Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोरोना भाइरस: मिथ्या सूचना कसले फैलाउँछ? यी हुन् सातथरीका मानिस

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
बैशाख २३, २०७७
- कोभिड–१९, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सामाजिक सञ्जालमा कोरोनाभाइरससम्बन्धी ‘कन्स्पिरसी थीअरी’ अर्थात् आधारहीन आशङ्काका कुरा, मिथ्या सूचना र विभिन्न अनुमानको बाढी नै छ। तर यस्ता हल्ला कसले सुरु गर्छ र कसले तिनलाई फैलाउँछ?

    बीबीसीले महामारीको समयमा हजारौँ त्यस्ता मिथ्या सूचनाहरूबारे अध्ययन गरेको छ।यसले हामीलाई मिथ्या सूचनाको पृष्ठभूमिमा को हुन्छ र के कुराले उनीहरूलाई यस्तो सूचना फैलाउन उत्प्रेरित गर्छ भन्ने विषयमा केही जानकारी दिएको छ।

    मिथ्या सूचना सुरु गर्ने र फैलाउने सातथरीका मानिसहरू यस्ता रहेछन्-

    ठट्टा गर्ने मानिस
    यूकेमा सरकारले वेम्ब्ली रङ्गशालामा लन्डनका बासिन्दालाई खुवाउन खानेकुरा पकाउने बारेको ह्वाट्सएपमा फैलिएको सूचना धेरैले पत्याएनन् होला। तर केहीले यसमा रहेको व्यङ्ग्य बुझेनन्।

    अर्को उदाहरण- एक जनाले नक्कली सरकारी एसएमएसको ‘स्क्रीनशट’ बनाए जसमा लकडाउनको बेला धेरै पटक घरबाहिर निस्केकोमा जरिवाना गरिएको बताइएको थियो।

    यो बनाउने व्यक्तिलाई लकडाउन भङ्ग नगर्न यसरी तर्साउनु रमाइलो हुन्छ भन्ने लागेको थियो। इन्स्टाग्राममा हालेपछि त्यो तस्बिर स्थानीय फेसबुक समूहमा पुग्यो जहाँ धेरैले यसलाई पत्याए।

    ‘मैले आतङ्क सिर्जना गर्न चाहेको होइन,’ नाम नबताउने शर्तमा ती व्यक्तिले भने। ‘तर कसैले त्यो तस्बिरलाई पत्याउँछ भने उसले इन्टरनेटमा आएका सूचनाहरूलाई ग्रहण गर्ने तरिकालाई परिवर्तन गर्नुपर्छ।’

    झुक्याएर ठग्ने मानिस ‘स्क्यामर’
    कसैले भने यो बेला सरकारी वा स्थानीय निकायका नक्कली सूचना बनाएर महामारीको बेलामा पैसा कमाउन खोजेका छन्।यस्तै एउटा ‘फुलफ्याक्ट’ नामक तथ्यजाँच संस्थाले भेट्टाएको सूचनामा सरकारले नागरिकलाई पैसा बाँड्ने भन्दै ब्याङ्क खाताको सूचना मागिएको थियो।

    यससम्बन्धी तस्बिरहरू फेसबुकमा थिए, तर एसएमएसबाट सुरु भएको कारण संलग्न व्यक्ति पत्ता लगाउन सहज छैन।त्यस्तै यूकेमा फेब्रुअरीमै अरू केहीले कोरोनाभाइरस उपचारबारे बुझ्न वा यसका कारण कर फिर्ता हुन्छ कि हुँदैन भन्ने बुझ्ने लिङ्क भन्दै इमेलमा नक्कली लिङ्कहरू पठाएका थिए।

    नेता
    मिथ्या सूचना इन्टरनेटको अँध्यारो कुनाबाट मात्रै आउँदैन।गत साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस सङ्क्रमितको शरीरमा पराबैजनी प्रकाश देखाएर वा शरीरमा निस्सङ्क्रमण गर्ने रसायनको सुई दिएर उपचार गर्न सकिन्छ कि भन्ने प्रश्न गरे।

