Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

हिम्मत गर्नुस्, कोरोना जितिन्छ, म बूढी मान्छेले त जितेँ: पानादेवी

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
बैशाख १३, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    रासस/प्रकाश मिश्र। कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत लम्कीचुहा नगरपालिका–१ लम्की भुरुवाकी ६१ वर्षीया पानादेवी विक कोरोनालाई जितेर बिहीबार घर फर्किएकी छिन् । विश्वमा महामारीका रूपमा रहेको कोरोनाको सङ्क्रमण नेपालमा अहिलेसम्म ४८ जनामा देखिएको छ भने १० जना कोरोनालाई जितेर घर फर्किसकेको तथ्याङ्क रहेको छ । प्रदेश नम्बर २ को वीरगञ्जमा श्रीमानले सञ्चालन गरेको चिया पसलमा सघाउँदै आएकी विकलाई कैलाली आउनेबित्तिकै लम्की बहुमुखी क्याम्पसमा सञ्चालन रहेको क्वारेन्टाइनमा राखिएको थियो । दुई हप्ता क्वारेन्टाइनमा रहँदा पनि कुनै लक्षण नदेखिएपछि विकलाई स्वाब सङ्कलन गरी घर पठाइएको थियो । घर पठाइएको तीन दिनमा रिपोर्ट पोजेटिभ देखिएपछि लम्की क्षेत्रमा एक किसिमको तरंग नै फैलिएको थियो । संक्रमण देखिएपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको थियो । अस्पतालका अनुसार उनको लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । उनै कोरोना विजेता विकसँको कुराकानीः

    विश्वभर महामारीका रूपमा फैलिएको कोरोनालाई पराजित गर्नुभएको छ, कस्तो लागिरहेको छ?
    –मलाई दमको रोग छ, त्यसैले कहिलेकाहीँ चिन्ता हुन्थ्यो । त्यसबाहेक मलाई म ठीक हुन्छु भन्ने विश्वास थियो । मैले हिम्मत कहिल्यै हारिन, जहिले पनि ठीक हुन्छु भन्ने सोचेर बस्थेँ । अन्तिममा सबै डाक्टर, नर्सहरूको रेखदेखले म ठीक भएँ । सबैलाई सताइरहेको यो रोगलाई जित्न सकेकोमा निकै खुशी छु ।

    तपाईँ त उमेरले पनि तीन बीस कटेको मान्छे, अस्पतालमा डाक्टर तथा नर्सहरूको व्यवहार कस्तो पाउनुभयो?
    –मैले खूबै राम्रो व्यवहार पाएँ अस्पतालका डाक्टर तथा नर्सहरूबाट । उहाँहरू मलाई राम्ररी आमा भनेर बोलाउनुहुन्थ्यो, सरसफाइमा ध्यान दिनुपर्छ भनेर सिकाउनुहुन्थ्यो । आमा धेरै चिन्ता नगर्नुस्, तपाईँ सञ्चो भइहाल्नुहुन्छ भनेर हिम्मत बढाउने काम गर्नुहुन्थ्यो । मैले समग्रमा अस्पतालमा आफूप्रति गरिएको व्यवहार धेरै राम्रो पाएँ । डाक्टर तथा नर्सहरूलाई धेरै धेरै धन्यवाद मेरो तर्फबाट ।

    शुरुमा कोरोना लाग्यो भनेर थाहा पाउँदा कस्तो लागेको थियो, म ठीक हुन्छु जस्तो लागेको थियो?
    –म वीरगञ्जबाट आउनेबित्तिकै क्वारेन्टाइनमा बसेँ । शुरुमा कुनै लक्षण नदेखिएपछि घर गएँ तर तीन दिनपछि कोरोना लागेको भन्ने खबर सुन्दा डर नलाग्ने कुरै भएन । शुरुमा म धेरै डराएको थिएँ तर पछि लाग्यो, काल नआईकन कसरी मरिएला र रु त्यसैले हिम्मत बढाएर बसेँ र कोरोनालाई जितेर घर आएको छु ।

