Friday, February 26, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

कोरोनाभाइरस: इजरेल र प्यालेस्टाइनद्वारा बेथ्लिहम नगरलाई क्वारन्टीनमा राख्ने निर्णय

by पत्रपत्रिकाबाट
March 6, 2020
- समाचार
Share on FacebookShare on TwitterEmail

सात जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि इजरेल तथा प्यालेस्टाइन प्रशासनले बेथ्लिहम नगरलाई क्वारन्टीनमा राख्ने निर्णय गरेका छन्।शुक्रवार रातिदेखि न प्यालेस्टिनी न त इजरेलीहरू उक्त सहर छाड्न वा त्यहाँ आउन पाउनेछन्।

यो निर्णय अर्को सूचना जारी नभएसम्मका लागि लागु हुनेछ।इजरेली रक्षामन्त्रीले प्यालेस्टिनी अधिकारीहरूसँगको समन्वयमा त्यसलाई कार्यान्वयन गर्न इजरेली सेनालाई आदेश दिएका छन्।यसअघि बेथ्लिहेमस्थित एउटा गिर्जाघर बन्द गरिएको थियो।

प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले कोरोनाभाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि वेस्ट ब्याङ्कमा एक महिने सङ्कटकाल घोषणा गरेका छन्।

अर्थतन्त्रमा असर
कोरोनाभाइरसका कारण अर्थतन्त्रमा पर्नसक्ने असरको डरका कारण अमेरिकी शेअर बजारमा निकै गिरावट आएको छ।डाउ जोन्स इन्डस्ट्रियल एभरेज नौ सय सत्तरी विन्दु अर्थात् तीन दशमलव ६ प्रतिशतले तल झरेको छ।उक्त भाइरस सङ्क्रमणका कारण विश्वभर पर्यटन उद्योगमा पहिले नै नकारात्मक असर पर्न थालिसकेको छ।

त्यसले गर्दा यात्रा, पर्यटन, उड्डयन, समुद्री यात्रालगायतका व्यवसायमा गम्भीर मन्दी आएको छ।अमेरिकी विमान सेवा कम्पनीका साथसाथै विमान निर्माता कम्पनीको शेअरमा पनि गिरावट आएको छ। युरोपेली शेअर बजार पनि ओरालो लागेको छ।

बजेट पारित
यसैबीच अमेरिकी माथिल्लो सदन सिनेटले कोरोनाभाइरस सङ्क्रमण फैलनबाट रोक्ने प्रयासका लागि आठ दशमलव तीन अर्ब डलर बराबरको बजेट स्वीकृत गर्ने एउटा आकस्मिक विधेयक पारित गरेको छ।बुधवार उक्त विधेयक तल्लो सदनले पारित गरेको थियो। त्यसलाई अब राष्ट्रपति डोनल्ड ट्रम्पसमक्ष हस्ताक्षर गरी लागु गर्नका लागि पठाइनेछ।

तीन अर्ब डलरभन्दा बढी कोरोनाभाइरसविरुद्धको भ्याक्सिन विकास गर्न, ,परीक्षण गर्न र परीक्षणका लागि सारजामको व्यवस्था गर्नका लागि खर्च गरिनेछ।बाँकी रकम कोरोनाभाइरसको सङ्क्रमणसँग लड्ने अन्तर्राष्ट्रिय पहलका लागि खर्च हुनेछ।कोरोनाभाइरस सङ्क्रमण रोक्ने कार्यको नेतृत्व गरिरहेका अमेरिकी उपराष्ट्रपति माइक पेन्सले अमेरिकासँग अहिले पनि उक्त भाइरस परीक्षण गर्ने पर्याप्त सारजामहरू नभएको बताएका छन्।

उता इटलीले हालसम्म कोरोनाभाइरस सङ्क्रमणका कारण एक सय ४० जनाको मृत्यु भएको विश्वास गरेको बताएको छ।बुधवारको तुलनामा त्यो करिब ४० प्रतिशतको वृद्धि हो। बीबीसी

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Facebook Twitter Youtube

© 2021 Nepal Readers

No Result
View All Result
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे

© 2021 Nepal Readers

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.