Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोरोना भाइरस नेपाल: उच्च जोखिममा गर्भवती र सुत्केरी महिला, लकडाउन अवधिमा ३० जनाको मृत्यु

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
जेष्ठ १६, २०७७
- कोभिड–१९, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    विश्वव्यापी महामारीको रूप लिएको कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिन भन्दै गरिएको लकडाउनको अवधिमा नेपालमा अहिलेसम्म ३० जना गर्भवती तथा सुत्केरी महिलाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

    मन्त्रालय अन्तर्गतको मातृ तथा नवशिशु शाखाका अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो सङ्ख्या झण्डै चार गुणा ज्यादा हो ।शाखाका प्रमुख डा. पुन्या पौडेलका अनुसार गतवर्ष यो अवधिमा ८ जना गर्भवती तथा सुत्केरी महिलाले ज्यान गुमाएका थिए ।

    उनी भन्छिन्, लकडाउनको अवधिमा २८ जना गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य संस्थामा पुगेपछि र दुई जनाको घरमै ज्यान गएको पाइएको छ । लकडाउनले गर्दा समयमै स्वास्थ्य संस्थामा पुर्‍याउन नसक्दा उनीहरूले अकालमै ज्यान गुमाउनु परेको पनि उनले बताइन्।

    अन्तिम समयमा मात्रै अस्पताल
    यातायातको असुविधाको साथै अस्पताल गए रोग सर्छ भन्ने डर जस्ता कारणले अन्तिम अवस्थामा मात्रै अस्पताल पुर्‍याउनु, रक्तश्राव, परिवारको लापरबाही, पाठेघर फुटेको जस्ता समस्याले अस्पताल पुगेपनि बचाउन नसकिएको चिकित्सकहरू बताउँछन्।

    नर्मल डेलीभरी गाउँकै स्वास्थ्य संस्थामा हुने र जटिल भएपछि अन्तिम अवस्थामा मात्रै सुविधासम्पन्न अस्पतालमा पुग्ने भएकोले बचाउन कठिन हुने गरेको केलहलपुर मेडिकल कलेजका निर्देशक डा. सुरेशकुमार कनोडिया बताउँछन्।

    उनी भन्छन्, ‘बच्चा अड्केको, हात पहिला निस्केको, बच्चाको मृत्यु भइसकेको, जन्मिने दिन नाघेका केसहरू अन्तिम समयमा मात्रै आउँछन्। बचाउने प्रयास गर्दागदै कतिपयको ज्यान जान्छ।’लकडाउनको अवधिमा गर्भवती तथा सुत्केरी महिलाको स्याहार कसरी गर्ने भन्ने सम्बन्धी गाइडलाइन बनाएको हुँदा अब स्वास्थ्य सेवा सुलभ हुने दाबी मातृ तथा नवशिशु शाखाको छ।

    अस्पतालमै मृत्यु
    शाखाका अनुसार लकडाउनको अवधिमा रौतहटको गौर अस्पताल, हेल्पिङ ह्याण्ड, सप्तरी, कलैया अस्पताल बारा, शिक्षण अस्पताल, कालिकोट, मेहलकुना अस्पताल सुर्खेत, पाँचथर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, धुलिखेल अस्पताल, चितवन मेडिकल कलेज, पोखरामा एक-एक जना गर्भवती तथा सुत्केरी महिलाको ज्यान गएको छ।

    यस्तै कपिलवस्तु अस्पतालमा दुई जना, युनिभर्सल मेडिकल कलेज रुपन्देहीमा तीन जना, बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना, कोहलपुर मेडिकल कलेजमा पाँच जना गर्भवती तथा सुत्केरी महिलाले ज्यान गुमाएका छन् ।

    घरमै सुत्केरी हुँन खोज्दा अछाम र बारामा एक-एक जना महिलाको ज्यान गएको बताइएको छ।सुत्केरी तथा गर्भवतीको अवस्था नाजुक बन्न थालेपछि मात्रै स्वास्थ्य संस्था लैजाने प्रवृत्तिले गर्दा ज्यान जोखिममा पर्ने स्वास्थ्यकर्मी बताउँछन्।

    नर्मल डेलीभरी गाउँमा
    यातायातको असुविधाले गर्दा गर्भवती तथा सुत्केरीहरूले नियमित जाँच गराउन नपाएको र डाक्टरको परामर्श नहुँदा, समयमै अस्पताल पुग्न नसकेको बताइएको छ।सबै ठाउँका स्वास्थ्य केन्द्र सुविधायुक्त छैनन्। नर्मल डेलीभरी गाउँकै स्वास्थ्य संस्थामा हुने तर जटिल हुन वित्तिकै तुरुन्तै अस्पताल ल्याउनुपर्नेमा समयमै ल्याउन नसक्दा गर्भवती तथा सुत्केरीलाई बचाउन कठिन हुने गरेको चिकित्सकहरू बताउँछन्।

    कोहलपुर मेडिकल कलेजका निर्देशक कनोडिया भन्छन्, ‘जति ढिलो हुन्छ त्यति नै जोखिम बढ्छ । त्यसैले जटिलताका लक्षण देखिने वित्तिकै तुरन्तै सुविधायुक्त अस्पताल लगिहाल्नुपर्छ।’उनी जति लकडाउन लम्बिन्छ त्यति नै गर्भवती तथा सुत्केरी महिला पनि जोखिममा पर्ने धारणा राख्छन्।

