Friday, March 5, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home स्वास्थ्य /शिक्षा कोभिड–१९

कोरोना भाइरस: मिथ्या सूचना कसले फैलाउँछ? यी हुन् सातथरीका मानिस

by पत्रपत्रिकाबाट
May 5, 2020
- कोभिड–१९, समाचार
कोरोना भाइरस: मिथ्या सूचना कसले फैलाउँछ? यी हुन् सातथरीका मानिस
Share on FacebookShare on TwitterEmail

सामाजिक सञ्जालमा कोरोनाभाइरससम्बन्धी ‘कन्स्पिरसी थीअरी’ अर्थात् आधारहीन आशङ्काका कुरा, मिथ्या सूचना र विभिन्न अनुमानको बाढी नै छ। तर यस्ता हल्ला कसले सुरु गर्छ र कसले तिनलाई फैलाउँछ?

बीबीसीले महामारीको समयमा हजारौँ त्यस्ता मिथ्या सूचनाहरूबारे अध्ययन गरेको छ।यसले हामीलाई मिथ्या सूचनाको पृष्ठभूमिमा को हुन्छ र के कुराले उनीहरूलाई यस्तो सूचना फैलाउन उत्प्रेरित गर्छ भन्ने विषयमा केही जानकारी दिएको छ।

मिथ्या सूचना सुरु गर्ने र फैलाउने सातथरीका मानिसहरू यस्ता रहेछन्-

ठट्टा गर्ने मानिस
यूकेमा सरकारले वेम्ब्ली रङ्गशालामा लन्डनका बासिन्दालाई खुवाउन खानेकुरा पकाउने बारेको ह्वाट्सएपमा फैलिएको सूचना धेरैले पत्याएनन् होला। तर केहीले यसमा रहेको व्यङ्ग्य बुझेनन्।

अर्को उदाहरण- एक जनाले नक्कली सरकारी एसएमएसको ‘स्क्रीनशट’ बनाए जसमा लकडाउनको बेला धेरै पटक घरबाहिर निस्केकोमा जरिवाना गरिएको बताइएको थियो।

यो बनाउने व्यक्तिलाई लकडाउन भङ्ग नगर्न यसरी तर्साउनु रमाइलो हुन्छ भन्ने लागेको थियो। इन्स्टाग्राममा हालेपछि त्यो तस्बिर स्थानीय फेसबुक समूहमा पुग्यो जहाँ धेरैले यसलाई पत्याए।

‘मैले आतङ्क सिर्जना गर्न चाहेको होइन,’ नाम नबताउने शर्तमा ती व्यक्तिले भने। ‘तर कसैले त्यो तस्बिरलाई पत्याउँछ भने उसले इन्टरनेटमा आएका सूचनाहरूलाई ग्रहण गर्ने तरिकालाई परिवर्तन गर्नुपर्छ।’

झुक्याएर ठग्ने मानिस ‘स्क्यामर’
कसैले भने यो बेला सरकारी वा स्थानीय निकायका नक्कली सूचना बनाएर महामारीको बेलामा पैसा कमाउन खोजेका छन्।यस्तै एउटा ‘फुलफ्याक्ट’ नामक तथ्यजाँच संस्थाले भेट्टाएको सूचनामा सरकारले नागरिकलाई पैसा बाँड्ने भन्दै ब्याङ्क खाताको सूचना मागिएको थियो।

यससम्बन्धी तस्बिरहरू फेसबुकमा थिए, तर एसएमएसबाट सुरु भएको कारण संलग्न व्यक्ति पत्ता लगाउन सहज छैन।त्यस्तै यूकेमा फेब्रुअरीमै अरू केहीले कोरोनाभाइरस उपचारबारे बुझ्न वा यसका कारण कर फिर्ता हुन्छ कि हुँदैन भन्ने बुझ्ने लिङ्क भन्दै इमेलमा नक्कली लिङ्कहरू पठाएका थिए।

नेता
मिथ्या सूचना इन्टरनेटको अँध्यारो कुनाबाट मात्रै आउँदैन।गत साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस सङ्क्रमितको शरीरमा पराबैजनी प्रकाश देखाएर वा शरीरमा निस्सङ्क्रमण गर्ने रसायनको सुई दिएर उपचार गर्न सकिन्छ कि भन्ने प्रश्न गरे।

