यूकेमा आगामी जाडोयाममा आउने कोरोनाभाइरस महामारीको दोस्रो लहरमा थप १,२०,००० मानिसको ज्यान जान सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्।
वस्तुपरक प्रक्षेपण गर्दा कस्तो देखिन्छ भनेर हेर्दा उनीहरूले करिब २५,००० देखि अढाइ लाखसम्मको अस्पतालमा मृत्यु हुनसक्ने अनुमान गरेका छन्। त्यतिखेर महामारी उत्कर्ष ज्यानुअरी तथा फेब्रुअरीमा पुग्ने ठानिएको छ।
हालसम्म यूकेमा ४४,००० भन्द बढी मानिसको ज्यान गएको तथ्याङ्क छ।तर वैज्ञानिकहरूले गरेको अनुमानमा लकडाउनको प्रभाव वा उपचार वा खोपको उपलब्धताबारे हिसाब गरिएको छैन।
जोखिम घट्न पनि सक्छ
अनि वैज्ञानिकहरूले भनेका छन्, “तत्काल कदमहरू चालिएमा यो जोखिम घट्न सक्छ।”यूकेका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालान्सको अनुरोधमा तयार पारिएको प्रतिवेदनमा जाडोयाममा कोरोनाभाइरसले कस्तो व्यवहार देखाउला भन्ने विषयमा अझै धेरै अनिश्चय रहेको पनि उल्लेख छ। बीबीसी