कोरोना भाइरसका ३३८ जना नयाँ सङ्क्रमित थपिएका छन्। योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २३ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा १४० जना कोरोना मुक्त भएर घर फर्केका छन् । हालसम्म १६ हजार ४९३ जना कोरोनामुक्त भएका छन् । क्वारेन्टिनमा १० हजार ६५९ जना रहेका छन् । भाइरस लागेर डिस्चार्ज हुनेको प्रतिशत ७०.७ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो।
सक्रिय सङ्क्रमितको सङ्ख्या छहजार ७३८ रहेको छ । रेड जोनमा थप एकजना बारा जिल्लाका परेको छ । कुल रेड जोनमा ५५४ जना रहेका छन् । स्वःमूल्याकंन गरेका ६२ हजार २२५ रहेका छन्।
उपत्यकामा सोमबार ४४ जना सङ्क्रमित
काठमाडौं उपत्यकामा सोमबार ४४ जना सङ्क्रमित थपिएका छन् । उपत्यका सबैभन्दा बढी काठमाडाैं जिल्लामा सङ्क्रमित भएका छन् । काठमाडौंमा ३६, ललितपुर र भक्तपुरमा चार चारजना सङ्क्रमित थपिएका छन् । यस्तै, सोमबार नेपालमा मृत्यु संख्या ७९ पुगेको छ ।