Monday, April 12, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home स्वास्थ्य /शिक्षा कोभिड–१९

अमेरिकामा कोभिड-१९ बाट ज्यान गुमाउनेको सङ्ख्या एक लाख नाघ्यो

by पत्रपत्रिकाबाट
May 28, 2020
- कोभिड–१९, समाचार
चिनमा फैलिएको कोरोना भाइरसबारे तथ्य र भ्रामक कुराहरु
Share on FacebookShare on TwitterEmail

अमेरिकामा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुने मानिसहरूको सङ्ख्या एक लाख नाघेको जोन्स हप्किन्स युनिभर्सिटीको विवरणले जनाएको छ।तीन महिनाभन्दा केही बढी समयमा कोभिड-१९ बाट ज्यान गुमाउने अमेरिकीको सङ्ख्या कोरियाली युद्ध, भियतनाम युद्ध र इराकको द्वन्द्वमा ज्यान गुमाएका कुल अमेरिकीभन्दा धेरै छ।

अमेरिकामा २१ ज्यानुअरीमा पहिलोपटक वासिङ्टन राज्यमा देखिएको यस भाइरसको विश्वभरि रहेका सङ्क्रमितमध्ये झण्डै ३० प्रतिशत अमेरिकामा पुष्टि भएका छन्। विश्वभर ५६ लाखभन्दा बढी सङ्क्रमण पुष्टि हुँदा अहिलेसम्म अमेरिकामा झण्डै १७ लाख पाइएका छन्।

कति छिटो फैलियो?
अमेरिकामा नयाँ सङ्क्रमणका घटना देखिने दर कम भइरहँदा र राज्यहरूले लकडाउनका उपायहरू खुकुलो बनाइरहँदा पछिल्लो सङ्ख्या सार्वजनिक भएको हो।अमेरिकामा कोरोनाभाइरसको पहिलो सङ्क्रमण पाइएको दुई दिनपछि राष्ट्रपति डोनल्ड ट्रम्पले अवस्थालाई उनकै शब्दमा ‘पूर्ण रूपमा नियन्त्रणमा रहेको’ भन्दै नागरिकहरूलाई सबै ठिक हुने भनेर आश्वास्त पारेका थिए।

चार महिनाभित्रै हेर्ने हो भने भाइरस सबै ५० राज्यमा फैलिएन मात्र सङ्क्रमण र मृत्युको सङ्ख्यामा विश्वमै पहिलो नम्बरमा आएको थियो।ट्रम्पले सुरुमा महामारीबाट ‘५० देखि ६० हजार’ बीचमा मानिसहरूको मृत्यु हुनसक्ने बताएका थिए।मे महिनामा पुग्दा भने उनले त्यस्तो सङ्ख्या १ लाखभन्दा कम नै हुने आशा आफूले गरेको बताएका थिए।

अझै ‘दैनिक झण्डै एक हजारको मृत्यु’
मृत्यु सङ्ख्या एक लाख नाघिसक्दा अझै अमेरिकामा दैनिक रूपमा औसत एक हजार मानिसहरूले ज्यान गुमाइरहेका छन्।अहिलेको सङ्ख्या भनेको अमेरिकी जनसङ्ख्याको अनुपातमा प्रति एक लाखमा ३० जना अमेरिकीको मृत्यु हुनु सरह हो।

बेल्जियममा कुल झण्डै नौ हजार मानिसहरूले सङ्क्रमणबाट ज्यान गुमाए पनि त्यहाँको मृत्युदर भने सबैभन्दा उच्च प्रतिलाख ८२ छ। त्यस्तो सङ्ख्या प्रतिलाख ब्रिटेनमा ५६, इटलीमा ५५ र स्पेनमा ५८ छ।अमेरिकामा उच्च प्रभावित न्यूयोर्क राज्यमा मात्र मृत्युदर केलाउने हो भने त्यो प्रतिलाख १५० छ।पछिल्लो विवरण अनुसार अमेरिकामा एक करोड ५० लाख भन्दा धेरैको भाइरस परिक्षण गरिएको छ जुन अमेरिकी जनसङ्ख्याको झण्डै ४.५ प्रतिशत हो।

अगाडिको बाटो कस्तो छ?
एक समय अमेरिकामा ९० प्रतिशतभन्दा बढी मानिसहरू अनिवार्य लकडाउनमा थिए।तर अहिले धेरै राज्यहरूले घरमै बस्नुपर्ने नियम खुकुलो पारिरहेका छन्।राज्यहरूले लकडाउन खोल्नुअघिका लागि पूरा गर्नुपर्ने मापदण्ड ह्वाइटहाउसले बनाएको जनाएको छ।जसमा लगातार दुई साता वृद्धिदर घट्नुपर्ने उल्लेख भएपनि केही सीमित राज्यले मात्र त्यसको पालना गरेको विज्ञहरूले बताउँदै आएका छन्।

ह्वाइटहाउसका एकजना सल्लाहकार एन्थोनी फाउचीले भाइरस नियन्त्रणमा नआउँदै लकडाउन खुकुलो पारिँदा ‘थोरै बढ्ने देखिएको सङ्ख्या नै महामारी बन्ने’ भन्दै एउटा चेतावनी दिएका थिए।तर उनको भनाइ ट्रम्पसँगै बाझिएको छ जो राष्ट्रपतिमा पुर्ननिर्वाचित हुने आशा बोकेको चुनावी अभियान अगाडी नै अमेरिकी अर्थतन्त्र खुलाउन व्यग्र देखिन्छन्।अमेरिकामा यस महामारीसँगै उत्पन्न सङ्कटबाट अहिलेसम्म तीन करोड ९० लाख भन्दा बढीले रोजगारी गुमाएका विवरण सार्वजनिक भएका छन्।बीबीसी

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

निकोलाई चाउचेस्कु: अति महत्वकांक्षाको दुर्दान्त अन्त्य

निकोलाई चाउचेस्कु: अति महत्वकांक्षाको दुर्दान्त अन्त्य

10 months ago
कोलम्बस भन्दा करीव २५०० वर्ष अघि नै चीनियाँहरू अमेरिका पुगेका थिए

कोलम्बस भन्दा करीव २५०० वर्ष अघि नै चीनियाँहरू अमेरिका पुगेका थिए

4 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.