नेकपा माओवादी केन्द्रले सर्वोच्च अदालतले एमाले-माओवादी केन्द्रका बीचको एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टीलाई विभाजित गर्ने गरी गरेको फैसलामाथि छिट्टै पुनरावलोकनका लागि जाने निर्णय गरेको छ ।
आज बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले उक्त निर्णय गरेको हो ।पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकमा पार्टीका २० जना नेताहरूले विशिष्ट राजनीतिक परिस्थिति र क्रान्तिकारी आन्दोलनको एकीकरण जस्ता विषयमा विचार राखेका थिए ।माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक हाललाई स्थगित गरिएको छ । अब पार्टीका नेताहरू जिल्ला र प्रदेशमा जाने बताइएको छ ।
माओवादीबाट सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाइएको सम्बन्धमा पार्टीले थप निर्णय नगरेको जानकारी श्रेषठले दिए । अहिलेसम्म कुनै पनि मन्त्रीबाट पत्रको जवाफ नआएको श्रेष्ठले बताए । – खबरपातो