    तपाईँलाई कोरोना ठीक भयो भनेर डाक्टरले भन्दा कस्तो लागेको थियो? ककलाई सम्झनुभयो?
    –ओहो, कुरै नगर्नुस्, कत्ति खुशीँ थिएँ भन्ने कुरा म भन्नै सक्दिन । मलाई यो रोग ठीक भयो भन्ने सुन्दाका बखत आफ्ना छोरा, नाति, आफन्त तथा देवीदेउतालाई सम्झिएँ । माथितिर हेरेर बेस्सरी चिच्याएँ, सोच्नुस् त्यति खुशी मैले जीवनमा कहिल्यै पाएको थिएन । मैले आफूलाई आफ्ना सारा दुश्मन हराएर आएको सैनिक जस्तो सोचिरहेको थिएँ ।

    तपाइँसँग त मोबाइल पनि छैन, अस्पतालमा कसरी बिताउनुभयो एघार दिन?
    –क्या गरुँ बाबु, अस्पतालको कोठामा आफ्ना बालबच्चा सम्झने, बस्ने, सुत्ने, त्यसै गरी बिताएँ मैले अस्पतालमा आफ्ना दिनहरू । कहिले घर जान पाउँला जस्तो सोचेर बसिरहन्थेँ अस्पतालमा । एक्लै बस्दा मनमा नकारात्मक कुराहरू आउन सक्छन् भनेर जहिले पनि आत्मविश्वास बढाएर बसेँ ।

    अहिले अस्पतालबाट घर फर्किसकेपछि कसरी दिन बिताइरहनुभएको छ?
    –अस्पतालमा त एउटै कोठामा थिएँ न्यास्रो पनि लाग्थ्यो तर यहाँ घर आइसकेपछि अलग्गै सानो भान्सा छ, त्यसमा एक्लै बस्छु । बिहान उठेर आँगन लिप्छु , खाना पकाउँछु, खान्छु । घरमा अरू त सबै कुरा ठीक छ तर चर्पी छैन । त्यसैले जङ्गलमा गएर दिसापिसाब गर्छु, त्यति दुःख छ । चर्पी भएको भए धेरै दुःख हुँदैन थियो । बिहानै उठेर जङ्गल गएर दिसापिसाब गरेर आउँछु । मेरो एउटै चाहना छ अब चर्पी बनाउने ।

    कोरोनालाई हराएर घर फर्किसकेपछि आफन्त, छिमेकीको व्यवहार कस्तो पाउनुभएको छ नि?
    –सबैले राम्रै गरेका छन् । तपाईँ कोरोना लागेर अस्पताल जाँदा गाउँमा त्रास थियो, तपाईँ ठिक भएर आएपछि सबै त्रास हराएको छ भन्छन् गाउँमा अहिले । कोरोना जितेर अस्पतालबाट आएको आज तेस्रो दिन भएको हुनाले टाढैबाट बधाई दिएर जान्छन् गाउँलेहरु । निकै खुशी लाग्छ आफन्त, स्थानीय तथा छिमेकीको व्यवहारप्रति ।

    यो रोगलाई कसरी हराउन सकिँदो रहेछ नि?
    –यो रोगलाई मैले त मेरो आफ्नो हिम्मतले हराएको हुँ । सबैभन्दा महत्वपूर्ण कुरा हिम्मत हो । यो रोगलाई सरसफाइमा ध्यान दिएर पनि हराउन सकिन्छ भन्ने मलाई लाग्छ । हिम्मत गरेर म ६१ वर्षकी बूढी मान्छेले त यो कोरोना हराएँ, हिम्मत गरेपछि अरूले हराउन नसक्ने कुरै छैन नि । म भन्छु, हिम्मत गर्नुस्, कोरोना जितिन्छ, म बूढी मान्छेले त जितेँ ।

    Earlier today we tweeted about a new WHO scientific brief on "immunity passports". The thread caused some concern & we would like to clarify:

    We expect that most people who are infected with #COVID19 will develop an antibody response that will provide some level of protection. pic.twitter.com/AmxvQQLTjM

    — World Health Organization (WHO) (@WHO) April 25, 2020

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.