    त्यो उनको अनुमान थियो, तर उनले तथ्यलाई असान्दर्भिक रूपमा प्रयोग गरेका थिए।उनले पछि त्यो कुरा व्यङ्ग्यात्मक भएको बताए, तर यसले मानिसहरूलाई स्वास्थ्य अधिकारीहरूले यस्तो गर्न हुन्छ कि हुँदैन भनेर सोध्न रोकेन।

    अमेरिकी राष्ट्रपतिले मात्रै होइन चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले अमेरिकी सेनाले वुहान शहरमा कोरोनाभाइरस फैलाएको दाबी गरे। रुसको टीभीमा षड्यन्त्रका यस्ता आशङ्काबारे छलफल भएको छ।

    षड्यन्त्र सिद्धान्तकार
    कोरोनाभाइरसबारे विद्यमान अन्योल षड्यन्त्रको आशङ्का र चर्चा गर्ने राम्रो जग बनेको छ। फेसबुकमा भाइरल भइरहेको एउटा त्यस्तै मिथ्या सूचनामा यूकेमा खोपको पहिलो परीक्षण गरिएको महिलाको मृत्यु भएको दाबी गरिएको छ।

    यूट्यूबबाट हटाइएको एउटा भिडिओमा फाईभजी (छन्) को सम्बन्ध कोरोनाभाइरससँग भएको दाबी गरिएको थियो।

    जानकार’स्रोत’
    कुनै बेला मिथ्या सूचना विश्वसनीय स्रोतबाटै फैलाइएको देखिन्छ। चिकित्सक वा प्राध्यापक वा अस्पतालका कर्मचारी वा पत्रकारबाटै यस्ता सूचना फैलिन्छन्।

    तर प्रायः त्यस्तो दाबी गर्ने तथाकथित जानकारहरूमा विषयवस्तुको विशेषज्ञता हुँदैन।यूकेमा एक महिलाले आतङ्कित स्वरमा कोरोनाभाइरसबाट युवा र स्वस्थ मानिसको मृत्यु भएको बताएको भाइरल सूचना त्यस्तै थियो। उनले त्यो कुरा एम्बुलेन्समा काम गर्ने भएकाले थाहा पाएको बताएकी थिइन्।

    उनलाई बीबीसीले आफ्नो कामको प्रमाण माग्दा दिन सकिनन्। त्यसैले उनी स्वास्थ्यकर्मी भएको पुष्टि हुन सक्दैन। तर उनले भनेका कुराहरू गलत थिए।

    नातेदार
    कहिलेकाहीँ हामीलाई प्राप्त मिथ्या सूचनाहरू यति चिन्ताजनक हुन्छन् कि हामी ती सूचना साथीभाइ र परिवारलाई पठाउँछौँ।यूकेमा ड्यानीएल बेकरले फेसबुकमा आएको त्यस्तै सूचना आफ्ना नातेदारहरूलाई पठाइन्।

    “सुरुमा मैले नचिनेको महिलाले पठाएको भएर मलाई अलि विश्वास लागेको थिएन, तर मैले यसलाई मेराजस्तै साना बच्चा भएको बहिनीलाई पठाएँ किनभने त्यो सत्य भए त सावधान हुनुपर्छ भन्ने लाग्यो।’ उनीहरू इष्टमित्र सुरक्षित रहून् भन्ने चाहन्छन्, तर त्यसले उनीहरूले पठाउने सूचना सत्य हुँदैन।

    चर्चित व्यक्ति
    नातागोताका मानिसले मात्रै होइन चर्चित व्यक्तिहरूले पनि मिथ्या सूचनाहरू भाइरल बनाउन सहयोग गरिरहेका हुन्छन्।चर्चित गायक वा कलाकारहरूले संसारभरि मिथ्या सूचनाहरू सामाजिक सञ्जालमा लाखौँ प्रशंसकसम्म पुर्‍याइरहेका छन्।

    रोएटर्स इन्स्टिट्यूटको एउटा अध्ययनमा मिथ्या सूचना भाइरल बनाउन चर्चित व्यक्तिहरूको मुख्य भूमिका रहेका निष्कर्ष निकालिएको थियो।उनीहरूको भनाइ कतिपय अवस्थामा सञ्चारमाध्यममा पनि पुग्छन् र झन् भाइरल हुन्छ।

    मारिआना स्प्रिङ को लेखन बीबीसीबाट

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.