काठमाडौंको वशन्तपुरबाट शुक्रवार एउटा समूह बाँसको खटमा मुर्दा बोकेर सिंहदरबारतर्फ अघि बढ्यो। सामान्य अवस्थामा खटमा मृत मान्छे हुन्छन् तर एउटी सरसुहाउँदो युवती खटमा बसेकि थिइन् । त्यसलाई बोकेर सेतो पहिरनमा रहेका युवाहरूको एउटा टोली सिंहदरबारतर्फ अघि बढेको थियो । मुलुकका विभिन्न ठाउँमा भएका महिला हिंसा तथा प्रधानमन्त्री खड्गप्रसाद ओलीले गरेको प्रतिगमनको विरुद्धमा काठमाडौंमा निक्लेको महिला मार्चको आकर्षणको केन्द्र बनेको थियो मुर्दा र मलामी ।
विरोध -यालीमा सरकारले महिला हिंसा रोक्न नसकेको, बलात्कार र हत्याका घटनाहरू नरोकिएको भन्दै आक्रोश पोखिएको छ । ‘प्रतिगमनविरुद्ध वृहत् नागरिक आन्दोलन’ नामको ब्यानरमा प्रदर्शनमा उत्रिएका उनीहरूले संविधान संरक्षण गर्न, बलात्कारीलाई सजाय दिन तथा हत्यारा पहिचान गरी कारबाही गर्न माग गरेका छन् । विरोध कार्यक्रममा पत्रकार नारायण वाग्ले, कवि श्रवण मुकारुङ, श्रष्टा निनु चापागाईँ, कथाकार इस्माली, रङ्गकर्मी घिमिरे युवराज, जनता समाजवादी पार्टीकी नेतृ एवं पूर्वमन्त्री हिसिला यमी, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी लगायत सहभागी छन् ।
गृहमन्त्रालयअन्र्तगको अध्यागमन विभागले महिलाहरू विदेश जानका लागि घरको अथवा स्थानीय निकायको सिफारिस लिनुपर्ने प्रावधानको पनि आलोचना गरेका थिए । आन्दोलनमा सम्बोधन गर्दै अभियन्ता हिमा विष्टले ‘माइ भजाइना विल भोट यु आउट’ भन्दै महिलाहरूको अस्तित्व नस्विकार्ने राज्यलाई लल्कारेकी थिइन् । आन्दोलनको क्रममा भद्रकालीको सडकमा शिल्पी थिएटरले नाटक प्रदर्शन गरेका छन् ।