कोरोनाभाइरस–२ ले अमेरिकालाई पनि माग्ने बनायो

अमेरिकाले कोरोना भाइरस विरुद्धको लड्न ह्यान्ड स्यानिटाइजर देखि भेन्टिलेटरसम्म अरु देशहरुसँग सहयोगको याचना गरेकोछ। ट्रम्प प्रशासनले कोरोना भाइरस विरुद्ध लड्न विश्वभरिका देशहरुसँग ह्यान्ड स्यानिटाइजर देखि रेस्पिरेटरसम्मका वस्तुहरु उसलाई सित्तैमा वा बेच्न आग्रह गरेको छ।

सिएनएनलाई प्राप्त भएको सूचिमा स्टेट डिपार्टमेन्टले २५ वस्तुहरु सूचिकृत गरेको छ। यसका लागि आफ्ना कुटननीतिज्ञहरुलाई आफू कार्यरत देशलाई हाल उपलब्ध सामाग्रीहरुलाई प्राथमिकता दिदै केही हप्ताभित्र उपलब्ध हुनसक्ने सामाग्रीहरु प्रदान गर्न आग्रह गर्न निर्देशन दिएको छ।

यो आग्रह त्यस्तो समयमा आएको छ जुन समयमा राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो घरेलु हस्तक्षेप अगाडि बढाएका छन् र संघीय सरकारको रक्षासम्बन्धी उत्पादन ऐनलाई पुर्ण अधिकार लिदैं तर संघर्षरत राज्यहरु र अस्पतालहरुका लागि ती सामाग्री उत्पादन गर्ने मागलाई अस्विकार गरेका छन्।

यस प्रकारको आग्रह कतिवटा देशहरुलाई गरिएको छ भन्ने सूचना नदिइए पनि मागिएका सामाग्रीमा साधारणतर्फ बायोहजार्ड झोला, एन-९५ मास्क, पञ्जा, गाउन, शल्यक्रिया गर्दा लगाउने टोपी, जुत्ता छोप्ने बस्तु, सार्प कन्टेनर (धारिला औजार राख्ने भाडा), सुरक्षित चस्मा, ह्यान्ड स्यानिटाइजर र सुरक्षादिने ट्रयाक सुट (tyvek suits) बस्तुहरु छन्। जटिल सामाग्रीहरु औषधिसहितको इन्हेलर (metered dose inhaler), भेन्टिलेटरहरु, पुनप्रयोगयोग्य सुरक्षित अनुहार ढाकिने मास्क (elastomeric respirators) र  हावा स्वच्छ पार्ने पुनप्रयोगयोग्य सुरक्षित अनुहार ढाकिने मास्क (powered air purifying respirators) छन् ।

दक्षिण कोरिया सरकारका अनुसार गत मंगलबार ट्रम्पले ब्यक्तिगतरुपमा राष्ट्रपति मुन जाएसमक्ष दक्षिण कोरियाले उक्त मेडिकल सामाग्रीहरुमध्ये के कति प्रदान गर्न सक्छ भनी सोधेका छन्। प्रशासनले यो आग्रह त्यस्तो समयमा गरिरहेको छ जतिखेर ट्रम्पले जनमानसमन विल्कुलै भिन्दै सन्देश प्रवाह गरिरहेका छन्।

दक्षिण कोरियाका नेतासँग कुरा गरे लगत्तै मंगलबारको दैनिक कोरोना भाइरससम्बन्धी ब्रिफिङमा उनले चुनावी सभालाई सम्बोधन गरे झै भने,’अमेरिका कहिल्यै मगन्ते राष्ट्र बन्ने छैन। हामीले अनफु बाँच्नका लागि अरु देशमा भर पर्नु हुँदैन। हाम्रो आर्थिक सबलतालाई सुदृढ बनाउनु नै भाइरसलाई परास्त गर्ने अचुक अस्त्र हो। हामीले आफुलाई चाहिने बस्तु आफै उत्पादन गर्नुपर्छ र हामी त्यो काम राम्ररी गरिरहेका छौं’ भन्दै ट्रम्पले नीजि क्षेत्रको प्रशंसा गरेका थिए।

ट्रम्पका वरिष्ठ वाणिज्य अधिकारी पिटर नाभारोले दि न्यू यर्क टाइम्सलाई भने हामीले चिन समक्ष पनि आग्रह गरेका छौं। चीन त्यही देश हो जसलाई अमेरिकी प्रशासनले रोगसम्बन्धी सूचना लुकाएको आरोप बारम्बार लगाईरह्यो। ‘यदि चिन वा अन्य कुनै देशसँग हामीलाई आवस्यक परेका मास्क, पन्जा जस्ता सामाग्री छन् भने हामी खुला हृदयले त्यसको स्वागत गर्छौं’ उनले भने। – स्रोतः सिएनएन २०२० मार्च २५ Nicole Gaouette को रिपोर्ट

फेसबुकबाट तपाईको प्रतिक्रिया