Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
Monday, April 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नेपालमा कोरोना भाइरसको संक्रमणबाट ४५ जनाको मृत्यु (विवरणसहित)

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
साउन ११, २०७७
- कोभिड–१९, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका व्यक्ति भेटिएको ६ महिना पूरा भएको छ। सन् २०१९ जनवरी २४ मा नेपालमा पहिलो कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उनी चीनको वुहानमा अध्ययन गर्न गएका विद्यार्थी भएको बताइएको थियो। उनी नेपाल आएपछि गरिएको परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो।

    यो छ महिनाको अवधिमा नेपालमा १८ हजार ४८३ जना कोरोना संक्रमित भएका छन्। यीमध्ये ४५ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। नेपालका कुल संक्रमितमध्ये १३ हजार ५३ जना निको भएर घर फर्किएका छन्। नेपालमा ४५ जना मृत्यु भएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएपनि उनीहरुको मृत्युको कारण कोरोना नै हो वा अन्य भन्ने चाहिँ स्पष्ट भएको छैन।

    मृत्यु भएका मध्ये अधिकांश व्यक्तिमा कुनै न कुनै स्वास्थ्य समस्या देखिएको छ भने कतिपय मृत्यु भएका व्यक्तिलाई के समस्या थियो भन्नेबारे खुलाइएको छैन। मृत्यु भएका मध्ये अधिकांशलाई कलेजोसम्बन्धी समस्या, निमोनिया,सेप्सिस, दीर्घ श्वासप्रश्वास, क्यान्सर, मिर्गौलासम्बन्धी रोग, मधुमेहलगायतका समस्या देखिएका छन्। यीमध्ये धेरैको भने मृत्यु पछि मात्र स्वाब संकलन गरी कोरोना परीक्षण गरिएको छ।

    स्वास्थ्य मन्त्रालयले नियमित कोरोना बिफ्रिङका आधारमा नेपालमा हालसम्म मृत्यु भएका व्यक्तिको विवरण भने यस प्रकार छ।
    नेपालमा भएका कोरोना पुष्टि भएका ४५ मृत्युमध्ये कसलाई के समस्या थियो?
    १. सिन्धुपाल्चोकी २९ वर्षीया महिलाको जेठ २ गते धुलिखेल अस्पतालमा मृत्यु भएको थियो। उनी १० दिनकी सुत्केरी थिइन्। श्वासप्रश्वाससम्बन्धी समस्या भएपछि उनलाई धुलिखेल अस्पताल लगिएको थियो। अस्पतालमा उनको मृत्यु भयो। मृत्युपछि गरिएको पिसिआर परीक्षणमा उनमा कोरोना पोजिटिभ आएको थियो।

    २. वैसाख ३० गते भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका बाँके नरैनापुरमा २५ वर्षीय युवकको जेठ ४ गते मृत्यु भयो। मृत्यु हुनुअघि उनलाई निरन्तर वाकवाकी र झाडापखाला लागेको बताइएको थियो। स्वास्थ्य मन्त्रालयले उनको मृत्युपश्चात् कोरोना संक्रमण भएको पुष्टि गरेको थियो।

    ३. रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएका गुल्मीका ४१ वर्षीय शिक्षकको जेठ ८ गते मृत्यु भएको थियो। उनी जन्डिसको उपचार गराइरहेका थिए। उपचारका क्रममा उनलाई कोरोना भाइरस पुष्टि भएको थियो।

    ४. जेठ ४ गते बाराका ७० वर्षीय वृद्धको मृत्यु भएको थियो। तर स्वास्थ्य मन्त्रालयले उनको मृत्युको पुष्टि जेठ १२ गते गरेको थियो। मन्त्रालयकाअनुसार उनलाई क्षयरोग र श्वारप्रश्वासको समस्या थियो।

    ५. कलेजोको समस्या भई किस्ट अस्पतालमा उपचाररत ललितपुर बुङमतीका ५६ वर्षीय पुरुषको जेठ १४ गते मृत्यु भएको थियो। उनलाई १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

