Date
शुक्र, फाल्गुन २२, २०८२
Fri, March 6, 2026
Friday, March 6, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोरोनाभाइरस: यूएई र अस्ट्रेलियामा नेपाली नागरिकमा सङ्क्रमण देखियो, के गर्दैछन् दूतावास

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
फाल्गुन २७, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत दुई नेपालीमा नयाँ कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएपछि त्यहाँ स्थित नेपाली राजदूतवासले उनीहरूसँग सम्पर्क गर्ने प्रयास भइरहेको बताएको छ। अस्ट्रेलियामा पनि एक नेपाली विद्यार्थी सङ्क्रमित भएका र उनको स्थिति सामान्य रहेको बताइएको छ।

    यूएईको स्वास्थ्य मन्त्रालयले थप १४ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गर्दै तीमध्ये दुई जना नेपाली भएको सोमवार साँझ जनाएको थियो।उक्त सूचना आएपछि सङ्क्रमित नेपाली नागरिकबारे चासो राखेर उनीहरूको पहिचान गर्ने र सम्पर्कमा पुग्ने प्रयास गरिएको राजदूत कृष्णप्रसाद ढकालले बताए।

    उनले भने, ‘दुईजना नेपाली सङ्क्रमित भएको भन्ने सूचना जारी भयो। हिजो होली भएकाले हाम्रो दूतावास पनि बन्द थियो। सूचना जारी हुँदा यहाँका कार्यालयहरू पनि बन्द भइसकेका थिए।’

    ‘तर त्यसपछि हामीले चासो राखेर ती नेपाली को हुन् भन्ने जानकारी लिन खोजिरहेका छौँ। आज कार्यालय सुरु भएपछि त्यसबारे जानकारी हुनेछ। हामी थप जानकारी लिने र केही सहयोग गर्न सकिने भए सहयोग गर्ने भन्ने तयारीमा छौँ,’ढकालले भने।

    https://www.facebook.com/mohapuae/photos/a.2163990150318415/3043089882408433/?tye=3&theater

     

    अन्य नेपालीलाई सतर्क हुन आह्वान
    राजदूत ढकालले यूएईमा कोरोनाभाइरस सङ्क्रमण फैलिन थालेपछि नेपालीहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको जानकारी दिए।कामदारका रूपमा यूएईसहित विभिन्न अरब देशमा गएका नेपाली कामदारहरू ठूलो सङ्ख्यामा एउटै कोठामा बस्ने गरेका छन्।त्यसैले उनीहरूमा सङ्क्रमण फैलिन सक्ने जोखिममा भएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

    सबैले बुझून् भनेर नेपाली भाषामा नेपालीहरू सम्बद्ध सङ्घसंस्थामार्फत् चेतनामूलक जानकारी दिइएको राजदूत ढकालले बताए।नेपाली दूतावासले कोरोनाभाइरसको लक्षण देखिएमा तत्कालै यूएईस्थित त्यहाँको स्वास्थ्य मन्त्रालयका विभिन्न निकाय वा नेपाली दूतावासमा सम्पर्क गर्न सूचना जारी गरेको छ।राजदूत ढकालका अनुसार हाल यूएईमा दुई लाख ७५ हजारभन्दा बढी नेपाली कामदार कार्यरत छन्।

    उनले भने, ‘हामीले आवश्यक सूचना प्रवाह गर्नुका साथै चाहिनेभन्दा बढी त्रास पनि सिर्जना नहोस् भनेर सतर्क रहेका छौँ। आवश्यक सहयोगको अपील पनि गरेका छौँ।’

    अस्ट्रेलियाको दूतावास सङ्क्रमित नेपालीको सम्पर्कमा
    अस्ट्रेलियामा पनि एक नेपालीलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ।ती व्यक्तिसँग आफू नियमित सम्पर्कमा रहेको र उनको स्वास्थ्य सामान्य रहेको अस्ट्रेलियास्थित नेपाली दूतावासले जनाएको छ।दूतावासकी कन्सुलर दुरपदा सापकोटाले भनिन्, ‘तास्मानियाको होबर्टमा एक नेपाली विद्यार्थीमा सङ्क्रमण भेटिएको हो। उनीसँग हामी नियमित सम्पर्कमा छौँ।’

