Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोभिड-१९ को सन्देशः पुँजीवाद असफल, क्युवा विजयी

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
चैत्र ७, २०७६
- यो हप्ता, राजनीति, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    निकोस मोट्टाः अगष्ट १९, १९६० मा अन्तर्राष्ट्रिय क्रान्तिकारी छापामार तथा डा.अर्नेस्टो चे गुभाराले जोड दिएर भनेः “आजका दिनमा स्वास्थ्य मन्त्रालय र त्यस्तै प्रकारका अन्य संगठनहरुको जिम्मेवारी भनेको सम्भव भएसम्म बढि जनतालाई जनस्वास्थ्य सेवा प्रदान गर्नु, रोकथामको सेवा तथा उपचार कार्यक्रम स्थापना गर्नु र जनतालाई स्वस्थकर ब्यवहारको (सरसफाईको) अभ्यास गर्न सिकाउनु हो। … र कुनै दिन औषधिले आफुलाई नै रोग रोकथामको विज्ञानमा परिवर्तन गर्नुपर्छ र जनतालाई उसका उपचारसम्बन्धित कर्तब्य निर्वाह उन्मूख बनाउन सहयोगी बन्न प्रेरित गर्नुपर्छ। … डाक्टर, मेडिकल कर्मचारीले यो नयाँ कामको भित्री तह मै पुग्नु पर्छ, त्यो भनेको जनमानस विचको मानिस, सामुहिकता विचको मानिस” (Che Guevara talks to young people, Pathfinder Press, 2000)।

    त्यसपछि ६ दशक वितिसकेका छन्। साम्राज्यवादी र तिनका दलालले बोलिभियामा चे को हत्या गरे। यद्यपि कसरी एक डाक्टरले आफ्नो सम्पुर्ण जीवन समाजवादी क्रान्तिको सेवामा समर्पण गर्न सक्छ भन्ने उदाहरण बनेर उनले विरता र त्यागको अमुल्य विरासत छोडेर गएका छन्।

    साठी वर्षभन्दा बढी समय देखि क्युवाले कडा र अमानवीय र आर्थिक नाकाबन्दी सहित निरन्तर अमेरिकी साम्राज्यवादको शत्रुताको सामना गरिरहेकोछ। सन् १९९० को सुरुवाति वर्षहरुमा सोभियत संघ तथा पूर्व युरोपेली देशहरुमा भएका प्रतिक्रान्तिकारी घटनाहरुले गर्दा क्युवाले आफ्ना विश्वासीला सहयोगीहरु गुमायो, फलस्वरुप उसले देशको अर्थतन्त्रमा विकराल कठिनाईहरुको सामना गर्नुपर्‍यो।

    यति हुँदाहुँदै पनि फिडेल कास्ट्रो र उनका कमरेडहरुको उत्प्रेरक दृढ नेतृत्वमा क्युवाले प्रसस्त प्रगति गर्‍यो। समाजवादी निर्माणले गर्दा १ करोड १० लाख जनसंख्या भएको यो सानो मुलुक विश्वका उत्कृष्ट मध्ये एक स्वास्थ्य सेवा प्रणाली स्थापना गर्न सफल भएको छ।

    क्युवाले स्वास्थ्य सेवा क्षेत्रमा प्राप्त गरेको सफलता एउटा साँचो कथा हो। विश्व स्वास्थ्य संगठन, आइ एम एफ र वर्ल्ड बैंक जस्ता बुर्जुवा संस्थाहरुले पनि यो तथ्यलाई स्वीकारेका छन्। सन् २००१ मा विश्व बैंकका तत्कालिन अध्यक्ष जेम्स उल्फेन्सनले राष्ट्रिय स्वास्थ्य प्रणालीका लागि क्युवाको प्रशंसा गरे(Jib Lobe, Learn from Cuba, says World Bank, IPS, 1 May 2001.); सन् २००६ मा बिबिसीले विश्वका उत्कृष्ट स्वास्थ्य सेवा प्रणालीहरुमा क्युवाको स्वास्थ्य सेवा प्रणालीलाई समावेश गर्‍यो(Keeping Cuba Healthy, BBC Newsnight, 1 August 2006.); त्यस्तै सन् २०१४ मा डब्ल्यु एच ओ का निवर्तमान महानिर्देशक मार्गरेट चानले “विश्वका लागि नमूना” (Salim Lamrani, “Cuba, un modèle selon l’Organisation mondiale de la santé”, Opera Mundi, 30 July 2014 and also on “World Health Organization describes Cuba’s health system as exemplary”, Prensa Latina (via Granma), 21 October 2015.)भन्दै क्युवाले स्वास्थ्य सेवाको क्षेत्रमा प्राप्त गरेको उपलब्धिको प्रशंसा गरिन् । 

    क्युवाली जनताले क्रान्तिले स्वास्थ्य सेवा क्षेत्रमा प्राप्त गरेको उपलब्धि माथि गर्व गर्न सक्नेछन्। नाकाबन्दीका बावजुद पनि देशले राज्यले ग्यारेन्टी गरेको निशुल्क र सर्वव्यापी स्वास्थ्य सेवा प्रणाली विकास गरेको छ जसमाथि देशका सबै जनताको असिमित र भेदभावरहित पहुँच छ। क्युवा आमाबाट छोराछोरीमा सर्ने एचआइभि र सिफिलिस उन्मूलन गर्ने पहिलो राष्ट्र बन्यो र यसको बाल मृत्यु दर अमेरिकाको भन्दा कम छ ।

