आइतबार साँझसम्म नेपालका ७३ जिल्लाका ५ हजार ७ सय ६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो पटक रुकुम पश्चिममा संक्रिमत थपिएसँगै संक्रमण देखिएको जिल्लाको संख्या ७३ पुगेको हो।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ओखलढुंगा, मनाङ, मुस्ताङ र रसुवा जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको छैन।संक्रमण देखिएका मध्ये हालसम्म १९ जनाको मृत्यु भएको छ। हालसम्म उपचारपछि ९७४ जना डिस्चार्ज भएका छन्।
नेपालमा आइतबार थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। आज थपिएका ४२५ सहित नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको हो। जसमध्ये ५ हजार ३ सय २४ पुरुष र ४ सय ३६ महिला छन्।
नेपालमा हालसम्म ३ लाख ४४ हजार ९८ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख ३३ हजार ३ सय ७७ जनाको पिसिआर र २ लाख १० हजार ७ सय २१ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
सरकारले लकडाउन खुकुलो पारेसँगै संक्रमितको संख्या बढ्न सक्ने आंकलन गरिएको छ। अहिले ७३ जिल्लामा कोरोना संक्रमित भेटिएका छन्। भने देशभर एक लाख ५० हजारभन्दा बढी मानिसहरु क्वारेन्टाइनमा रहेका छन्।प्रदेशगत रुपमा हेर्ने हो भने प्रदेश नम्बर २ र प्रदेश ५ मा सबैभन्दा बढी संक्रमित देखिएका छन्।सरकारले लकडाउन खुकुलो पारेपनि २ सयभन्दा बढी एक्टिभ संक्रमित भएका जिल्लामा पुनः लकडाउन कडा बनाउन सकिने बताइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हाल प्रदेश २ को रौतहटमा सबैभन्दा बढी ६६८ संक्रमित आइसोलेनमा रहेका छन्। कुल ७९० संक्रमितमध्ये १२२ जना निको भइ घर फर्किसकेका छन्।सर्लाहीमा हालसम्म ४९५ कोरोना संक्रमित देखिएका छन्। जसमध्ये १६ जना संक्रमणमुक्त भएका छन्। ४७९ जना संक्रमित आइसोलेसनमा छन्।
प्रदेश २ का सबै आठ जिल्लामा कोरोना संक्रमण देखिएको छ भने २ जना मृत्यु भएको छ। जसअनुसार, महोत्तरीमा १७७ जना संक्रमित आइसोलेनमा छन्। ३ जना निको भइसकेका छन्। महोत्तरीमा हालसम्म १८० संक्रमित भेटिएका छन्। धनुषामा १८० संक्रमितमध्ये ७६ जना निको भएर घर फर्किका छन् भने १०४ जना संक्रमित आइसोलेसनमा छन्।
सप्तरीमा १२९ जना संक्रमित आइसोलेसनमा छन् भने २० जना डिस्चार्ज भइसकेका छन्। सप्तरीमा हालसम्म कुल संक्रमितको संख्या १४९ छ। प्रदेश २ मा २ हजार १०६ कुल संक्रमितमध्ये १ हजार ७०१ जना संक्रमित आइसोलेसनमा छन्। ४०२ जना निको भइसकेका छन्। प्रदेश २ मा कोरोना देखिएका ३ जनाको मृत्यु भएको छ।
यस्तै, प्रदेश ५ को कपिलवस्तुमा ६४८ जना संक्रमित देखिएका छन्। जसमध्ये २६ जना निको भइसकेका छन् भने ६२१ जना संक्रमित आइसोलेसनमा छन्। त्यहाँ एक सक्रमितको मृत्यु समेत भएको छ। त्यस्तै, रुपन्देहीमा १७२ जना संक्रमित आइसोलेसनमा छन् भने ४६ जना निको भइ घर फर्किएक छन्।
बाँकेमा १३८ संक्रमित आइसोलेसनमा बसेका छन् भने १८० जना डिस्चार्ज भएका छन्। बाँकेमा कुल सक्रमितको संख्या ३१९ छ।दाङमा १५८ कोरोना संक्रमितमध्ये १२८ जना आइसोलेसनमा छन् भन ३० जना डिस्चार्ज भएका छन्। प्रदेश ५ मा १ हजार ६३५ जनालाई कोरोना संक्रमण देखिएको छ। जसमध्ये १ हजार ३३६ आएसोलोसनमा छन् २९३ निको भइसकेका छन्। प्रदेश ५ मा हालसम्म ६ जनाको मृत्यु भएको छ।
कर्णाली प्रदेशमा सबैभन्दा बढी दैलेखमा ५३८ संक्रमितमध्ये ५३६ जना संक्रमित उपचाररत छन् भने एक जनाको मृत्य भएको छ। एक जना निको भइसकेका छन्। कर्णाली प्रदेशका १३ जिल्लामा हालसम्म ९८२ संक्रमित देखिएका छन्। जसमध्ये ९५४ निको भएका छन् भने २५ जना डिस्चार्ज भएक छन्। कर्णाली प्रदेशमा २ जनाको मृत्यु भएको छ।
कुन जिल्लामा कति संक्रमित?