    ‘हिजो मात्रै पनि मेरो उनीसँग कुराकानी भएको थियो।ती नेपाली युवकलाई स्थानीय अस्पतालमा आइसोलेशन वार्डमा राखेर उपचार भइरहेको उनले बताइन्।उनले भनिन्, ‘हामीले सहयोगको आवश्यक परे सम्पर्क गर्न भनेका छौँ। उनले हाल आफ्नो अवस्था सामान्य रहेको जानकारी गराएका छन्। हाम्रो अस्पतालसँग पनि कुराकानी भयो। अस्पतालले पनि उनको अवस्था सामान्य रहेको जानकारी दिएको छ।’

    https://www.facebook.com/permalink.php?story_fbid=1094904927513705&id=424247651246106

    स्वास्थ्य क्षेत्रमा काम गर्नेलाई सावधान हुन आग्रह
    अस्ट्रेलियास्थित नेपाली दूतावासले विशेषगरी त्यहाँको स्वास्थ्यक्षेत्रमा कार्यरत नेपालीहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। सापकोटाले भनिन्, ‘यहाँ अस्पताल वा एजिङ सेन्टर (वृद्धवृद्धाको हेरचार गरिने केन्द्र) मा धेरै नेपालीहरू कार्यरत छन्। यदि कसैलाई सङ्क्रमण भएको रहेछ भने उनीहरूमा पनि सर्न सक्छ भनेर हामीले विशेष ध्यान दिन आग्रह गरेका छौँ।’

    दूतावासले सूचना जारी गरेर तथा त्यहाँस्थित नेपालीहरूका सङ्घसंस्थामार्फत् सतर्कताको आह्वान गरेको उनले जानकारी दिइन्।’यहाँ नेपालीसम्बद्ध सङ्घसंस्थाले सातैपिच्छे कार्यक्रमहरू गरिरहेका हुन्छन्। त्यस्ता कार्यक्रम पनि नगर्नू भनेका छौँ,’ उनले भनिन्, ‘सार्वजनिक यातायातमा पनि विशेष सावधानी अपनाउन आग्रह गरेका छौँ।’

    दूतावासका अनुसार गत डिसेम्बरसम्मको तथ्याङ्कअनुसार अस्ट्रेलियामा ५३,००० नेपाली विद्यार्थी छन्। त्यस्तै त्यहाँको स्थायी बसोबास अनुमति पाएका तथा भ्रमणका लागि जाने अभिभावकहरूको सङ्ख्या झन्डै एक लाख सात हजार रहेको छ।नेपाली नागरिक तथा त्यहाँका नागरिक भइसकेका नेपालीहरूको कुल सङ्ख्या झन्डै एक लाख ६० हजार रहेको सापकोटाले बताइन्।

    https://www.facebook.com/permalink.php?story_fbid=1094904927513705&id=424247651246106

     

    सबै दूतावासमा उच्च सतर्कता
    परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार नेपालीहरू धेरै रहेका देशका दूतावासहरू उच्च सतर्कताको अवस्थामा छन्।मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भने, ‘नेपालीहरू धेरै रहेका तथा कोरोनाभाइरस सङ्क्रमणको जोखिम क्षेत्रमा रहेका दूतावासहरू उच्च सतर्क अवस्थामा छन्। त्यहाँका नेपालीहरूलाई पनि दूतावासहरूले सतर्कता अपनाउन विशेष आह्वान गरिरहेका छन्।’

    दूतावासहरूले नेपालीहरूलाई भिडभाडमा नजान आग्रह गरिरहेको उनले बताए।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले पनि नेपाली कामदारहरू रहेका मुलुकहरूमा नेपाल सरकारका नियोगहरूसँग सम्पर्कमा रहेर कामदारको सुरक्षाका लागि पहल गरिरहेको जानकारी दिए। बीबीसी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.