सरकारले कोरोनाविरुद्धको भ्याक्सिन ‘कोभिसिल्ड’लाई अनुमति दिएको छ। औषधि व्यवस्था विभागले ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगको लागि अनुमति दिएको हो । सेरम इन्स्च्यिुट अफ इण्डियाले उत्पादन गरेको सो खोपलाई सशर्त अनुमति दिइएको विभागले जनाएको छ ।
‘कोभिसिल्ड’ बेलायतको अक्सफोर्ड युनिभर्सिटीले ‘एस्ट्राजेनेका’ नामको औषधी कम्पनीसँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो । भारतले पनि यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ ।