Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Thursday, December 11, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नेपालमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ३३ जनाको मृत्यु(विवरणसहित)

नेपाल रिडर्स नेपाल रिडर्स
असार २०, २०७७
- कोभिड–१९, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट हालसम्म ३३ जनाको मृत्यु पुगेको छ । मृत्यु हुनेमा २६ पुरुष, ६ महिला र एक शिशु छन्।  कोरोना संक्रमणबाट मृत्यु भएकाको विवरण

    १. सिन्धुपाल्चोक राम्चेकी २९ वर्षीया महिला । उनी १० दिनको सुत्केरी थिइन् । २ जेठमा निधन भई ३ जेठमा कोभिड १९ को संक्रमण पत्ता लागेको
    २. बाँकेको नरैनापुरका २५ वर्षीय युवक । ३० वैशाखमा भारतबाट फर्किएर क्वारेन्टाइनमा राखिएका । ४ जेठमा मृत्यु भएपछि परीक्षणबाट संक्रमण पत्ता लागेको ।
    ३. गुल्मीका ४१ वर्षीय शिक्षक । ५ जेठमा रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएका । जन्डिस समेत भएका उनको ८ जेठको विहान निधन भएको ।
    ४. बाराका ७० वर्षीय वृद्ध । क्षयरोग र स्वास प्रश्वासको समस्याका कारण २ जेठमा अस्पताल भर्ना भई ४ जेठमा मृत्यु भई १२ जेठमा संक्रमण पुष्टि भएको ।
    ५. ललितपुर बुङमतीका ५६ वर्षीय पुरुष, १२ जेठमा किष्ट अस्पताल भर्ना भई १४ जेठमा मृत्यु भएको छ । १५ जेठमा संक्रमण पुष्टि
    ६. अर्घाखाँचीको भुमिका स्थान घर भएका ३५ वर्षीय पुरुष, भारतबाट फर्किदा १० जेठमा बाटोमै मृत्यु भई परीक्षणबाट कोरोना संक्रमण पुष्टि, १६ जेठमा संक्रमण पुष्टि
    ७. दैलेखको दुल्लु नगरपालिका खागितडाका ३५ वर्षीय पुरुष । पटांगिनी बजार दुल्लुको क्वारेन्टाइनमा ढलेर बेहास भई केही समयमा मृत्यु । स्वाब परीक्षणका क्रममा १७ जेठमा कोरोना संक्रमण पुष्टि
    ८. बाजुराको बुढीगंगा नगरपालिका धुरालसैनकी २ वर्षीया बालिका । बाबुआमासँगै बाजुराको धुरालसैन माविको क्वारेन्टाइनमा रहेकोमा १८ जेठको विहान मृत्यु भएको । १० जेठमा भारतबाट सपरिवार आएकी ।
    ९. दोलखा घर भएका ७६ वर्षीय पुरुष, १३ जेठमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएको र हेमोरेजिक स्ट्रोक भई शल्यक्रिया गरी १५ जेठमा कोरोना संक्रमण पुष्टि भएपछि टिचिङ अस्पताल महाराजगञ्ज लगिएको थियो । उपचारका क्रममा उनको २१ जेठमा टिचिङ अस्पतालमै मृत्यु भएको ।
    १०. पाल्पा सिलुवाखोलाका ४५ वर्षीय पुरुष । स्थानीय क्वारेन्टाइनमा राखिएको र स्वास्थ्यमा गडबडीपछि १९ जेठमा मिसन अस्पताल पाल्पामा लगिएको थियो । उपचारका क्रममा उनको २० जेठमा मृत्यु भएको थियो । २२ जेठमा कोरोना संक्रमण पुष्टि भएको
    ११. सुर्खेत पञ्चपुरी नगरपालिका १ हाँसेका २० वर्षीय युवक । ७ जेठमा भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका । परीक्षण गर्दा नेगेटिभ आएपछि २२ जेठमा घर गएकामा त्यहीं मृत्यु भएको थियो । मृत्यु भएपछि नमुना परीक्षणका क्रममा २३ जेठमा कोभिड १९ पुष्टि भएको
    १२. डोल्पाका ५८ वर्षीय पुरुष । जगदुल्ला गाउँपालिका ३ घर भएका उनको २० जेठमा मृत्यु भएको । नमुना परीक्षणका लागि स्वाब संकलन गरी २२ जेठमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुर्याइएको । २४ जेठमा कोरोना संक्रमण पुष्टि भएको
    १३. कैलालीकी ५५ वर्षीया महिला । धनगढी ४ की मृगौला रोगी उनको डायलसिस गर्ने क्रममा २३ जेठमा मृत्यु भएको थियो । सेती अस्पतालमा डायलसिसका लागि आउँदा त्यही बेलामा मृत्यु भएको । २४ जेठमा कोरोना संक्रमण पत्ता लागेको
    १४. स्याङ्जा वालिङ नगरपालिका घर भएका ५८ वर्षीय पुरुष । मृत्यु पछि २६ जेठमा कोरोना भाइरसको संक्रमण पत्ता लागेको
    १५. चितवन भरतपुर ११ का पुरुषको २७ जेठमा निधन भएको । निमोनिया संक्रमित उनको २६ जेठमा कोरोना संक्रमण पुष्टि भएको ।
    १६. अर्घाखाँचीको मालारानीको क्वारेन्टाइनमा बसेका ५७ का पुरुष । १२ दिन अघि मुम्बईबाट आई क्वारेन्टाइनमा राखिएको । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराई फर्कंदा कोद्रेखोलामा २८ जेठमा मृत्यु भएकोमा २९ जेठमा पत्ता लागेको । ३० जेठमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको
    १७. पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका घन्टाघरमा २५ वर्षीय युवकको २८ जेठमा बेवारिसी लास फेला परेकोमा पोष्टमार्टमका लागि लगिएको । स्वाब परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण भेटिएको छ । ३० जेठमा संक्रमण पत्ता लागेको र ३१ जेठमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको
    १८. बारा जिल्ला निजगढ नगरपालिका ६ योजनाटोल निवासी ५ वर्षीय बालकलाई ज्वरो आएपछि वीरगञ्ज अस्पताल लगिएकोमा आरडिटी गर्दा पोजेटिभ आएपछि आइशोलेशनमा राखी उपचार शुरु । स्वाब परीक्षण गर्दा ३० जेठमा कोरोना पोजेटिभ पुष्टि भएको । प्रयोगशालाको नतिजा नआउँदै ३० जेठमा मृत्यु भएको ।
    १९. गुल्मीका ३६ वर्षीय पुरुष । रेसुङ्गामा आइशोलेशनमा रहेकोमा ३१ जेठमा मृत्यु भएको । भारतबाट फर्किएपछि आइशोलेशनमा रहेकोमा स्वास्थ्यमा समस्या आएको । क्यान्सर संक्रमित उनको मृत्युको जानकारी ३२ जेठमा पुष्टि गरिएको
    २०. बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीइा महिला । फोक्सो, मृगौला र प्यारालाइसिलकी विरामी उनको १ असारमा आइसीयुमा मृत्यु भएको छ । ३ असारमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
    २१. कैलाली, गोदावरी नगरपालिकाका ४६ वर्षीय पुरुष । सेती अस्पतालमा उपचाररत हुँदा मृत्यु भएको । धनगढीको नवजीवन अस्पतालमा उपचार गर्दा जेठ ३१ मा कोरोना संक्रमण पुष्टि भएपछि सेती अस्पताल सारिएको थियो । उपचारका क्रममा ३ असारको बेलुकी ७ बजेर ५२ मिनेटमा मृत्यु । स्वास्थ्य मन्त्रालयले ४ असारमा जानकारी दिएको
    २२. कैलालीको लम्किचुआकी ४३ वर्षकी महिला । टाउकोमा चोट लागेपछि नेपालगञ्ज मेडिकल अस्पतालमा भर्ना गरेको । २ असारमा शल्यक्रिया गर्नुअघि नमुना संकलन गरेकोमा सोही दिन नै मृत्यु भएको ३ असारको साँझ पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयले ४ असारमा जानकारी दिएको
    २३. गुल्मीका छत्रकोट गाउँपालिका ५ महेन्द्रनाडा ६९ का पुरुष प्यारालाइसिसको उपचारका लागि भारत गएकोमा जेठ २५ मा स्वदेश फर्किई होम क्वारेन्टाइनमा बसेको । ५ असार २०७७ मा घरमै मृत्यु भएको । सोही दिन नमूना संकलन गरी पठाइएको ६ असारमा कोरोना पुष्टि । ६ असारमा शव व्यवस्थापन भएको । ७ असारमा कोरोना बारे स्वास्थ्य मन्त्रालयद्वारा जानकारी
    २४. दैलेखको दुल्लु नगरपालिका वडा नं ३ का ४५ वर्षीय पुरुष । ८ असारको बेलुका सुर्खेत अस्पतालको आइशोलेशनमा मृत्यु । क्षयरोग तथा दमको बिरामी भई ३ असारमा अस्पताल भर्ना । ९ असारमा स्वास्थ्य मन्त्रालयद्घारा जानकारी
    २५. स्याङ्जाको आँधीखोला घर भएका ५६ वर्षीय पुरुष किराना पसल गर्दै आएका । ज्वरो आएपछि ७ असारमा फेवा सिटी अस्पतालमा लगिएकोमा कोरोना शंका लागी उपचार गर्न नमानेपछि गण्डकी अस्पताल लगिएको । ८ असारमा कोरोना पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उपचारका क्रममा १० असारमा मृत्यु भएको । ११ असारमा शव व्यवस्थापन । स्वास्थ्य मन्त्रालयद्वारा ११ असारमा कोरोना पुष्टि
    २६. ललितपुरको महालक्ष्मी नगरपालिका ५ का पुरुष । ५ महिना अघि मृगौला प्रत्यारोपण भएका । नर्भिक अस्पतालमा भर्ना भएका उनलाई पाटन अस्पतालमा रिफर गरिएको थियो । ११ असारको विहान मृत्यु भएको ।
    २७. दाङको राप्ती अस्पताल नजिकै अचेत अवस्थामा भेटिएकी महिला । अन्दाजी ३० वर्षकी उनको उपचारका क्रममा मृत्यु भएको । ११ असारमा स्वाब संकलन गरी जाँच गर्दा १२ असारमा नतिजा पोजेटिभ आएको छ ।
    २८. कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुष । चितवन मेडिकल कलेजमा उपचारका क्रममा १३ असारमा मृत्यु । फोक्साको क्यान्सको उपचार गर्दै आएका उनी भारतबाट फर्किएका । ११ असारमा कोरोना पुष्टि भएको थियो ।
    २९. रौतहटका ३० वर्षीय पुरुष । १३ असारमा स्वास प्रश्वासमा कठिनाई भएपछि स्टार हस्पिटल सानेपामा उपचारका लागि पुगेपछि पाटन अस्पतालमा स्वाब परीक्षणका लागि पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको । स्वाब परीक्षणका क्रममा १४ असारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । १५ असारमै नेपाली सेनाले शव व्यवस्थापन गरेको
    ३०. अछाम रामरोशनका ४५ वर्षीय पुरुषको बयलपाटा अस्पतालमा १४ असारमा मृत्यु । १३ असारमा स्वासप्रश्वासमा समस्या आएपछि अस्पताल लगिएको थियो । मधुमेहको विरामी उनको मृत्युपछि नमुना परीक्षण गरेपछि १६ असारमा कोरोना संक्रमण पुष्टि । १७ असारमा स्वास्थ्य मन्त्रालयबाट पुष्टि
    ३१. म्याग्दी जिल्ला धौगालिरी नगरपालिका ४ का ४९ दिनका शिशुको त्रिवि शिक्षण अस्पतालमा १७ असारको साँझ मृत्यु भएको । ९ असारमा शिक्षण अस्पताल भर्ना गरिएको थियो । भ्यान्टिलेटरको सहयोगमा आइसियुमा राखिएकोमा मृत्यु भएको । १८ असारमा कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी
    ३२. काठमाडौं नयाँ बानेश्वर बस्ने उच्च रक्तचाप र पार्किन्सनका विरामी । ८५ वर्षीय विरामी छातिको समस्यापछि अस्पताल पुगेकोमा १७ असारको साँझ मृत्यु भएको । उनलाई असार १९ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।
    ३३. कोरोनाबाट गोरखा पालुङटार नगरपालिका ७ घर भएको ४४ वर्षिय पुरुषको गएराति १० बजे आइसोलेसन वार्डमा सारिएका उनको बिहान ५ बजेर ५ मिनेट जाँदा उनको मृत्यु भएको छ । मृत्यु भएका पुरुष निमोनिया र डाइबेटिजका बिरामी रहेको गोरखा अस्पतालले जनाएको छ ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.