Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोरोना भाइरस: निको हुन कति समय लाग्छ

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
बैशाख ६, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कोभिड-१९ रोग सन् २०१९ को अन्त्यतिर देखा परेको हो। तर कतिपय बिरामीहरूलाई यसबाट पूर्णतया निको हुन लामो समय लाग्ने देखिएको छ।निको हुने समय तपाईँ कति धेरै बिरामी हुनुभएको छ भन्नेमा निर्भर गर्छ।

    केही मानिसहरू चाँडै नै निको भइहाल्छन् भने अन्यलाई यसले दीर्घकालीन असर छाड्न सक्छ।उमेर, लिङ्ग तथा अन्य स्वास्थ्य समस्याजस्ता विषय जोखिम तत्व हुन् जसले कोभिड-१९ बाट को कति गम्भीर बिरामी हुन्छ भन्ने निर्क्योल गर्छ।

    सामान्य लक्षणमात्र देखा परेको खण्डमा के हुन्छ?
    अधिकांश कोभिड-१९ का बिरामीलाई केवल मुख्य लक्षण देखापर्छन् – खोकी र ज्वरो। उनीहरूलाई जीउ दुख्ने, थकाइ लाग्ने, घाँटी तथा टाउको दुख्ने हुन सक्छ।सुरुमा सुक्खा खोकी र पछि खकार सहितको खोकी लाग्न सक्छ।यी लक्षणलाई आराम, प्रशस्त पानी पिउने तथा दुखाइ कम गर्न प्यारासिटामोलको प्रयोग गर्ने गरे पुग्छ।

    यस्ता सामान्य लक्षण भएका बिरामीहरू छिटो र पूर्ण निको हुनसक्छन्।ज्वरो एक हप्तामा ठीक हुनसक्छ भने खोकी केही थप समय जारी रहन्छ।चिनियाँ आँकडाका आधारमा विश्व स्वास्थ्य सङ्गठन (डब्लु एच ओ)ले औसतमा दुई सातामा बिरामी निको हुने जनाएको छ।

    यदि गम्भीर लक्षण भएमा के हुन्छ?
    कतिपयको निम्ति यो रोग निकै गम्भीर बन्न सक्छ। सङ्क्रमण भएको सातदेखि १० दिनमा यस्तो हुन सक्छ।यो परिवर्तन निकै तीव्र गतिमा हुनसक्छ। सास फेर्न गार्‍हो हुन थाल्छ अनि फोक्सो सुन्निन्छ।यस्तो किन हुन्छ भने शरीरको प्रतिरोध प्रणालीले भाइरससँग लड्न खोज्दा अत्यधिक प्रतिक्रिया जनाउँछ जसले गर्दा शरीरमा अन्य जटिलता उत्पन्न हुन्छ।केही मानिसलाई अक्सिजनका लागि अस्पतालमा राख्नुपर्ने हुनसक्छ।

    एकजना चिकित्सक सेरा जार्भिस भन्छिन्, ‘सास फेर्न गार्‍हो हुने अवस्था निको हुन निकै समय लाग्छ किनकी शरीरमा निकै सुजन भएका हुन्छन्।’यसबाट निको हुन दुईदेखि आठ हप्ता लाग्न सक्छ। लामो समयसम्म जीउमा थकान रहिरहन्छ।

    सघन उपचारको खाँचो परेमा चाहिँ के हुन्छ?
    डब्लुएचओको अनुमानमा प्रत्येक २० मध्ये एकजनालाई सघन उपचारको खाँचो पर्न सक्छ। त्यसमा भेन्टिलेटरमा राख्नपर्ने बिरामी पनि पर्छन्। सघन उपचार केन्द्र (आइसीयू) मा राखेपछि निको हुन थप समय लाग्छ। घर पठाउनु अघि सामान्य वार्डमा सारिन्छ।

    सघन उपचारमा रहनु परेको बिरामीलाई पूर्णतस् तन्दुरुस्त हुन १२ देखि १८ महिना लाग्ने इन्टेन्सिभ केअर मेडिसिन विभागकी डिन डा। एलिसन पिटार्डले बताइन्।लामो समय अस्पतालमा बस्दा तौल घट्छ। मानिस कमजोर हुन्छ अनि मांसपेशीहरू तन्दुरुस्त हुन समय लाग्छ। कतिलाई हिँडडुल गर्न फिजियोथेरापी आवश्यक पर्न सक्छ।

    चीन र इटलीबाट प्राप्त विवरणहरूमा बिरामीहरूलाई कमजोरी अनुभव भएको, थोरै हलचल गर्दापनि स्वाँस्वाँ आउने भएको अनि खोकी लागिरहेको उल्लेख छ। धेरै निद्राको आवश्यकता परेको पनि देखिएको छ।

    ‘हामीलाई थाहा छ बिरामीहरूलाई लामो समय, कतिपयलाई महिनौँ, लाग्न सक्छ,’ कार्डिफ तथा भेल विश्वविद्यालयको स्वास्थ्य बोर्डका फिजियोथेरापिस्ट पाउल टोजले बताए।तर यसलाई सामान्यीकरण गर्न कठिन हुन्छ। कुनै मानिस सघन उपचार कक्षमा थोरै समयमात्र रहन्छन् भने कसैलाई हप्तौँसम्म भेन्टिलेटरमा राख्नुपर्छ। बीबीसी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.