चीनमा तस्करी गरेर ल्याइएको सालकमा यस्तो भाइरस भेटिएको पुष्टि भएको छ जो सम्पूर्ण रुपमा कोरोना भाइरससँग मेल खान्छ । एक अन्तर्राष्ट्रिय टीमको भनाई छ कि भविष्यमा यस किसिमको संक्रमण हटाउनु छ भने जंगली जीव जनावरको बजारमा बिक्री पूर्ण रुपमा रोक लगाउन आवश्यक छ।
सालक स्तनधारी जीव हो जसको मासु खाना र पारम्परिक औषधिको रुपमा प्रयोग हुन्छ । यो अधिक तस्करी हुने मध्येको एक जीव हो ।चमेरोलाई कोरोना भाइरसको मूल श्रोत रहेको दाबी गरिएको थियो ।नेचर जर्नलमा प्रकाशित एक नयाँ अनुसन्धान पत्रमा अनुसन्धानकर्ताले भनेका छन्, ‘उनीहरुको आनुवंशिक डाटाले यो देखाउँछ कि यी जनावरमाथि अतिरिक्त निगरानी अपनाउनुपर्छ र बजारमा यसको बिक्रीमा कडा प्रतिबन्ध लगाउनुपर्छ ।’
अनुसन्धानकर्ताका अनुसार चीन र दक्षिण पूर्व एशियाको जंगलमा पाइने सालकमा अतिरिक्त निगरानी राख्नुपर्ने आवश्यकता छ किनभने कोरोना भाइरस जन्माउनमा उनीहरुको भूमिका र भविष्यमा मानिसहरुमा त्यो संक्रमणको खतराबारे एउटा निश्चित बुझाई पत्ता लगाउन आवश्यक छ ।यो जीवको छाला एशियामा पारम्परिक चिनियाँ औषधी बनाउन विशेष माग हुन्छ । सालकको मासु निकै स्वादिष्ट मानिन्छ ।