Saturday, February 27, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

कोरोनाभाइरस: यूएई र अस्ट्रेलियामा नेपाली नागरिकमा सङ्क्रमण देखियो, के गर्दैछन् दूतावास

by पत्रपत्रिकाबाट
March 10, 2020
- समाचार
कोरोनाभाइरस: यूएई र अस्ट्रेलियामा नेपाली नागरिकमा सङ्क्रमण देखियो, के गर्दैछन् दूतावास
Share on FacebookShare on TwitterEmail

संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत दुई नेपालीमा नयाँ कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएपछि त्यहाँ स्थित नेपाली राजदूतवासले उनीहरूसँग सम्पर्क गर्ने प्रयास भइरहेको बताएको छ। अस्ट्रेलियामा पनि एक नेपाली विद्यार्थी सङ्क्रमित भएका र उनको स्थिति सामान्य रहेको बताइएको छ।

यूएईको स्वास्थ्य मन्त्रालयले थप १४ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गर्दै तीमध्ये दुई जना नेपाली भएको सोमवार साँझ जनाएको थियो।उक्त सूचना आएपछि सङ्क्रमित नेपाली नागरिकबारे चासो राखेर उनीहरूको पहिचान गर्ने र सम्पर्कमा पुग्ने प्रयास गरिएको राजदूत कृष्णप्रसाद ढकालले बताए।

उनले भने, ‘दुईजना नेपाली सङ्क्रमित भएको भन्ने सूचना जारी भयो। हिजो होली भएकाले हाम्रो दूतावास पनि बन्द थियो। सूचना जारी हुँदा यहाँका कार्यालयहरू पनि बन्द भइसकेका थिए।’

‘तर त्यसपछि हामीले चासो राखेर ती नेपाली को हुन् भन्ने जानकारी लिन खोजिरहेका छौँ। आज कार्यालय सुरु भएपछि त्यसबारे जानकारी हुनेछ। हामी थप जानकारी लिने र केही सहयोग गर्न सकिने भए सहयोग गर्ने भन्ने तयारीमा छौँ,’ढकालले भने।

Posted by Ministry of Health & Prevention on Monday, 9 March 2020

 

अन्य नेपालीलाई सतर्क हुन आह्वान
राजदूत ढकालले यूएईमा कोरोनाभाइरस सङ्क्रमण फैलिन थालेपछि नेपालीहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको जानकारी दिए।कामदारका रूपमा यूएईसहित विभिन्न अरब देशमा गएका नेपाली कामदारहरू ठूलो सङ्ख्यामा एउटै कोठामा बस्ने गरेका छन्।त्यसैले उनीहरूमा सङ्क्रमण फैलिन सक्ने जोखिममा भएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

सबैले बुझून् भनेर नेपाली भाषामा नेपालीहरू सम्बद्ध सङ्घसंस्थामार्फत् चेतनामूलक जानकारी दिइएको राजदूत ढकालले बताए।नेपाली दूतावासले कोरोनाभाइरसको लक्षण देखिएमा तत्कालै यूएईस्थित त्यहाँको स्वास्थ्य मन्त्रालयका विभिन्न निकाय वा नेपाली दूतावासमा सम्पर्क गर्न सूचना जारी गरेको छ।राजदूत ढकालका अनुसार हाल यूएईमा दुई लाख ७५ हजारभन्दा बढी नेपाली कामदार कार्यरत छन्।

उनले भने, ‘हामीले आवश्यक सूचना प्रवाह गर्नुका साथै चाहिनेभन्दा बढी त्रास पनि सिर्जना नहोस् भनेर सतर्क रहेका छौँ। आवश्यक सहयोगको अपील पनि गरेका छौँ।’

अस्ट्रेलियाको दूतावास सङ्क्रमित नेपालीको सम्पर्कमा
अस्ट्रेलियामा पनि एक नेपालीलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ।ती व्यक्तिसँग आफू नियमित सम्पर्कमा रहेको र उनको स्वास्थ्य सामान्य रहेको अस्ट्रेलियास्थित नेपाली दूतावासले जनाएको छ।दूतावासकी कन्सुलर दुरपदा सापकोटाले भनिन्, ‘तास्मानियाको होबर्टमा एक नेपाली विद्यार्थीमा सङ्क्रमण भेटिएको हो। उनीसँग हामी नियमित सम्पर्कमा छौँ।’

