जेनेवा (रायटर) – कोभिड १९ गराउने कोरोनाभाइरस एचआईभीजस्तै सरुवाका रुपमा रहिहरहने जानकारी, विश्व स्वास्थ्य संगठनले हिजो बुधवार दिएको छ। यो कति लामो समयसम्म तीव्र संचार भइरहन्छ र यसका विरुद्ध कतिञ्जेल ‘बृहत प्रयास’ गर्न आह्वान गरिरहनु पर्ने हो भन्न नै सकिएको छैन।
‘यसलाई छलफलमा ल्याउनु जरुरी भएको छस् यो भाइरस हाम्रो समुदायमा अरु सामान्य रोगको भाइरस जस्तै रहिरहन सक्छ र यो भाइरस कहिले पनि निर्मूल हुनेछैन,’ डब्लुएचओको आकस्मिक विज्ञ माइक रायनले एक अनलाइन बताए।
‘मलाई लाग्छ हामी यथार्थपरक छौं र यस्तो हुनु पनि पर्छ। मलाई लाग्दैन– कसैले यो रोग उन्मूलन हुन्छ भनेर अहिलेकै अवस्थामा भविष्यवाणी गर्न सक्छन्,’ उनले थपे। “यो रोग लामो समयसम्मका लागि समस्याका रुपमा रहन्छ कि रहदैन भन्नेबारे पनि कसैले वाचा गर्न र समय तोक्न सक्दैनन्।’
तथापि, यो रोग विश्वकै प्रयाशले केही हदसम्म नियन्त्रणमा राख्न सकिएकोछ। यसको खोप भेटिएमा व्यापक सफलता मिल्ने थियो। तर उनले यस्तो सम्भावनालाई ‘चन्द्रमामा प्रक्षेप्यास्त्र पठाउनेू जस्तै प्रयाश भनेर वर्णन गरे।
करीव १०० भन्दा बढी खोपहरू अनुसन्धानका अवस्थामा छन् र ती मध्यै धेरैका क्लिनिकल परीक्षणहरू भइरहेका छन्। तर विज्ञहरूले कोरोनाभाइरस विरुद्ध प्रभावकारी खोपहरू पत्ता लगाउन कठिनाइहरू रहेको भनिरहेका छन्। रायनले खोप हुने वित्तिकै रोग निर्मूल भइहाल्छ भन्न सकिदैन भन्दै दादुरा जस्ता अन्य रोगका खोपहरू प्रभावकारी नभएको औंल्याएका छन्।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेबेरियससले थपेस् ‘हाम्रा अघि खतरनाक भविष्य छ र हामी सबैले यस महामारीलाई रोक्न योगदान पुर्याउनुपर्दछ यो हाम्रो सबैको जिम्मेवारी हो।’
रायनले राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी स्तरू मा उच्च रहेको जोखिमको मूल्यांकन गर्नु आवश्यक छ र यसलाई कम गर्नका लागि भाइरसलाई ‘अति नै उल्लेखनीयरुपमा नियन्त्रण’ गर्नु पर्छ।
विश्वभरका सरकारहरू कसरी आफ्नो अर्थव्यवस्था पुनस् चालु गर्ने भन्ने सवालमा प्रयासरत छन्, जबकि हालसम्म भाइरसले लगभग ४३ लाख मानिसहरूलाई संक्रमित गरिसकेको छ, र यसले एक २ लाख ९१००० भन्दा बढीको ज्यान लिइसकेको छ।
हिजो बुधवारमात्रै युरोपियन युनियनले त्यसका सदस्य राष्ट्रहरुबीचका सीमा क्रमिकरुपमा पुनस् खोल्न जोड दिएको छ। उनले भने –ग्रीष्म पर्यटनको मौसमका लागि तयारी गर्न ढिलो गर्नु हुदैन तर जनतालाई सुरक्षित राख्नुपर्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ।
तर सार्वजनिक स्वास्थ्य विशेषज्ञहरु भने आगामी प्रकोपबाट बच्न अत्यन्त सावधानी अपनाउनु पर्छ भन्दैछन्। रायनले भने, ‘हवाई यात्राका ‘फरकखालका चुनौती’ भएकाले यसलाई खुकुलो गराउनु भन्दा स्थल मार्ग खोल्नु कम जोखिमपूर्ण हुन्थ्यो।
“हामीले यो महामारीबाट पार पाउन केही समय लाग्नेछ भन्ने मानसिकता बनाउनु एकदमै आवश्यक छ,” डब्ल्यूएचओकी महामारीविद् मारिया भ्यान केरखोभले त्यस छलफलमा बताइन्।