    गाउँमा सडक सुविधा नहुनु, भएपनि एम्बुलेन्सजस्ता यातायातका साधन नपाइनु, नीजि गाडीलाई चर्को भाडा तिर्नुपर्ने, डोको, स्ट्रेचरमा स्वास्थ्य संस्था वा सडक भएको ठाउँमा ल्याउनु पर्ने बाध्यताले गर्दा पनि समयमै अस्पताल पुर्‍याउन नसकिएको आफन्तहरू बताउँछन् ।

    यातायात असुविधा
    उनीहरू भन्छन्, गाउँका स्वास्थ्य संस्थामा आवश्यक उपकरण र दक्ष जनशक्ति नहुँदा गर्भवती तथा सुत्केरी महिला, नवजात शिशुले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था कायमै छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म १३५ र गतबर्ष २०८ जना गर्भवती तथा सुत्केरी महिलाले ज्यान गुमाएका छन्।

    यसपाली लकडाउन हुनुभन्दा अघि माघमा ८ र फागुनमा ११ जना गर्भवती तथा सुत्केरी महिलाको मुत्यु भएको थियो।लकडाउनको अवधिमा खासगरी गर्भवती तथा सुत्केरी महिलाहरू बढी जोखिममा परेको स्वास्थ्यकर्मीहरू बताउँछन्।

    सबै स्थानीय तहमा स्वास्थ्य संस्था, बर्थिङ्ग सेन्टर भएपनि आवश्यक स्रोत साधन नहुँदा बाहिर रेफर गर्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाई छ। कोरोनाको डरले अस्पताल जाँदैनन्

    चिकित्सकको सल्लाह
    कोरोना सङ्क्रमणको डरले कतिपय गर्भवती तथा सुत्केरी घरमै बस्नु परेकोले नियमित स्वास्थ्य चेकजाँचमा जान नपाएको गुनासो गर्छन् ।लकडाउन शुरु भएपछि गर्भवती तथा सुत्केरी महिलाहरूले धेरै समस्या झेल्नु परिरहेको कालिकोटकी कुशुमकला महतरा बताउँछिन् ।

    यही जेठ महिना बच्चा जन्मिने मिति छ, उनी भन्छिन, तर कोरोनाको डरले गर्दा लकडाउनका बेला गर्भजाँच गर्न अस्पताल गएको छैन। भिटामिन, क्याल्सियम र पोषिलो खानेकुरा पनि पाइएको छैन।गर्भवती तथा सुत्केरी अवस्थामा जुनसुकै बेला पनि जोखिम आउन सक्ने भएकोले पूर्व सावधानी अपनाउनु पर्ने चिकित्सहरू सल्लाह दिन्छन् ।

    प्रदेश अस्पताल सुर्खेतका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। केशर ढकाल अहिले सङ्क्रमणको उच्च जोखिम भएकोले खासगरी गर्भवती तथा सुत्केरी महिलाले खानेकुरा, सरसफाइ, नियमित स्वास्थ्य चेकजाँचमा विशेष ख्याल राख्नु पर्ने बताउँछन् ।

    उनी भन्छन्, कोडिभ-१९को बेला पनि गर्भवती तथा सुत्केरीलाई उपचार गर्न समस्या नभएकोले स्वास्थ्य संस्थामा आएर स्वास्थ्य जाँच गर्न, सल्लाह सुझाव र परामर्श लिन र आवश्यक परे फोनबाटै चिकित्सकको सल्लाह लिन सकिन्छ ।

    हवाई सेवा प्रभावकारी
    लकडाउनको समयमा जोखिमपूर्ण अवस्थामा रहेका दुर्गमका गर्भवती तथा सुत्केरीको लागि हवाई सेवा झन् बढी प्रभावकारी देखिएको छ ।यो अवधिमा जोखिमपूर्ण अवस्थामा रहेका १४ जना गर्भवती तथा सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार गरी बचाएको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

    बच्चाले पेटमै दिसा गरेको, सालनाल नझरेका, उच्च रक्तश्रावको समस्या भएका, बच्चा उल्टो भएर आमा र बच्चा दुवैको ज्यान जोखिममा परेकालाई उद्धार गरिएको मन्त्रालयमा राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई प्रमुख अञ्जु ढुंगानाले बताइन्।ढुंगाना भन्छिन्, सडक सञ्जालसँग जोडिएका तर लकडाउनले गर्दा गाडीहरू नचलेका विभिन्न ठाउँबाट पनि उद्धारको लागि आग्रह गरिएको थियो तर कार्यविधिमा नसमेटिएको हुनाले उद्धार गर्न सकिएन।

    गत वर्षदेखि सुरु भएको हवाई उद्धार कार्यक्रम अन्तर्गत अहिलेसम्म जोखिम अवस्थाका १०३ जना गर्भवती तथा सुत्केरीको उद्धार गरिएको उनी बताउँछिन्।लकडाउनकै बेला पनि हेलिकोप्टरबाट उद्धार गरिएका मध्ये दुई जना गर्भवती तथा सुत्केरी महिलाले ज्यान गएको देखिन्छ।

    लकडाउनको समयमा सुत्केरी तथा गर्भवती महिलालाई कतिपय स्थानीय तहले पोषणयुक्त खानेकुरा बाँड्ने, स्वास्थ्य संस्थामा जाँच गर्न जान प्रेरित गर्ने गर्दै आएको बताउँछन्।बीबीसी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.