‘हिजो मात्रै पनि मेरो उनीसँग कुराकानी भएको थियो।ती नेपाली युवकलाई स्थानीय अस्पतालमा आइसोलेशन वार्डमा राखेर उपचार भइरहेको उनले बताइन्।उनले भनिन्, ‘हामीले सहयोगको आवश्यक परे सम्पर्क गर्न भनेका छौँ। उनले हाल आफ्नो अवस्था सामान्य रहेको जानकारी गराएका छन्। हाम्रो अस्पतालसँग पनि कुराकानी भयो। अस्पतालले पनि उनको अवस्था सामान्य रहेको जानकारी दिएको छ।’

नेपाली राजदूतावास, क्यानबेराको अपिलकेही समयदेखि विश्वका अधिकांश मुलुकहरूमा कोरोना भाइरस (COVID-19) बाट…

Posted by Embassy of NEPAL , Australia on Sunday, 8 March 2020

स्वास्थ्य क्षेत्रमा काम गर्नेलाई सावधान हुन आग्रह
अस्ट्रेलियास्थित नेपाली दूतावासले विशेषगरी त्यहाँको स्वास्थ्यक्षेत्रमा कार्यरत नेपालीहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। सापकोटाले भनिन्, ‘यहाँ अस्पताल वा एजिङ सेन्टर (वृद्धवृद्धाको हेरचार गरिने केन्द्र) मा धेरै नेपालीहरू कार्यरत छन्। यदि कसैलाई सङ्क्रमण भएको रहेछ भने उनीहरूमा पनि सर्न सक्छ भनेर हामीले विशेष ध्यान दिन आग्रह गरेका छौँ।’

दूतावासले सूचना जारी गरेर तथा त्यहाँस्थित नेपालीहरूका सङ्घसंस्थामार्फत् सतर्कताको आह्वान गरेको उनले जानकारी दिइन्।’यहाँ नेपालीसम्बद्ध सङ्घसंस्थाले सातैपिच्छे कार्यक्रमहरू गरिरहेका हुन्छन्। त्यस्ता कार्यक्रम पनि नगर्नू भनेका छौँ,’ उनले भनिन्, ‘सार्वजनिक यातायातमा पनि विशेष सावधानी अपनाउन आग्रह गरेका छौँ।’

दूतावासका अनुसार गत डिसेम्बरसम्मको तथ्याङ्कअनुसार अस्ट्रेलियामा ५३,००० नेपाली विद्यार्थी छन्। त्यस्तै त्यहाँको स्थायी बसोबास अनुमति पाएका तथा भ्रमणका लागि जाने अभिभावकहरूको सङ्ख्या झन्डै एक लाख सात हजार रहेको छ।नेपाली नागरिक तथा त्यहाँका नागरिक भइसकेका नेपालीहरूको कुल सङ्ख्या झन्डै एक लाख ६० हजार रहेको सापकोटाले बताइन्।

नेपाली राजदूतावास, क्यानबेराको अपिलकेही समयदेखि विश्वका अधिकांश मुलुकहरूमा कोरोना भाइरस (COVID-19) बाट…

Posted by Embassy of NEPAL , Australia on Sunday, 8 March 2020

 

सबै दूतावासमा उच्च सतर्कता
परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार नेपालीहरू धेरै रहेका देशका दूतावासहरू उच्च सतर्कताको अवस्थामा छन्।मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भने, ‘नेपालीहरू धेरै रहेका तथा कोरोनाभाइरस सङ्क्रमणको जोखिम क्षेत्रमा रहेका दूतावासहरू उच्च सतर्क अवस्थामा छन्। त्यहाँका नेपालीहरूलाई पनि दूतावासहरूले सतर्कता अपनाउन विशेष आह्वान गरिरहेका छन्।’

दूतावासहरूले नेपालीहरूलाई भिडभाडमा नजान आग्रह गरिरहेको उनले बताए।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले पनि नेपाली कामदारहरू रहेका मुलुकहरूमा नेपाल सरकारका नियोगहरूसँग सम्पर्कमा रहेर कामदारको सुरक्षाका लागि पहल गरिरहेको जानकारी दिए। बीबीसी

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Connect with us

Recommended

दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला १ (ग्वाटेमाला)

2 years ago
संयुक्त राज्य अमेरिका र चीनका बीचको पहिलो शसस्त्र मुठभेट

संयुक्त राज्य अमेरिका र चीनका बीचको पहिलो शसस्त्र मुठभेट

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.