Friday, January 22, 2021
  • Login
No Result
View All Result
Nepal Readers
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • अर्थ
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • विचार
  • दस्तावेज
  • कोभिड–१९
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • अर्थ
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • विचार
  • दस्तावेज
  • कोभिड–१९
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

नेपालमा कोरोनाभाइरस – पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु, १ हजार १६ जना सङ्क्रमित

by पत्रपत्रिकाबाट
August 18, 2020
in कोभिड–१९, समाचार
42 1
0
नेपालगञ्‍जका नौ संक्रमित धर्मगुरुलाई भेटेका स्थानीयबासी
32
SHARES
Share on FacebookShare on Twitter

विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप सात जनाको मृत्यु भएको र १,०१६ नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो एकै दिन अहिलेसम्म दैनिक पुष्टि भएको सङ्क्रमितको उच्चतम सङ्ख्या हो।यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ११४ पुगेको छ भने सङ्क्रमितहरूको कुल सङ्ख्या २८,२५७ पुगेको छ।

अहिले देशभरि १०,५६३ जनामा सक्रिय सङ्क्रमण भएको जानकारी मङ्गलवार अपराह्न आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिए।सङ्क्रमितहरूमध्ये २,८८७ जना घरमै र बाँकी ६,७५२ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले बताएको छ।अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।

कोरोनाभाइरस
अहिले कोभिड-१९ का कारण मृत्यु पुष्टि भएका व्यक्तिमध्ये छ जना पुरुष र एक जना महिला हुन्।उनीहरू काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र तनहुँको भएको मन्त्रालयले जनाएको छ।

शुक्रवार ५९४, शनिवार ४६८, आइतवार ६४१ र सोमवार ५८१ जनामा सङ्क्रमण पुष्टि भएको थियो।यसअघि असार ४ गते ६७१, असार १० गते ६२९, असार १९ गते ७४०, साउन २७ गते ६३८ र साउन ३२ गते ६४१ जनामा सङ्क्रमण पुष्टि भएको थियो।मन्त्रालयले साउन ८ गते आठ जनाको मृत्यु भएको पुष्टि गरेको थियो।

को हुन् सङ्क्रमित?
सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्। तीमध्ये काठमाडौं उपत्यकाका २०५ जना छन्। त्यसैगरी पर्सामा १२८, मोरङमा १०८ र सर्लाहीमा १०७, धनुषामा ६४, चितवनमा ४९, डोटीमा ४६ र बारामा ४२ सङ्क्रमित फेला परेका हुन्।

के छ अरू तथ्याङ्क?
विगत २४ घण्टामा १३,४६१ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। यो अहिलेसम्मकै सर्वाधिक दैनिक परीक्षण भएको बताइएको छ।सोही अवधिमा ८५ जना भाइरसमुक्त प्रमाणित भए।

मन्त्रालयका अनुसार अहिलेसम्म १७,५८० सङ्क्रमित निको भएका छन्। निको हुने सङ्क्रमितको सङ्ख्या ६२.२ प्रतिशत छ।अहिले देशभरि क्वारन्टीनमा १३,९२६ जना छन्।

अहिले मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाण्डूमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। तर मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ।

पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

समानुपातिक प्रतिनिधित्व प्रणाली, यसको गणना विधि र नेपाल

3 years ago
क्रान्तिपछिको हालत क्रान्तिका शक्तिहरुको जस्तो हालत हुन्छ, त्यस्तै हुन्छ

क्रान्तिपछिको हालत क्रान्तिका शक्तिहरुको जस्तो हालत हुन्छ, त्यस्तै हुन्छ

1 year ago

Popular News

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • अर्थ
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • विचार
    • दस्तावेज
    • कोभिड–१९
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Create New Account!

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist