Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोरोना भाइरस: सङ्क्रमित प्रवेश गर्न नदिन कर्णालीका गाउँमा पालैपालो पहरा

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
बैशाख १०, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सिमीकोट तल्लोगाउँ हुम्लाकी लालकला बोहराले गाउँ प्रवेश गर्ने बाटोमा हप्ता दिनदेखि पहरा दिइरहेकी छन्।तल्लोगाउँ प्रवेश गर्ने चारवटै बाटोमा ४/४ जनाको समूह बनाएर दैनिक १६ जना महिलाले पालैपालो पहरा दिँदै आएको उनी बताउँछिन् ।

    उनी भन्छिन,’कोरोनाभाइरसको डरले अपरिचित कसैलाई पनि गाउँ आउन र गाउँलेलाई पनि बाहिर जान दिएका छैनौँ। हामीले बिहान ६ देखि साँझ ७ बजेसम्म पहरा दिन थालेपछि गाउँले पनि ढुक्क छन्।’सिमीकोट तल्लोगाउँका महिलाले जस्तै सुर्खेतको चौकुने गाउँपालिका शोभानचौरका युवाले पनि गाउँ आउने बाटोमा चौबिसै घण्टा पहरा दिँदै आएका छन् ।

    समुदाय अग्रसर
    सिमाना जोडिएको कैलाली जिल्लामा कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि आफूहरूले शोभानचौर र कैलालीको सावा जोडने झोलङ्गे पुलमा गत चैत्र २३ गतेदेखि रातदिनै पहरा दिइरहेको युवा गंगाराम रानाले बताए ।उनी भन्छन्, ‘कसैको करकापले होइन। आफू पनि जोगिउँ र गाउँलेलाई पनि जोगाऔँ भनेर स्वतस्स्फूर्त रूपमा पुलमा पहरा दिइरहेका छौँ।’

    त्रास बढ्दै गएपछि कोरोनाभाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि कर्णालीका गाउँगाउँमा अहिले स्थानीयले स्वतस्स्फूर्त रूपमा सावधानीका विभिन्न उपायहरू अपनाएको देखिन्छ।गाउँ प्रवेशमा रोक, मूल बाटोमा पहरा, जबरजस्ती गाउँ आउनेलाई जरिबाना, पुलमा ताला लगाएर पहरा, गाउँमा अपरिचित मान्छेहरु देख्ने वित्तिकै प्रहरीलाई खबर गर्ने जस्ता काम गर्दै आएको उनीहरू बताउँछन्।

    गाउँ प्रवेश गर्ने बाटोमा पहरा दिँदै आएकी सिमीकोट तल्लोगाउँकी उजेली रावत भन्छिन, ‘कोरोनाभाइरस लाग्यो भने कसैले पनि छुन र भेटन पाउँदैनन रेरु त्यसैले यस्तो भाइरसलाई गाउँमै छिर्न नदिने भनेर पहरा दिइरहेका छौँ।’

    सङ्कटको बेला रक्षक
    रुकुमको तकसेराबासीले पनि गाउँ प्रवेश गर्ने तीन वटै बाटोमा बिहान ६ देखि राति १२ बजेसम्म पहरा दिँदै आएका छन्।त्यसका कारण गाउँलेले पनि सुरक्षित महसुस गरेको बताउँदै शिक्षिका सीताकुमारी बुढा भन्छिन्, ‘पहरा दिएको पनि आफ्नै लागि हो। पछि दुस्ख नहोस् भनेर समयमै सावधानी अपनाएका छौँ।’

    कोरोना भाइरसको जोखिमबाट जोगिन सुर्खेतको चौकुनेबासीले अछाम र कैलाली जोड्ने १० वटै झोलुङ्गे पुलमा ताला लगाएर पहरा दिइरहेका छन्।गाउँलेकै सहयोगमा बहिरबाट आएका १५ जना मान्छेलाई क्वारन्टीनमा राखिएको चौकुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले बताए।

    आफ्नो लागि आफैँ सचेत नहुने हो भने कोरोनाभाइरसलाई रोक्न नसकिने त्यसरी सुरक्षामा जुटेका युवाहरू बताउँछन्।चौकुने शोभानचौरका युवा टेकबहादुर सलामी सङ्कटको बेला गाउँको रक्षक भएर काम गर्दा खुशी लागेको बताउँछन्।

    उनी भन्छन, ‘पुलमा चौबिसै घण्टा खटिन थालेको दुई हप्ता भयो, हाम्रो कारणले गाउँ सुरक्षित हुन्छ भने जतिदिन पनि सेवा गर्न तयार छौँ।’गाउँलेकै सक्रियताले गर्दा सुरक्षा निकायको पहुँच नपुगेका गाउँघरमा पनि लकडाउन निकै प्रभावकारी देखिएको बताइएको छ।

    सरकारले एक स्थानीय तहदेखि अर्को स्थानीय तहमा जान रोक लगाएको छ भने गाउँलेहरूले एकबाट अर्को वडामा जान-आउन दिएका छैनन्। -बीबीसी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.