    एउटा अभुतपूर्व तथ्य के छ भने विश्वको सबैभन्दा उच्च डाक्टर-विरामी अनुपात मध्ये एक क्युवामा छ। त्यहाँ प्रत्येक १००० नागरिकका लागि ९ जना डाक्टर उपलब्ध छन् र यो अमेरिकाको भन्दा दोब्बर भन्दा बढी हो।

    स्वास्थ्य सेवामा क्रान्तिको अर्को उपलब्धि भनेको हाल देशमा २३ मेडिकल स्कुलहरु छन् जहाँ क्युवाली र विदेशी विद्यार्थीले निशुल्क चिकित्साशास्त्र अध्ययन गर्न सक्छन्।

    किटेर भन्दा क्युवाली क्रान्तिले स्वास्थ्य सेवामा प्राप्त गरेका उपलब्धिहरु गणना गर्न धेरै दिन लाग्नेछ। यो आलेखको उद्देश्य भनेको क्युवा अन्तर्राष्ट्रियतावादि एकबद्धताको अग्रणी हो र सन् १९६९ देखि हालसम्म विश्वका १५८ देशहरुमा ३२,५००० क्युवाली स्वास्थ्यकर्मीहरु मिसनहरुमा सहभागी छन् भनी हामीलाई स्मरण गराउनु हो। Granma, 15 July 2016

    वर्तमान कोभिड-१९ को विश्वमहामारीले केही सत्य उजागर गरेकोछ: अमेरिकी र अधिकांश युरोपेली स्वास्थ्य सेवा प्रणालीहरु ध्वस्त हुने अवस्थामा पुगेको यो समयमा क्युवाली डाक्टरहरु अन्तर्राष्ट्रियतावादी मिसनमा विदेशी राष्ट्रहरुमा (इटाली, चिन, भेनेज्वेला आदि) कोरोना भाइरसको फैलावटको सामना गर्न सहयोग गरिरहेका छन्। केही वर्ष अगाडि क्रमशः पश्चिम अफ्रिका र हाइटीमा फैलिएका इबोला र हैजा विरुद्ध लड्ने कार्यमा सहयोग गर्न क्युवाली चिकित्सक टोलिहरु पठाइएको थियो।

    कोरोना भाइरस विश्वमहामारीले पुँजीवादको केन्द्र अमेरिकामा स्वास्थ्य सेवा प्रणालीको असफलतालाई उजागर गरेको छ। युरोप र अमेरिकामा “लागत र मुनाफा” को सिद्धान्त र सार्वजनिक स्वास्थ्य क्षेत्रको निजीकरण मजदुर वर्गका लागि ध्वंसात्मक छन् भनेर प्रमाणीत भएकोछ। अमेरिकाका सरकारी अधिकारीहरु र विश्वाशनीय बुर्जुवा विद्वानहरुले पनि देशको स्वास्थ्य सेवा प्रणाली कोभिड-१९ संकटको सफलतापूर्वक सम्बोधन गर्न असक्षम रहेको स्वीकारेका छन्।

    यसै समयमा जब पुँजीवादी विश्व “जनता भन्दा पहिले मुनाफा” को सिद्धान्तका (पुँजीवादको जन्मजात गुण) दुखद परिणामहरुको सामना गरिरहेको छ र क्युवा यो विश्वमहामारी विरुद्धको लडाइँको अग्रिम पङ्तिमा उभिएको छ। केन्द्रिय योजनाअनुसार सञ्चालित क्युवाली राज्यले जनताको सुरक्षाका लागि आवश्यक रोकथामका उपायहरु अवलम्वन गरेको छ। यसका अतिरिक्त क्युवाले कम्तिमा २२ एन्टी-भाइरल औषधिहरु उत्पादन गरेको छ जसमध्ये एक इन्टरफेरन अल्फा २-बि चिनमा कोभिड-१९ का लक्षणको उपचारमा चिनमा प्रयोग गरिएको थियो।

    माथिको विवरणले हामीलाई कुनै निश्चित निष्कर्षमा पुर्‍याउँछ। त्यसमध्ये सबैभन्दा महत्वपूर्ण यस्ता विश्वमहामारीका समयमा भत्याङ्गभुतुङ्ग भइसकेको र म्याद गुज्रेको पुँजीवादी ब्यवस्था भन्दा समाजवाद उत्कृष्ट छ भन्ने प्रमाणित गर्दछ।

    यसले समाजवाद र स्वतन्त्रताका निम्ति लड्ने फिडेल, चे जस्ता बहादुर क्रान्तिकारीहरुको पैरवी गर्दछ। क्युवा विजयी बनेको छ जब कि पुँजीवाद नराम्ररी असफल भएको छ।

     साभारः इन डिफेन्स अफ कम्युनिज्म ब्लगमा मार्च १९,  २०२० बाट। लेखक यसका प्रमुख सम्पादक हुन्।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.