    ६. भारतबाट फर्किँदै गर्दा जेठ १० गते बाटैमा मृत्यु भएका अर्घाखाँचीको भूमिकास्थान घर भएका ३५ वर्षीय पुरुषको मृत्यु भएको थियो। मृत्युपश्चात् गरिएको पिसिआर परीक्षणमा उनलाई कोरोना भएको पुष्टि भएको थियो।

    ७. दैलेखको दुल्लु नगरपालिकाको क्वारेन्टाइनमा जेठ १९ गते ३५ वर्षीय पुरुषको मृत्यु भएको थियो।

    ८. बाबुआमासँगै बाजुराको धुरालसैन माविको क्वारेन्टाइनमा रहेकी २ वर्षकी बालिकाको जेठ १८ गते मृत्यु भएको थियो। उनलाई निमोनिया भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    ९. जेठ २१ गते दोलखा घर भएका ७६ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो। उनलाई हेमोरेजिक स्ट्रोक भई शल्यक्रिया गरिएको थियो। उनको काठमाडौं मेडिकल कलेज सिंगामंगलमा उपचारका क्रममा जेठ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि शिक्षण अस्पताल महाराजगञ्ज आइसियूमा सारिएको थियो।

    १०.जेठ २० गते पाल्लामा एक संक्रमितको मृत्यु भयो। पाल्पा सिलुवाखोलाका क्वारेन्टाइनमा ४५ वर्षीय पुरुषलाई निमोनिया देखिएको थियो। उनको मृत्युपश्चात् पिसिआर जाँच गर्दा कोरोना देखिएको थियो।

    ११. सुर्खेत पञ्चपुरी नगरपालिका-१ हाँसेका २० वर्षीय युवकको जेठ २३ गते मृत्यु भएको थियो। जेठ ७ गते भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका उनको आरटिडी परीक्षण गर्दा नेगेटिभ आएपछि जेठ २२ गते घर पठाइएको थियो। तर उनको २३ गते मृत्यु भयो। मृत्युपछि गरिएको पिसिआर जाँचको रिर्पोट पोजिटिभ आएको थियो।

    १२. डोल्पाका जगदुल्ला गाउँपालिका-३ घर भएका ५८ वर्षीय पुरुषको जेठ २२ गते मृत्यृ भएको थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पिसिआर परीक्षण गर्दा जेठ २४ गते कोरोना पुष्टि भएको थियो।

    १३. धनगढी ४ की मृगौलाको समस्या भएकी ५५ वर्षकी महिलाको सेती अस्पतालमा डायलसिस गर्ने क्रममा जेठ २३ गते मृत्यु भएको थियो। उनको जेठ २४ गते कोरोना पुष्टि भएको थियो।

    १४. स्याङ्जा जिल्ला वालिङ नगरपालिका घर भएका ५८ वर्षीय पुरुषको जेठ २६ गते मृत्यु भएको थियो। उनी मिर्गौला रोगी थिए। मृत्युपछि गरिएको पिसिआरमा कोरोना पुष्टि भएको थियो।

    १५. चितवन भरतपुर-११ का निमोनिया भएका पुरुषको जेठ २७ गते मृत्यु भएको थियो।

    १६. अर्घाखाँचीको मालारानीको क्वारेन्टाइनमा बसेका ५७ का पुरुषको जेठ २९ गते मृत्यु भयो।

    १७. पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका घण्टाघरमा २५ वर्षीय युवकको २८ जेठमा मृत्यु भएको थियो। बेवारिसे लास फेला परेकोमा पोस्टमार्टमका लागि लगिएको र स्वाब परीक्षण गर्दा जेठ ३० गते कोरोना भाइरसको संक्रमण भेटिएको छ।

    १८. जेठ ३० गते बारा जिल्ला निजगढ नगरपालिका-६ योजनाटोल निवासी ५ वर्षीय बालकको मृत्यु भएको थियो। उनलाई कफ र ज्वरो देखिएको थियो। उपचारका क्रममा उनको नारायणी अस्पताल वीरगञ्ज मृत्यु भएको थियो।

    १९. गुल्मीका ३६ वर्षीय पुरुषको रेसुङ्गामा आइसोलेसनमा जेठ ३१ गते मृत्यु भएको थियो। उनी क्यान्सरका बिरामी थिए।

    २०. बाँकेको बैजनाथ गाउँपालिका-६ की ४६ वर्षीया महिलाको असार १ गते मृत्यु भएको थियो। फोक्सो, मिर्गौला र प्यारालाइसिलकी समस्या थियो। कोरोना पुष्टि भने असार ३ गते भएको थियो।

    २१. कैलाली, गोदावरी नगरपालिकाका ४६ वर्षीय पुरुषको जेठ ३१ गते मृत्यु भएको थियो।

    २२. असार २ गते कैलालीको लम्किचुहाकी ४३ वर्षकी महिला मृत्यु भएको थियो। टाउकोमा चोट लागेपछि नेपालगञ्ज मेडिकल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।असार ३ गते आएको पिसिआर रिर्पोटमा कोरोनाको पुष्टि भएको थियो।

    २३. गुल्मी जिल्ला छत्रकोट गाउँपालिका-५ महेन्द्रनाडा ६९ का पुरुष प्यारालाइसिसको उपचारका लागि भारत गएको उनको असार ५ गते मृत्यु भएको थियो।

    २४. दैलेखको दुल्लु नगरपालिका वडा नं ३ का ४५ वर्षीय पुरुषको असार ८ गते सुर्खेत अस्पतालको आइशोलेशनमा मृत्यु भएको थियो। उनी क्षयरोग तथा दमको बिरामी थिए।

    २५. स्याङ्जाको आँधीखोलाका ५६ वर्षीय पुरुषको असार १० गते मृत्यु भएको थियो। उनको असार ११ गते कोरोनाको पुष्टि भएको रिर्पोट आएको थियो।

    २६. काठमाडौंका ४९ वर्षीय पुरुषको असार ११ गते पाटन अस्पतालमा मृत्यु भएको थियो। उनले ५ महिनाअघि मिर्गौला प्रत्यारोपण गराएका थिए।

    २७. दाङको राप्ती अस्पताल नजिकै अचेत अवस्थामा भेटिएकी अन्दाजी ३० वर्षकी महिलाको असार ११ गते मृत्यु भएको थियो । असार १२ गते नतिजा पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो।

    २८. असार १३ कैलालीको गोदावरी नगरपालिक का ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो। उनी फोक्सोको क्यान्सरबाट पीडित थिए।

    २९. रौतहटका ३० वर्षीय पुरुषको असार १३ गते मृत्यु भएको थियो। स्वासप्रस्वासको समस्या भएको थियो। तर, उनको कोरोना पुष्टि भएको रिर्पोट १४ गते आएको थियो।

    ३०.अछाम रामरोशनका ४५ वर्षीय पुरुषको बयलपाटा अस्पतालमा असार १४ गते मृत्यु भयो। स्वासप्रश्वासमा समस्या आएपछि अस्पताल लगिएको थियो। उनी मधुमेहका बिरामी थिए। मृत्युपछि नमुना परीक्षण गर्दा १६ असारमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    ३१. म्याग्दी जिल्ला धौगालिरी नगरपालिका-४ का ४९ दिनका शिशुको त्रिवि शिक्षण अस्पतालमा असार १७ गते मृत्यु भएको थियो। शिशुको मृत्यु हुनु ३ दिन अगाडि नै कोरोना पुष्टि भएको थियो।

    ३२. काठमाडौं नयाँ बानेश्वर बस्ने उच्च रक्तचाप र पार्किन्सनका बिरामी रहेका ८५ वर्षीय वृद्धको असार १७ गते मृत्यु भएको थियो। उनको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो। असार १९ गते कोरोना पुष्टि भएको जानकारी दिइएको थियो।

    ३३. गोरखा पालुङटार ४४ वर्षका पुरुषको असार २० गते मृत्यु भयो। असार १९ गते कोरोना पुष्टि भएको थियो। उनी कतारबाट नेपाल फर्किएपछि पालुङटार क्वारेन्टाइनमा राखिएको थियो।

    ३४. असार १७ गते त्रिवि शिक्षण अस्पतालमा उपचाररत रुपन्देही देवदहका ७५ वर्षीय पुरुषको मृत्यु भएको थियो। उनी क्षयरोगका बिरामी थिए। उनलाई कोरोना भएको पुष्टि असार २० गते भएको थियो।

