लाख १९ हजारभन्दा धेरैको मृत्यु हुँदा अमेरिकामा मात्रै एक लाख ४४ हजार नौ सयभन्दा धेरैको मृ’त्यु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here