त्यो उनको अनुमान थियो, तर उनले तथ्यलाई असान्दर्भिक रूपमा प्रयोग गरेका थिए।उनले पछि त्यो कुरा व्यङ्ग्यात्मक भएको बताए, तर यसले मानिसहरूलाई स्वास्थ्य अधिकारीहरूले यस्तो गर्न हुन्छ कि हुँदैन भनेर सोध्न रोकेन।

अमेरिकी राष्ट्रपतिले मात्रै होइन चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले अमेरिकी सेनाले वुहान शहरमा कोरोनाभाइरस फैलाएको दाबी गरे। रुसको टीभीमा षड्यन्त्रका यस्ता आशङ्काबारे छलफल भएको छ।

षड्यन्त्र सिद्धान्तकार
कोरोनाभाइरसबारे विद्यमान अन्योल षड्यन्त्रको आशङ्का र चर्चा गर्ने राम्रो जग बनेको छ। फेसबुकमा भाइरल भइरहेको एउटा त्यस्तै मिथ्या सूचनामा यूकेमा खोपको पहिलो परीक्षण गरिएको महिलाको मृत्यु भएको दाबी गरिएको छ।

यूट्यूबबाट हटाइएको एउटा भिडिओमा फाईभजी (छन्) को सम्बन्ध कोरोनाभाइरससँग भएको दाबी गरिएको थियो।

जानकार’स्रोत’
कुनै बेला मिथ्या सूचना विश्वसनीय स्रोतबाटै फैलाइएको देखिन्छ। चिकित्सक वा प्राध्यापक वा अस्पतालका कर्मचारी वा पत्रकारबाटै यस्ता सूचना फैलिन्छन्।

तर प्रायः त्यस्तो दाबी गर्ने तथाकथित जानकारहरूमा विषयवस्तुको विशेषज्ञता हुँदैन।यूकेमा एक महिलाले आतङ्कित स्वरमा कोरोनाभाइरसबाट युवा र स्वस्थ मानिसको मृत्यु भएको बताएको भाइरल सूचना त्यस्तै थियो। उनले त्यो कुरा एम्बुलेन्समा काम गर्ने भएकाले थाहा पाएको बताएकी थिइन्।

उनलाई बीबीसीले आफ्नो कामको प्रमाण माग्दा दिन सकिनन्। त्यसैले उनी स्वास्थ्यकर्मी भएको पुष्टि हुन सक्दैन। तर उनले भनेका कुराहरू गलत थिए।

नातेदार
कहिलेकाहीँ हामीलाई प्राप्त मिथ्या सूचनाहरू यति चिन्ताजनक हुन्छन् कि हामी ती सूचना साथीभाइ र परिवारलाई पठाउँछौँ।यूकेमा ड्यानीएल बेकरले फेसबुकमा आएको त्यस्तै सूचना आफ्ना नातेदारहरूलाई पठाइन्।

“सुरुमा मैले नचिनेको महिलाले पठाएको भएर मलाई अलि विश्वास लागेको थिएन, तर मैले यसलाई मेराजस्तै साना बच्चा भएको बहिनीलाई पठाएँ किनभने त्यो सत्य भए त सावधान हुनुपर्छ भन्ने लाग्यो।’ उनीहरू इष्टमित्र सुरक्षित रहून् भन्ने चाहन्छन्, तर त्यसले उनीहरूले पठाउने सूचना सत्य हुँदैन।

चर्चित व्यक्ति
नातागोताका मानिसले मात्रै होइन चर्चित व्यक्तिहरूले पनि मिथ्या सूचनाहरू भाइरल बनाउन सहयोग गरिरहेका हुन्छन्।चर्चित गायक वा कलाकारहरूले संसारभरि मिथ्या सूचनाहरू सामाजिक सञ्जालमा लाखौँ प्रशंसकसम्म पुर्‍याइरहेका छन्।

रोएटर्स इन्स्टिट्यूटको एउटा अध्ययनमा मिथ्या सूचना भाइरल बनाउन चर्चित व्यक्तिहरूको मुख्य भूमिका रहेका निष्कर्ष निकालिएको थियो।उनीहरूको भनाइ कतिपय अवस्थामा सञ्चारमाध्यममा पनि पुग्छन् र झन् भाइरल हुन्छ।

मारिआना स्प्रिङ को लेखन बीबीसीबाट

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

१५० रुपैयाँमा मन्त्रिपरिषदको निर्णय किन्थ्यो भारतीय दूतावास

3 years ago
नेपालको इतिहास र राजनीतिबारे कमल कोइराला (श्रृंखला १)

नेपालको इतिहास र राजनीतिबारे कमल कोइराला (श्रृंखला १)

3 months ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.