    ३५. बाग्लुङ निसिखोला घर भएका २९ वर्षीय पुरुषको असार २१ गते निधन भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी भारतबाट क्षयरोगको उपचार गराई नेपाल फर्किएका थिए।

    ३६.असार २६ गते काठमाडौं वडा नं १० शंखमूलका ६० वर्षीय पुरुषको उपचारको क्रममा पाटन अस्पतालमा असार २६ गते मृत्यु भएको थियो। फोक्सोमा पानी जमेको र मिर्गौलामा समस्या भएपछि उनी असार १६ गते अस्पताल भर्ना भएका थिए। उपचारका क्रममा गरिएको कोरोना परीक्षणको पुष्टि असार १७ गते भएको थियो।

    ३७. असार २५ गते सिन्धुपाल्चोकका ४५ वर्षीय कोरोना संक्रमित एक पुरुषको पाटन अस्पतालमा मृत्यु भएको थियो। क्षयरोगको उपचारका लागि असार १८ गते पाटन अस्पतालमा भर्ना भएका उनको २५ गते मृत्यु भएको थियो। उनको असार २२ गते कोरोना पुष्टि भएको थियो।

    ३८. असार २५ गते काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कजेल (केएमसी) अस्पतालमा मृत्यु भएका ५४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ। उनको कोरोना पुष्टि भएको अस्पतालले भएको थियो। उनी पुरुष काठमाडौंको गोकर्ण निवासी हुन्। उनी असार १९ गते भर्ना भएका थिए। स्वाथ्य मन्त्रालयका अनुसार ती पुरुष मिर्गौलाका बिरामी थिए।

    ३९. असार ३१गते रौतहटका पर्रोहा नगरपालिका वडा नं ७ का ३६ वर्षीय पुरुषको उपचारको क्रममा नारायणी अस्पताल वीरगञ्जमा मृत्यु भएको थियो। उनलाई रुघाखोकी, ज्वरो र श्वासप्रश्वासको समस्या देखिएको थियो।

    ४०.साउन २ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरी राजविराज नगरपालिका–६ का ७२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको थियो। उनी मुटु रोगी ती पुरुषमा मधुमेहको समस्या समेत थियो।

    ४१. साउन ६ गते भर्ना अस्पताल भर्ना गरिएका जनकपुर नगरपालिका धनुषा एक पुरुषको मृत्यु भएको थियो। ती व्यक्तिको भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो।

    ४२. साउन ७ गते त्रिवि शिक्षण अस्पतालको आइसियूमा उपचाररत कोरोना संक्रमित एक चिनियाँ नागरिकको मृत्यु भएको थियो। मुटुको समस्या भएकी ४८ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको अस्पतालमा मृत्यु भएको थियो।

    ४३. साउन ६ गते नारायणी अस्पतालको अस्थायी कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज ६, माइस्थानका ७० वर्षीय पुरुषको मृत्यु भएको थियो। श्वासप्रश्वासमा समस्या देखिएका उनी साउन ६ गते बिहान अस्पताल भर्ना भएका थिए। अस्पताल भर्ना भएकै दिन साँझ ६ बजे उनको मृत्यु भएको थियो।

    ४४. साउन ९ गते नारायणी अस्पतालको अस्थाई कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज-११, श्रीपुर रसीघाटकी ८५ वर्षीय महिलाको मृत्यु भएको थियो। उनी मुटुरोगी थिइन्। उनलाई निमोनिया समेत भएको थियो।

    ४५.साउन ९ गते नारायणी अस्पतालको अस्थाई कोभिड अस्पतालमा उपचाररत परवानीपुर-८ बाराकी १७ वर्षीया किशोरीको शुक्रबार मृत्यु भएको थियो। जापानिज इन्सेफ्लाइटिसको आंशकामा वीरगञ्ज हेल्थ केयर सेन्टरमा उपचाररत उनको आरडिटी पोजिटिभ देखिएपछि साउन ९ बजे कोभिड अस्पतालमा रेफर गरिएको थियो। सोही दिन उनको मृत्यु भएको थियो। – स्वास्थ्य खबर

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.