Monday, April 12, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

संसद विघटनबारे कहिले आउला अदालतको आदेश?

by सहयोगीबाट
January 6, 2021
- समाचार
संसद विघटनसम्बन्धी मुद्दा ९ देखि ११ जनाको इजलासले मात्र फैसला गरेको नजिर
Share on FacebookShare on TwitterEmail

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आज ०७७ पुस २२ गते सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।संसद् विघटनविरुद्ध रिट निवेदन दर्ता गराएका निवेदकले बृहत् पूर्ण इजलासमा लैजान माग गरेका थिए । तर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले संवैधानिक व्याख्या आवश्यक रहेको भन्दै त्यसलाई संवैधानिक इजलासमा लगेका थिए ।

सर्वोच्चले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा नेतृत्वमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको संवैधानिक इजलास गठन गरेको छ । यो इजलासले पुस १० मा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटासँग संसद् विघटनबारे जवाफ पेस गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार जवाफ पेस भइसकेको छ । बुधबारदेखि अब दुवै पक्षको बहस सुरु हुने भएको छ ।

कहिले आउला आदेश?
संवैधानिक इजलास सातामा दुई दिन बुधबार र शुक्रबार मात्र बस्ने गरेको छ । संसद् विघटनसम्बन्धी रिटमा बहस गर्ने कानून व्यवसायीको संख्या ठूलो छ । सुरुमा निवेदकको तर्फबाट बहस हुन्छ । त्यसपछि मात्रै सरकारी वकिलको पालो आउँछ । यति मात्रै होइन, प्रधानमन्त्री वा विपक्षीले राखेका निजी वकिलहरूले पनि यसमा बहस गर्नेछन् ।

सीमित दिनमा मात्र इजलास बस्ने र बहसमा धेरैलाई सहभागी गराउनुपर्ने भएकाले आदेश आउन भने कम्तीमा १ महिना लाग्नसक्ने सर्वोच्चका अधिकारीहरू बताउँछन् । त्यसो भएमा माघको अन्तिम सातातिर मात्र यसबारे अदालतको आदेश आउन सक्छ ।गत पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको घोषणा गरेकी थिइन् । तर यो निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्चमा १ दर्जन बढी रिट परेका थिए ।

प्रतिनिधिसभा विघटन प्रकरणले सडकसमेत तातेको छ । विभिन्न दलले यसको विरोधमा प्रदर्शन जारी राखेका छन् ।न्यायिक छिनोफानो हुन केही समय लाग्ने भएकाले देश अबको केही समय अन्योलमै गुज्रने देखिएको छ ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
सहयोगीबाट

सहयोगीबाट

Connect with us

Recommended

दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला १ (ग्वाटेमाला)

2 years ago

जनवादी केन्द्रियता कि सर्वसम्मति?

4 months ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.